Posts

Showing posts from January, 2017

२०७३ माघ १९ गते बुधवार

प्रतीक दैनिक पढ्न यहाँ क्लिक गर्नुहोस् ।

अपहरण र ठगी गरेको आरोपमा १० जना पक्राउ

Image
प्रस, वीरगंज, १८ माघ/     सिआइबीको नाममा अपहरण तथा ठगी गर्ने १० जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।     केन्द्रीय अनुसन्धान ब्युरो भन्दै अपहरण र ठगी गर्ने १० जनालाई प्रहरीले बारा, सिमराबाट बा.१६ च ८७८० नं.को स्कार्पियो गाडीसहित पक्राउ गरी ठगी मुद्दा चलाउने प्रहरीले जनाएको छ ।     पक्राउ पर्नेमा बारा, सिसवा महेशपुर–२ बस्ने महम्मद अब्दुल्लाह, काठमाडौं बूढानीलकण्ठ–१५ का प्रेमलाल श्रेष्ठ, हरिऔनका विजयबहादुर बल, सिन्धुपाल्चोक, लिसङ्खु घर भई हाल हरिऔन बस्ने सागर श्रेष्ठ, मकवानपुर, देयाल–५ बस्ने अमित बोम्जन, काभ्रे, भीमखोरी–१ बस्ने मोहनबहादुर किरिङ, सर्लाही, हरिऔन निवासी सुवेश घलान, नेत्रगंजका योगेन्द्रप्रसाद भट्ट, भाडसार–५ का नसीम अख्तर, राजु लामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।     जिल्ला प्रहरी कार्यालय, पर्साले पत्रकार सम्मेलन गरी महम्मद अब्दुल्लाहलाई सिआइबीको प्रहरी हो भन्दै नेशनल मेडिकल कलेज अगाडि रहेको चिया पसलबाट नियन्त्रणमा लिई भाग्ने क्रममा प्रहरीले उनीहरूलाई सिमराबाट पक्राउ गरेको थियो । ठग टोलीले जीतपुरबाट प्रेम श्रेष्ठलाई अपहरण गरी पथलैयाको होटलमा राखेको

हात्तीको आक्रमणबाट कहरथुवाको मृत्यु

प्रमोद यादव, रङ्गपुर, पर्सा, १८ माघ/     सोनबर्सा गाविस–९ रामभौरीभाठामा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।     निचुटा गाविसबाट सोनबर्साको रामभौरीभाठास्थित दूग्धेश्वर महादेव मन्दिरमा जल चढाउन गएको कहरथुवा समूहमाथि हात्तीले आक्रमण गर्दा निचुटा– २ निवासी ठग यादवको घटनास्थलमैं ज्यान गएको हो ।     हात्तीले आक्रमण गर्दा ६० वर्षीय वृद्ध यादव भाग्न नसक्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीका प्रहरी निरीक्षक महेश बस्नेतले जानकारी दिए ।     घटनास्थल पुगेको प्रहरी तथा चरभैया पोस्ट, नेपाली सेनाको टोलीले यादवको शवलाई पोस्टमार्टमको लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज पठाएको छ ।     पञ्चमीका दिन विभिन्न नदी खोलाबाट जल बोकेर आउने हजारौ कवरियाले दुग्धेश्वर महादेवलाई जल चढाई पूजाअर्चना गर्दछन् । दुग्धेश्वर महादेवको पूजाका लागि आउने दशानार्थीहरू जङ्गली जनावरको आक्रमणको यस्ता घटनाले त्रसित छन् ।

चक्कु प्रहारबाट घाइते कैदीको मृत्यु

Image
प्रस, वीरगंज, १८ माघ/     वीरगंज कारागारभित्र पुस १० गते दिउँसो कैदीहरूबीच भएको चक्कु प्रहारबाट गम्भीर घाइते भएका कैदी राजन बानियाको सोमवार राति उपचारको क्रममा काठमाडौ वीर अस्पतालमा मृत्यु  भएको  छ ।     मृत्युको खबर पाएपछि अहिले पूरै  परिवार शोकमग्न भएको छ । उनको घरपरिवारमा रातिदेखी नै रुवाबासी चलेको  छ ।      उपमहानगरपालिका वडा नम्बर १३ घडीअर्वा घर भएका राजन कुमार बनिया, शरीर बन्धक तथा अपहरण मुद्दामा वीरगंज कारागारमा कैदीजीवन बिताइरहेका थिए ।      पुस १० गते बेलुकी क्रिसमस पर्वका अवसरमा वीरगंज कारागारभित्र कैदीबन्दीहरूले रमाइलो गरिरहेका बेला कैदी पनिलाल पडितले अचानक चक्कु प्रहार गर्दा राजनसहित आठजना कैदीहरू  बनाएका थिए ।     पडितको चक्कु प्रहारबाट राजनको टाउको पछाडि गर्दनभन्दा माथिको भागमा गहिरो घाउ भएको थियो ।     सोही क्रममा उनको उपचार सुरक्षा निगरानीमा काठमाडौंमा भइरहेको थियो ।     छोराको बाँच्ने अवस्थामा थियो तर गृह प्रशासनले जानाजानी उपचार नगरी मारेको  ५० वर्षीय वृद्ध बुवा रामधारी दास बानियाले सञ्चारकर्मीहरूसामु बताए । छोरोको उपचारमा आप्mनो तर्फबाट आहिलेसम्म डेढ लाख खर्च गरेको

