प्रस, निजगढ, बारा, १८ माघ/
निजगढमा मापदण्डविपरीत क्रसर निर्वाध चलिरहेका छन् । सरकारले थपेको पछिल्लो १ वर्षको समयावधि पूरा भएको ६ महिना बितिसक्यो । थप समय दिइएको छैन तर पनि मापदण्डविपरीत क्रसर निर्वाध चल्दै आएका छन् ।
डेढ वर्ष अघि नैं मापदण्डविपरीतका क्रसरको वैकल्पिक व्यवस्थाका लागि उद्योग मन्त्रालय मातहतका निकाय खानी तथा भूगर्भ विभागले खानी खोजी गर्दै पहुँच मार्ग, विद्युत् पु¥याउन सरकारले निर्देशन दिए पनि अहिलेसम्म सरकारले भरपर्दो व्यवस्था गरेको छैन ।
खोलाबगरमा दुई/चार किलोको ढुङ्गा भेटिन छाडेको खोलाबगरमा काम गर्ने स्थानीयहरू बताउँछन् । अहिले पनि ट्याक्टरले खोलाबगर जोतेर ढुङ्गा निकाल्ने गरेको बकैया खालाबगरमा वर्ष अघिदेखि गिट्टी चाल्दै गुजारा चलाउँदै आएका निजगढका माईला माझी बताउँछन् ।
साँझ, बिहान हैरो फिट गरिएका ट्याक्टर बगर जोत्न आउँछन् । यसरी खोलाबगर जोतेर ढुङ्गा निकाल्ने कार्यलाई अप्राकृतिक मानिन्छ । यस्तो काम गर्न ऐन कानुन, मापदण्डले समेत वर्जित गरेको छ । तर यसरी बगर जोत्नेलाई प्रहरी, प्रशासनले छुट दिंदै आएको छ । यस्तो गैरकानुनी कार्य गर्नेलाई सेक्टर वन कार्यालय निजगढ, स्थानीय प्रहरी इलाका प्रहरी कार्यालय निजगढ र सशस्त्र प्रहरी बेस निजगढले समेत पछिल्लो समय कुनै वास्ता गरेको छैन । जसले गर्दा उनीहरूको मनोबल बढेको छ । स्थानीयरूपमा ढुङ्गा सङ्कलन गर्ने ठेकेदारहरूले क्रसर उद्योगसँग साँठगाँठ गरी भारतीय मजदुर प्रयोग गरी खोलाबगर खन्दै ढुङ्गा निकाल्दै क्रसरमा बिक्री गर्दै आएका छन् ।
पछिल्लो समय थपिएको सो म्याद गत साउन १ गते सकिएको हो । तर पनि प्रहरी, प्रशासन, राज्यकै आडमा बारामा मापदण्डविपरीत क्रसर दिनदाहाडै चल्दै आएको छ ।
मापदण्डमा भनिएको छ–वन, निकुञ्ज, आरक्ष क्षेत्रबाट २ किलोमिटर, सार्वजनिक महŒवका धार्मिकस्थल, शिक्षण, स्वास्थ्य संस्था, सुरक्षा निकायबाट १ किलोमिटर, पुल, पुलेसा लगायतबाट ५ सय मिटर भित्रका क्रसर उद्योग मापदण्ड विपरीत हो । क्रसरका कारण चुरे फेद नजिकबाट जथाभावी नदीजन्य वस्तु ढुङ्गा, ग्रेभल उत्खनन गरेपछि संरक्षणका लागि पछिल्लो मापदण्ड निर्धारण गरिएको थियो ।
जसमा चुरे फेदबाट १ किलोमिटर कुनै पनि प्रयोजनाका लागि नदीजन्य वस्तु उत्खनन, सङ्कलनमा रोक लगाइएको छ । तर निषेधित चुरे क्षेत्रका लालबकैया, धन्सार, पसाहा खोलाबगरबाट नैं ढुङ्गा माफियाहरूले जथाभावी नदीजन्य वस्तु सङ्कलन, दोहन गरिरहेका छन् । चुरे आसपासको निषेधित क्षेत्र धन्सार खोलाबगरबाट पनि ढुंङ्ग माफियाहरूले ढुङ्गा निकाल्दै बिक्री गर्ने गरेको निजगढ नगरपालिका भरतगंजसिगौंलका निर्मल केसीले बताए ।
अहिले खोलाबगरबाट ल्याएको ढुङ्गा डम्पिङ गरी क्रसरमा पु¥याई गिट्टी बनाउने काम भइरहेको छ ।
म्याद सकिएको मापदण्डविपरीत स्थापित क्रसरहरूलाई राज्यले नवीकरण गरेको छैन । जसको आशय सञ्चालन नगर्नु भन्ने हो । तर पनि राज्यका नियमनकारी निकायहरू मौन छन् । सो समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी हुन्छ ।
यस वर्ष बाराका क्रसर उद्योगहरूको नवीकरण नभएको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख सीताराम तिमल्सिनाले जानकारी दिए । क्रसरले आपूmखुशी उत्पादन गरेको हुन सक्ने बताउँदै त्यसको कुनै रेकर्ड घरेलु कार्यालयमा नभएको बताए ।
बारामा चुरे फेददेखि दशगजासम्म २८ वटा क्रसर उद्योग घरेलु तथा साना उद्योग कार्यालय बारामा दर्ता छन् । केही वर्ष यताबाट निजगढमा मात्रै ९ वटा क्रसर चलिरहेका थिए । निरन्तर चल्दै आएका निजगढका क्रसरहरूमा नेपाल क्रसर, लालबकैया क्रसर, चौलागाई क्रसर, शङ्कर क्रसर, नारायणी क्रसर, सुपर रोडा–ढुङ्गा क्रसर, हिमालयन क्रसर छन् । जुन मापदण्डविपरीत छ । यहाँका अधिकांश क्रसरले मनलाग्दी उत्पादन क्षमता पनि बढाएका छन् । केही उत्पादन क्षमता बढाउन धमाधम सामग्री प्रयोग गरिरहेका छन् ।