प्रस, वीरगंज, १८ माघ/
भारत जहानाबाद निवासी सुबोध कुमार, विजय यादवलगायत विभिन्न व्यक्तिलाई ठगेको आरोपमा कलैया नगरपालिका–१२ रामपुर निवासी राजु भन्ने तौफिक अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले पत्रकार सम्मेलनको आयोजना गरी भारतीय खाद्यान्न व्यापारीहरूबाट १ करोड बराबरको धान खरिद गरी नेपाल भिœयाएको तथा भुक्तानी नदिंदा भारतीय महावाणिज्य दूतावासको पत्रको आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक गोविन्दकुमार साहले बताए ।
पक्राउ परेका अन्सारी आपूm वीरगंज निवासी रहेको र राजेश यादवको नामबाट एके इन्टरप्राइजेज, वैष्णवी इन्टरप्राइजेज तथा शिवम भण्डार, जहानाबाद, भारतका सञ्चालक सुबोध कुमार, विजय यादवसँग धान खरिद गरी रकम नदिएको प्रउ साहले बताए । अन्सारीले आप्mनो नाम राजेश यादव बताउँदै ती व्यापारीहरूसँग ठगी गरेको र लुकिछिपी काठमाडौं बसिरहेको अवस्थामा माघ ११ गते राति प्रहरीले पक्राउ गरी १२ गते जिप्रका पर्सामा ल्याएको प्रउ साहले बताए ।
अन्सारीले नेपालको लागि खरिद गरेको धान, रक्सौल निवासी राजेश कलवारको वैष्णव टे«डर्स, रक्सौल (टिएन नं. १३३२२८१६०४१) को नाउँबाट जहानाबादबाट धान मगाएको र सो धान कसरी वीरगंज प्रवेश भयो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रउ साहले बताए । उनले केही सञ्चारमाध्यममा गैरन्यायिक नियन्त्रणमा लिई समाचार प्रकाशन भएकोमा पत्रकार सम्मेलनको आयोजना गरी घटनाको सत्यथ्यबारे सार्वजनिक गरेका थिए । अन्सारीलाई वीरगंज–१७ निवासी शमशाद अलिको जिम्मा पठाएको र प्रहरी निगरानीमा रहेको सञ्चारकर्मीहरूलाई प्रउ साहले बताए ।