शिवशङ्कर मिश्रा, कलैया, १६ माघ/
मुलुकको पहिलो शहीद मानिएका चारैजना शहीदको संयुक्त सालिक बेपत्ता भएको छ ।
कलैया घण्टाघर परिसरमा रहेको शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको संयुक्त सालिक ०६२/०६३ को आन्दोलनमा तोडिएपछि अहिलेसम्म सालिक पिलर जस्ताको त्यस्तै देखिन्छ । प्रहरी प्रशासन भने अनभिज्ञ छ ।
देश र नागरिकको हक अधिकारका लागि आप्mनो प्राण आहुति दिने शहीदको सम्झनामा आइतवार मुलुकमा विभिन्न कार्यक्रम भए पनि बारा जिल्लामा उनीहरूको सम्झनामा कुनै कार्यक्रम भएन ।
प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको कुनै न कुनै दिन कलैयामा कार्यक्रम हुने गरेको थियो, तर यस वर्ष शहीद दिवस मनाउन सबै दलका नेताले बिर्सेका छन् ।
राणा शासनविरुद्ध लागेको भन्दै शुक्रराज शास्त्रीलाई वि.सं १९९७ माघ १० गते, धर्मभक्त माथेमालाई वि.सं १९९७ माघ १३ गते, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
देशमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२/६३ सालको जनान्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि शहादत प्राप्त गर्ने व्यक्तिहरूलाई शहीद घोषणा गरेपछि उनीहरूको सङ्ख्या बढेको छ तर, आधिकारिक तथ्याङ्क नभएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
नेपालका पहिलो शहीद लखन थापालाई मानिन्छ, त्यसपछि सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार शहीदहरू क्रमशः शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शहीद घोषणा गरेपछि उनीहरूको सम्झनामा सरकारले प्रत्येक वर्ष माघ १६ गते शहीद दिवसको अवसरमा बिदा दिने गरेको छ ।
वि.सं २०४६ को जनान्दोलनमा शहादत प्राप्त गर्ने १९ जनालाई शहीद घोषणा गरेपछि राजनीतिक दबाबका कारण मुलुकमा सबैतिर झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूलाई समेत शहीद घोषणा गरेर रु १० लाख आर्थिक सहयोग दिनुपर्ने दबाब बढेपछि शहीदको भावनामा चोट पुगेको डा. विश्वम्भर शर्मा बताउँछन् ।