प्रस, परवानीपुर, १८ माघ/
देशको राजस्व सङ्कलनमा मुख्य भूमिका निर्वाह गर्ने भन्सार नाका भनेर वीरगंजस्थित भन्सार र सुख्खा बन्दरगाहका भन्सार चिनिन्छन् । दुवै भन्सार कार्यालयले पछिल्लो ६ महिनामा करिब रु साढे ६५ अर्ब राजस्व सङ्कलन गर्न सफल भएका छन् । जसमा वीरगंज भन्सारले रु ५५ अर्ब १७ करोड र सिर्सिया सुक्खा बन्दरगाहले रु १० अर्ब ५३ करोड राजस्व सङ्कलन गरेको छ ।
चालू आवको साउनदेखि पुस मसान्तसम्म दुवै भन्सार कार्यालयहरूमा वीरगंजको भन्सार असुली हरेक महिना लक्ष्यभन्दा बढी भइरहेको छ भने सिर्सिया सुक्खा बन्दरगाहको राजस्व असुली लक्ष्य भन्दा कम हुँदै गएको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
वीरगंज भन्सारले पछिल्लो ६ महिनामा लक्ष्यभन्दा ३ अर्ब बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकृत मोहनराज भट्टका अनुसार रु ५२ अर्ब ११ करोड ३१ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकोमा रु ५५ अर्ब १७ करोड ९४ लाख सङ्कलन भएको हो ।
आउँदा दिनमा कुनै बाधा अवरोध नभए कार्यालयले यस वर्षको राजस्व असुली लक्ष्य सहजै भेट्टाउने भट्टको दाबी छ ।
राजस्वमा योगदान दिने मुख्य वस्तु इन्धन र सवारी साधनको आयात उत्साहजनक भइरहेको तथा औद्योगिक कच्चा पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुहरू पनि नियमित आयात भइरहेकोले राजस्व असुली लक्ष्य भेट्टाउन सहज भएको सूचना अधिकृत भट्टले जानकारी दिए ।
त्यसैगरी गत वर्षको मधेस आन्दोलन र नाकाबन्दीमा चम्केको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजस्व असुली ६ महिनामा ४० करोड कम भएको छ । राजस्वमा योगदान गर्ने मालसमानको बन्दरगाहबाट काम हुन थालेपछि राजस्वमा कमी आएको सिर्सिया सुक्खा बन्दरगाहले जनाएको छ ।
चालू आवमा यस अवधिसम्म रु १० अर्ब ९३ करोड राजस्व असुलीको लक्ष्य थियो । निर्धारित समयमा भन्सारले रु १० अर्ब ५३ करोड सङ्कलन गरेकोे छ । चालू आवको यस अवधिमा तोकिएको लक्ष्यको ९७ प्रतिशत राजस्व असुली भएको उनले बताए ।
पछिल्लो महिनाहरूमा लक्ष्यभन्दा कम राजस्व असुली हुनुमा राजस्वमा योगदान गर्ने वस्तुहरू कम आयात हुनु कारण रहेको उनले बताए । यो बन्दरगाहमा बढी आयात हुने वस्तुहरू मकै, गहुँ, मल आदि बढी आयात भएको देखिए पनि राजस्वमा योगदानाको दृष्टिले यिनको भूमिका कम हुने गर्छ ।