दुई महिनाभित्र करोडभन्दा बढी सामान बरामद

प्रस, वीरगंज, १८ माघ/     पर्साका प्रहरी उपरीक्ष्Fक गोविन्दकुमार साहले आपूm आएको दुई महिनाभित्र रु १ करोड १६ लाख बराबरको सामान पक्राउ गरी भन्सार बुझाएको जानकारी गराएका छन् ।     भन्सार छली नेपाल भिœयाउने क्रममा दाल, खाद्यान्न सामग्री, सातवटा ट्याक्टर, टाटासुमो, सुटिङ कपडा, धान, कपास, चाँदी ५ किलो ६१५ ग्राम, मोटरसाइकल ६ थान भन्सार बुझाएको जानकारी गराए ।     प्रउ साहले ६ हजार कुखुराका चल्ला, ५ सय क्युफिट काठसहित दर्जनौं व्यक्तिलाई पक्राउ गरी सम्बन्धित निकायको जिम्मा लगाएको बताए ।     यसैगरी प्रउ साहले २०७३/७४ को पुस मसान्तसम्म ३५५ वटा चोरी/हराएको मोबाइलमध्ये ८५ वटा मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको जानकारी गराएको छ । चोरी/हराएको मोबाइलको आइएमई नं.बाट लोकेशन टेस गरी ती मोबाइल बरामद गरी सम्बन्धित व्यक्तिलाई बुझाएको बताए । 

भारतीय धान व्यापारीलाई ठगी गरेको आरोपमा अन्सारी पक्राउ

Image
प्रस, वीरगंज, १८ माघ/     भारत जहानाबाद निवासी सुबोध कुमार, विजय यादवलगायत विभिन्न व्यक्तिलाई ठगेको आरोपमा कलैया नगरपालिका–१२ रामपुर निवासी राजु भन्ने तौफिक अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।     जिल्ला प्रहरी कार्यालय, पर्साले पत्रकार सम्मेलनको आयोजना गरी भारतीय खाद्यान्न व्यापारीहरूबाट १ करोड बराबरको धान खरिद गरी नेपाल भिœयाएको तथा भुक्तानी नदिंदा भारतीय महावाणिज्य दूतावासको पत्रको आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक गोविन्दकुमार साहले बताए ।     पक्राउ परेका अन्सारी आपूm वीरगंज निवासी रहेको र राजेश यादवको नामबाट एके इन्टरप्राइजेज, वैष्णवी इन्टरप्राइजेज तथा शिवम भण्डार, जहानाबाद, भारतका सञ्चालक सुबोध कुमार, विजय यादवसँग धान खरिद गरी रकम नदिएको प्रउ साहले बताए । अन्सारीले आप्mनो नाम राजेश यादव बताउँदै ती व्यापारीहरूसँग ठगी गरेको र लुकिछिपी काठमाडौं बसिरहेको अवस्थामा माघ ११ गते राति प्रहरीले पक्राउ गरी १२ गते जिप्रका पर्सामा ल्याएको प्रउ साहले बताए ।     अन्सारीले नेपालको लागि खरिद गरेको धान, रक्सौल निवासी राजेश कलवारको वैष्णव टे«डर्स, रक्सौल (टिएन नं. १३३२२८१६०४१) को नाउँबाट जहाना

म्याद सकिएका क्रसर उत्पादन क्षमता बढाउँदै

Image
प्रस, निजगढ, बारा, १८ माघ/     निजगढमा मापदण्डविपरीत क्रसर निर्वाध चलिरहेका छन् । सरकारले थपेको पछिल्लो १ वर्षको समयावधि पूरा भएको ६ महिना बितिसक्यो । थप समय दिइएको छैन  तर पनि मापदण्डविपरीत क्रसर निर्वाध चल्दै आएका छन् ।     डेढ वर्ष अघि नैं मापदण्डविपरीतका क्रसरको वैकल्पिक व्यवस्थाका लागि उद्योग मन्त्रालय मातहतका निकाय खानी तथा भूगर्भ विभागले खानी खोजी गर्दै पहुँच मार्ग, विद्युत् पु¥याउन सरकारले निर्देशन दिए पनि अहिलेसम्म सरकारले भरपर्दो व्यवस्था गरेको छैन ।     खोलाबगरमा दुई/चार किलोको ढुङ्गा भेटिन छाडेको खोलाबगरमा काम गर्ने स्थानीयहरू बताउँछन् । अहिले पनि ट्याक्टरले खोलाबगर जोतेर ढुङ्गा निकाल्ने गरेको बकैया खालाबगरमा वर्ष अघिदेखि गिट्टी चाल्दै गुजारा चलाउँदै आएका निजगढका माईला माझी बताउँछन् ।     साँझ, बिहान हैरो फिट गरिएका ट्याक्टर बगर जोत्न आउँछन् । यसरी खोलाबगर जोतेर ढुङ्गा निकाल्ने कार्यलाई अप्राकृतिक मानिन्छ । यस्तो काम गर्न ऐन कानुन, मापदण्डले समेत वर्जित गरेको छ । तर यसरी बगर जोत्नेलाई प्रहरी, प्रशासनले छुट दिंदै आएको छ । यस्तो गैरकानुनी कार्य गर्नेलाई सेक्टर वन कार्यालय न

