अनन्तकुमार लाल दास
मेरो छिमेकमा बस्ने रवि पाँच अङ्कको सङ्ख्यालाई यति चाँडो जोडन सक्छ त्यति छिटो उसको दौंतरीले दससम्म गन्न सक्दैन । दस वर्षीया एमी अमेरिकाको रोयल कालेज अफ म्युजिकमा प्रवेश गर्ने सबैभन्दा कम उमेरकी केटी हुन् । मिशेरले पाँच वर्षको उमेरदेखि शेक्सपीयरको किताब पढ्न शुरु गरेकी थिइन् र ब्रिटेनको सबैभन्दा सानी लेखिका हुन्, जसको पुस्तक पनि प्रकशित भइसकेको छ । यसैगरी भारतकी दस वर्षीया केटीले उपन्यास लेखेकी छिन् । यस्ता अनेकौं उदाहरण प्रस्तुत गर्न सकिन्छ ।
यिनीहरू साधारण केटाकेटी होइनन् । यिनीहरूले पनि असफलताको सामना गरेका छन् तर यस्तो के कुरो छ जसले थिनीहरूलाई जीनियस बनाउँछ ? के यिनीहरू यिनै गुणका साथ जन्मेका थिए ? यिनीहरूमा यस्तो के विशेषता छ जसले यिनीहरूलाई एकै उमेर समूहबाट अलग्याउँछ । वास्तवमा यिनीहरूमा यस्ता केही विशेषता छ, जुन अन्य केटाकेटीमा पाइँदैन । यिनीहरूलाई ‘गिप्mटेड चाइल्ड’ भन्न सकिन्छ ।
यस्ता केटाकेटीहरूले सामान्य कुरोलाई पनि बेग्लै ढङ्गले हेर्छन् र उनीहरूले त्यही हेर्छन् जुन अरूलाई देखा पर्दैन । तात्पर्य के भने उनीहरूको ‘आइक्यु’ को स्तर बढी हुन्छ र कुनै पनि कुरो ग्रहण गर्ने क्षमता पनि विलक्षण हुन्छ । यस्ता केटाकेटीहरूले स्याउ धर्तीमा खसेपछि गुरुत्वाकर्षणको सिद्धान्त विकसित गर्दछन् भने चुनौतीरूपी पहाडलाई तीक्ष्ण बुद्धिले सहज पार गर्छन् किनभने यिनीहरूको मानसिक र बौद्धिक विकास अन्य केटाकेटीहरूको अपेक्षा छिट्टै हुन्छ ।
केटाकेटीहरूलाई जीनियस बनाउन पनि सकिन्छ । उनीहरूलाई सही दिशा प्रदान गरी आइक्यू स्तर बढाउन सकिन्छ साथसाथै ग्रहण गर्ने क्षमता पनि बढाउन सकिन्छ । केटाकेटीहरूको मानसिक विकास र व्यवहार परिवर्तनका लागि सुमार्ग निर्देशन आवश्यक हुन्छ र यो आमाबुवाको सहयोगले मात्र सम्भव छ । आर. बकमिनिस्टर फुलरका अनुसार “सबै केटाकेटीहरू जन्मजात जीनियस हुन्छन् तर जीवनको पहिलो छ वर्ष हामीले उनीहरूलाई बुद्धु बनाउन व्यतीत गर्छौं ।” यस कारण ध्यान दिनुपर्ने कुरो के हो भने पाँच–छ वर्ष केटाकेटीहरूको विकासको दृष्टिकोणले धेरै महŒवपूर्ण हुन्छ ।
सबैभन्दा पहिले के बुझ्न जरुरी छ भने हरेक केटाकेटी एक अर्कासँग भिन्न हुन्छन् । उनीहरूको व्यवहार, सुत्ने–बस्ने तरिका, खानाको मात्रा, शारीरिक विकास र मानसिक क्षमता बेग्लाबेग्लै हुन्छ । यसको मूल कारण उनीहरूको परिवेश, जीवन शैली, अभिभावकको मानसिकता तथा शैक्षिक योग्यता हो । यस कारण केटाकेटीहरूको कार्य कुशलताको आधारमा उनीहरूको योग्यता निर्धारण गर्नुपर्दछ । अरू केटाकेटी उनीभन्दा राम्रो छन् भनेर उनीहरूको हेला गर्नुहुँदैन ।
