चन्द्रमासमान उज्ज्वल, सुपुष्ट, सुन्दर सिङ भएकी नन्दा नामक गाई एकपटक हरियो घाँस चर्दै वनमा आप्mनो समूहका अन्य गाईबाट पृथक भइन् । दिउँसो भएपछि उनलाई तिर्खा लाग्यो र पानीको लागि उनी सरोवरतर्पm जान थालिन्स तर जब सरोवरनजिक पुगिन्, बाटो छेकेर उभिएको एक भयङ्कर सिंहसँग उनको जम्काभेट भयो । सिंहलाई देख्नेबित्तिकै नन्दा रोकिइन् । उनी थरथर काम्न थालिन् । आँखाबाट आँसु बग्न थाल्यो ।
भोको सिंहले त्यस गाईको सामुन्ने उभिएर भन्यो– “अरे १ तँ किन रुन्छेस् ? के तँ सदाको लागि जीवित रहन सक्छस् ? तँ रोऊ या हाँस, तर अब जीवित रहन सक्दैनस् । म तँलाई मारेर आप्mनो भोक मेटाउँछु ।”
गाईले कामिरहेको स्वरमा भनिन्– “वनराज १ म आप्mनो मृत्युको भयले रोएकी होइन । जसले जन्म लिन्छ, त्यसले एक दिन अवश्य मर्नुपर्छ, तर पनि म तपाईंलाई प्रणाम गर्छु । जसरी तपाईंले मसँग कुराकानी गर्ने कृपा गर्नुभयो, त्यसरी नै मेरो एक प्रार्थना पनि स्वीकार गर्नुस् ।”
सिंहले भन्यो– “आप्mनो कुरा छिटो भन् । मलाई निकै भोक लाग्दैछ ।”
गाईले भनिन्– “मैले पहिलोपटक बाछो जन्माएकी छु । मेरो त्यो बाछोले अहिले घाँस मुखमा राख्न जान्दैन । आप्mनो त्यस एकमात्र बाछोको स्नेहले नै म व्याकुल भइरहेकी छु । तपाईंले मलाई थोरै समय दिने कृपा गर्नहोस्, जसबाट म गएर आप्mनो बाछोलाई अन्तिमपटक दूध चुसाउन सकूँ, उसको सिर चाट्न सकूँ र उसलाई आप्mनो सखी तथा आमालाई सुम्पिदिऊ । यति गरेपछि म तपाईंनजिक आउनेछु ।”
सिंहले भन्यो– “तँ धेरै चतुर छेस्, तर यो ठान्, मलाई तैले ठग्न सक्दिनस् । आप्mनो पञ्जामा परेको आहारलाई म छाड्नेछैन ।”
गौ– “ममाथि विश्वास गर्नुस् । म सत्यको शपथ गरेर भन्दैछु कि बाछोलाई दूध चुसाएर म तपाईंकहाँ चाँडै आउँछु ।”
सिंहले गौको धेरै शपथ सुन्यो, उसको मनमा आयो– “मैले एक दिन भोजन नगरे पनि मलाई कुनै विशेष कष्ट हुँदैन । आज यस गाईको कुरा मानिहालौं ।” उसले गाईलाई अनुमति दिंदै भन्यो– “ठीक छ, तँ जास तर कसैको बहकावमा नपर्नू ।”
नन्दा गौ सिंहको अनुमति पाएर त्यहाँबाट आप्mनो आवासतर्पm फर्किन् । बाछोनजिक पुगेपछि उनको आँखाबाट आँसुको धारा बग्न थाल्यो । उनले चाँडै बाछोलाई चाट्न थालिन् । बाछोले आमा रोएको कारण सोध्यो । जब नन्दाले बताइन् कि उनी सिंहकहाँ पुग्ने वचन दिएर आएकी छु, तब बाछोले भन्यो– “आमा १ म पनि तिमीसँगै जान्छु ।”
नन्दाको कुरा सुनेर अन्य गाईहरूले पनि उनलाई सिंहकहाँ जानबाट रोक्न खोजे । उनीहरूले अनेक युक्तिले नन्दालाई सम्झाए, तर नन्दा आप्mनो निश्चयमाथि दृढ रहिन् । नन्दाले सत्यको रक्षालाई नै आप्mनो धर्म मानिन् । बाछोलाई उनले अन्य गाईलाई सुम्पिइन् । त्यसपछि उनी सिंहनजिकै पुगिन्, तर त्यत्तिकै बेला पुच्छर हल्लाउँदै ‘बाँ–बाँ’ गर्दै उनको बाछो पनि दौडेर आमा र सिंहको बीचमा उभियो । नन्दाले यो देखेपछि सिंहलाई भन्यो– “मृगेन्द्र १ म फर्किएर आएकी छु । तपाईं मेरो यस अबोध बाछोमाथि दया गर्नुस् । मलाई खाएर अब तपाईं आप्mनो क्ष्Fुधा शान्त गर्नुस् ।”
सिंहले गाईको सत्यनिष्ठाप्रति प्रसन्न भएर भन्यो– “कल्याणी १ जो सत्यप्रति स्थिर छ, उसको अमङ्गल कहिल्यै हुन सक्दैन । आप्mनो बाछोसँग तिमी जहाँ जान चाहन्छौं, प्रसन्नतापूर्वक जाऊ ।”
त्यसै समय त्यहाँ जीवको कर्म–नियन्ता धर्मराज प्रकट भए । उनले भने– “नन्दा १ आप्mनो सत्यको कारण बाछोसँगै तिमी अब स्वर्गको अधिकारिणी भयौं र तिम्रो संसर्गबाट सिंह पनि पापमुक्त भएको छ ।”