प्रस, ठोरी, १९ माघ/
तामाङ जातिको महान पर्व २८५३ औं ज्या ल्हो (चरा वर्ग) अर्थात् सोनाम ल्होछारको अवसरमा निर्मलबस्तीमा मङ्गलवार बृहत् सा)स्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल तामाङ घेदुङ, निर्मलबस्तीको आयोजनामा निर्मलबस्ती–६ स्थित गुम्बा परिसरमा राष्ट्रिय स्तरका कलाकारहरूको जमघटमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
बृहत् सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै नेपाल तामाङ घेदुड्ढा केन्द्रीय महासचिव महितकुमार घिसिङले तामाङ जातिको महान् पर्व ल्होछारलाई सबै नेपालीको साझा पर्वको रूपमा मनाउने वातावरण सरकारले सिर्जना गर्नुपर्ने बताएका छन् ।
तामाङ जातिलाई मात्र लक्षित गरेर सरकारले एक दिन सार्वजनिक बिदा दिएर नपुग्ने भन्दै महासचिव घिसिङले सबै नेपालीले यस पर्वलाई आप्mनो पर्व मानेर अघि बढ्न सके मात्र लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हुन सक्ने बताए । ल्होछार पर्वको माध्यमबाट सबै नेपाली बीच एकता कायम गर्ने अभियानमा घेदुङ लागिरहेको भन्दै घिसिङले अब हुने स्थानीय निकायको निर्वाचनमा तामाङ समुदाय चनाखो हुनुपर्ने बताए । तामाङ जातिलाई भोट बैंकका रूपमा मात्र दलहरूले प्रयोग गरिरहेको भन्दै घिसिङले स्वायत्त तामाङ क्षेत्र स्थापित गर्नका लागि सचेत भएर लाग्न जोड दिए । गाउँपालिकाको नाममा तामाङ लगायतका अन्य जातजातिमाथि फेरि पनि शासन जमाउन खोजेको भन्दै होशियार रहन चेताए ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य अनिल श्रेष्ठले ल्होछार पर्वले सबै समुदायबीच एकता कायम गरी भाषा, भेषभूषा, संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने भन्दै कार्यक्रमको सफलताको कामना गरे ।
कार्यक्रममा नेपाल तामाङ सFंस्कृतिक घेदुड्ढा केन्द्रीय सल्लाहकार एवं वरिष्ठ गायक जयनन्द लामा, केन्द्रीय महासचिव छेवाङ तेन्जिङ लामा, सचिव शिखर मोक्तान, केन्द्रीय सदस्य बाबू जिम्वा, विजय रूम्वा, दिपा दोङ, योजम तामाङ लगायत अन्य राष्ट्रिय कलाकारले तामाङ सेलो गीत प्रस्तुत गरेका थिए ।
नेपाल तामाङ घेदुङ निर्मलबस्तीका अध्यक्ष सागर लामाको सभापतित्वमा भएको बृहत् सांस्कृतिक कार्यक्रममा ठोरी, निर्मलबस्ती, सुवर्णपुरलगायतका तामाङ समुदायको बाक्लो उपस्थिति थियो ।