आइन्स्टाइन सफल वैज्ञानिक थिए तर उनी पनि सहजै यहाँसम्म पुगेका होइनन् । उनले कसैलाई पनि आप्mनो सीमा निर्धारण गर्न दिएनन् र हिम्मत पनि हारेनन् । उनले आप्mनो लागि स्वयं लक्ष्य निर्धारण गरे । उनले आप्mनो क्षमता र स्वयंमाथि विश्वास गरे । उनको आमबुवाले पनि उनलाई सफल बन्न बाध्य गर्नुको साटो सहयोग र प्रेरणा प्रदान गरे । यस कारण अभिभावकहरूले केटाकेटीहरूलाई सहयोग र ज्ञानको विस्तारका लागि खुला आकाश दिनुपर्छ । तपाईंले पनि अनुभवको आधारमा हासिल गरेको तल दिइएका केही खास टिप्सहरू मनन गरी आप्mनो सन्तानलाई जीनियस बनाउन सक्नुहुनेछ ।
टेलिभिजनबाट टाढा राख्नुहोस् ः हुनत टेलिभिजन हेर्नु नराम्रो होइन, तर जुन केटाकेटी अहिले सिक्ने प्रक्रियामा छन्, उनले रचनात्मक हुनु आवश्यक छ, उनीहरूको रचनात्मकता प्रायः टेलिभिजनले छिन्ने गरेको मेरो धारणा छ । टेलिभिजनमा प्रसारित ज्ञानवद्र्धकबाहेक अन्य कार्यक्रम वास्तविकताभन्दा टाढा हुने हुनाले न केटाकेटीहरूले त्यसलाई बुझ्दछन्, न अभिभावकहरूले नै उनीहरूलाई बुझाउन सक्छन् । यस कारण टेलिभिजनमा समय व्यतीत गर्नुको साटो उनीहरूलाई पढाइ गर्न वा रचनात्मक क्रियाकलापमा व्यस्त राख्दै खोज गर्ने मौका प्रदान गर्नु उचित हुन्छ ।
पुस्तक पढेर सुनाउनु होस्
यस्तो नसोच्नुहोस् कि केटाकेटीहरू त साना छन्, के बुझ्लान् । बाल्यकालदेखि नै बालकथा, कविताको साथै विज्ञान, इतिहास, भूगोल आदि विषयको जानकारी दिन सकिन्छ । आजभोलि त यस्ता कुराहरू सीडीमा पनि उपलब्ध छन् । उनीहरूलाई यस्ता सीडी पनि देखाउन सकिन्छ ।
नयाँ शब्दसँग परिचय गराउनुहोस् केटाकेटीहरूसँग हरेक प्रकारका कुराकानी गर्नुहोस् र उनीहरूलाई नयाँ–नयाँ शब्दसँग परिचय र त्यसको प्रयोग गर्न लगाउनुहोस् । उनीहरूलाई घर बाहरिको संसारमा पनि लग्नुहोस् । उनीहरूलाई कुराकानीको क्रममा नयाँ शब्द प्रयोग गर्न उत्साहित गर्नुहोस् ।
गर्व गर्नुहोस् तर बाध्य होइन्
उनीहरू हरेक काममा निपुण नै हुन्छन् वा प्रथम नै हुन्छन् भन्ने आवश्यक छैन । यस कारण आप्mनो महŒवाकाङ्क्षा उनीहरू माथि नथुपार्नुहोस् । उनीहरूले राम्रो गरेपछि मात्र स्याबाशी पाउँछन् भन्ने कहिले महसुस नगर्नुहोस् । उनीहरूलाई मौका दिनुको साथै निर्णय लिने स्वतन्त्रता पनि दिनुहोस् । उनीहरूले जे गर्छन् त्यसमाथि गर्व गर्नुहोस् तर सिक्ने मौका पनि बुद्धिमत्ता साथ प्रदान गर्नुहोस् ।
ध्यान केन्द्रित गर्न सिखाउनुहोस् कसैकसैले अबेरसम्म एउटै कुरामा ध्यान केन्द्रित गर्न सक्छन् तर कसैकसैको ध्यान यताउता गइरहन्छ । यस कारण उनीहरू लगातार काम गरिरहून् भन्ने सोच्नु बेकार हो किनभने उनीहरूमा सक्रियता र चञ्चलता समानरूपले भेटिन्छ । यसो हुनुको अर्थ उनीहरूको दिमाग बढी चल्दछ । यसबाट के प्रस्ट हुन्छ भने उनीहरू छिटोछिटो सिख्न चाहन्छन् ।
यस कारण उनीहरूलाई ध्यान केन्द्रित गर्ने कला सिखाउनुहोस् । यस्तो कैयौं व्यायाम र खेलहरू छन् जसबाट ध्यान केन्द्रित गर्न सकिन्छ । जस्तै आप्mना सन्तानलाई आँखा बन्द गरी कुनै त्रिकोण वा वर्गाकार आकृति जसबारे उनीहरूलाई थाहा छ कल्पना गर्न भन्नुहोस् । ध्यानमा त्यो तस्वीर आएपछि आँखा बन्द गरी त्यसको आकृति कागतमा कोर्न भन्नुहोस् । यो क्रिया त्यस बेलासम्म दोहो¥याउनुहोस् जबसम्म कुनै सही आकृति कोर्दैनन् ।
एउटा अर्को रमाइलो खेल पनि छ । केटाकेटीहरूलाई आँखा बन्द गरी आप्mनो हात सोझो पार्न भन्नुहोस् । त्यसपछि उनीहरूको हातमा तातो आलु छ, भन्ने महसुस गराई जब धेरै तातो लाग्न थाल्छ अनि हात खोलेर मल्न भन्नुहोस् ।
साँस नियन्त्रित गर्ने खेल
ध्यान केन्द्रित गर्ने सबैभन्दा उत्तम कला हो केटाकेटीलाई एकदेखि दससम्म गन्ती गर्न भन्नुहोस् तर ध्यान साँसमाथि केन्द्रित हुनुपर्दछ । त्यस उप्रान्त साँसलाई भित्र र बाहिर गर्ने कला सिखाउनुहोस् ।
प्रतियोगिता गराउनुहोस्
आप्mनो सन्तानलाई के भन्नुहोस् भने कुनै एउटा वस्तुलाई धेरै समयसम्म आँखा बन्द नगरी हेरिरहून् वा आँखा जुधाएरको धेरै बेरसम्म अर्काको आँखामा हेर्दै रहन्छ भन्ने प्रतियोगिता गर्नुहोस् ।
विभिन्न प्रकारको माहौल दिनुहोस् आप्mनो सन्तानलाई पढनको लागि विभिन्न प्रकारको वातावरण दिनुहोस् । कहिले पुस्तकालयमा लिएर जानुहोस् त कहिले पार्कमा । कहिले हल्ला भइरहेको ठाउँमा । यसो गर्दा उनीहरूलाई जुनसुकै परिस्थितिमा ध्यान केन्द्रित गर्न सजिलो हुन्छ ।
लक्ष्य निर्धारित गर्न उत्साहित गर्नुहोस्
केटाकेटीहरूलाई नयाँ सालमा वार्षिक लक्ष्य वा महिनाको शुरुमा मासिक लक्ष्य वा साताको प्रारम्भमा साप्ताहिक लक्ष्य बनाउन प्रेरित गर्नुहोस्. । लक्ष्य पूरा गर्न योजनाबद्ध ढङ्गले काम गर्न मार्ग निर्देशन गर्नुहोस् । साल पूरा भएपछि सन्तानले प्राप्त गरेको उपलब्धिबारे रमाइलो गर्नुहोस् । यसबाट केटाकेटीहरूलाई आआप्mनो उपलब्धि मापन गर्न सजिलो हुन्छ ।
गल्ती गर्नु नराम्रो होइन
गल्ती भएपछि केटाकेटीहरूलाई गल्तीबारे सम्झाउनुभन्दा–गल्ती हुनु सामान्य कुरो हो उसले यसो गरेको भए गल्ती हुने थिएन भन्ने बताउनुहोस् ।
अभिभावकको भूमिका केटाकेटीहरूको सोचलाई दिशा प्रदान गर्नमा महŒवपूर्ण हुने हुँदा सन्तानको हरेक सफलतामा उसँग क्षमता छ भन्ने कुराको बोध गराउनु जरुरी छ । त्यस्तै हार भए तापनि सन्तानप्रतिको प्रेममा कमी आउनु भएन भने उनीहरूसँग बढी अपेक्षा राख्नु पनि राम्रो होइन तर केटाकेटीहरूसँग बढी समय व्यतीत गर्नुपर्छ । स्वयं पठनपाठनमा रुचि राखेपछि सन्तानमा पनि सोही अनुकूल रुचि जागृत हुन्छ । जीनियसभित्र कुनै खास काम गर्ने खास गुण हुन्छ । केटाकेटीहरूलाई स्वतन्त्र भई काम गर्न दिनुहोस् किनभने नयाँ विचारले नै प्रेरित भई कोही जीनियस बन्दछ ।