ल्होछारको अवसरमा निर्मलबस्तीमा बृहत् सांस्कृतिक कार्यक्रम

Image
प्रस, ठोरी, १९ माघ/     तामाङ जातिको महान पर्व २८५३ औं ज्या ल्हो (चरा वर्ग) अर्थात् सोनाम ल्होछारको अवसरमा निर्मलबस्तीमा मङ्गलवार बृहत् सा)स्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।     नेपाल तामाङ घेदुङ, निर्मलबस्तीको आयोजनामा निर्मलबस्ती–६ स्थित गुम्बा परिसरमा राष्ट्रिय स्तरका कलाकारहरूको जमघटमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।     बृहत् सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै नेपाल तामाङ घेदुड्ढा केन्द्रीय महासचिव महितकुमार घिसिङले तामाङ जातिको महान् पर्व ल्होछारलाई सबै नेपालीको साझा पर्वको रूपमा मनाउने वातावरण सरकारले सिर्जना गर्नुपर्ने बताएका छन् ।     तामाङ जातिलाई मात्र लक्षित गरेर सरकारले एक दिन सार्वजनिक बिदा दिएर नपुग्ने भन्दै महासचिव घिसिङले सबै नेपालीले यस पर्वलाई आप्mनो पर्व मानेर अघि बढ्न सके मात्र लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हुन सक्ने बताए । ल्होछार पर्वको माध्यमबाट सबै नेपाली बीच एकता कायम गर्ने अभियानमा घेदुङ लागिरहेको भन्दै घिसिङले अब हुने स्थानीय निकायको निर्वाचनमा तामाङ समुदाय चनाखो हुनुपर्ने बताए । तामाङ जातिलाई भोट बैंकका रूपमा मात्र दलहरूले प्रयोग गरिरहे

विमानस्थल, दु्रतमार्गमा विनियोजित बजेट कार्यान्वयन गर्न, सरकारलाई सरोकार समितिद्वारा दबाब

प्रस, निजगढ, बारा, १८ माघ/     ‘राष्ट्रिय गौरवका आयोजना अन्तर्राष्ट्रिय विमानस्थल तथा फास्ट ट्र्याक (दु्रतमार्ग) निर्माणमा विनियोजित बजेट तुरुन्त कार्यान्वयन गर’—भन्ने मागका साथ निजगढमा सार्वजनिक कार्यक्रम भएको छ ।     सार्वजनिक सरोकार समिति निजगढ, अन्तर्राष्ट्रिय विमानस्थल, फास्ट ट्र्याक (दु्रतमार्ग) तथा हुलाकी मार्ग सरोकार समिति कोल्भी, अन्तर्राष्ट्रिय विमानस्थल फास्ट ट्र्याक (दु्रतमार्ग) सरोकार समिति काठमाडौंले मङ्गलवार निजगढमा पत्रकार सम्मेलन गरी सङ्र्घषका दबाबमूलक कार्यक्रम घोषणा गरेको हो ।     फास्ट ट्र्याक (दु्रतमार्ग) २०६६ सालमा शिल्यान्यास भई डिपिआरसमेत भइसकेको र यसको निर्माणका लागि १० अर्ब र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रु २ अर्ब बजेट विनियोजन गरिए पनि प्रभावकारी कार्य हुन नसकेको बताउँदै सङ्र्घषको कार्यक्रम चलाउन अन्य छिमेकी बस्ती, जिल्लाहरूमा समेत समिति विस्तार गर्ने जानकारी दिंदै सङ्र्घषका कार्यक्रम घोषणा गरिएको छ ।     कार्यक्रम अनुसार माघ २२ गते कोल्भीमा दबाबसभा, २३ देखि फागुन २ गतेसम्म समिति गठन, फागुन ३ गतेदेखि १० गतेसम्म विचारगोष्ठी, ११ देखि १९ गतेसम्म प्रच

राजस्व असुलीमा वीरगंज भन्सारले ३ अर्ब बढी, सिर्सियाले ४० करोड कम

प्रस, परवानीपुर, १८ माघ/     देशको राजस्व सङ्कलनमा मुख्य भूमिका निर्वाह गर्ने भन्सार नाका भनेर वीरगंजस्थित भन्सार र सुख्खा बन्दरगाहका भन्सार चिनिन्छन् । दुवै भन्सार कार्यालयले पछिल्लो ६ महिनामा करिब रु साढे ६५ अर्ब राजस्व सङ्कलन गर्न सफल भएका छन् । जसमा वीरगंज भन्सारले रु ५५ अर्ब १७ करोड र सिर्सिया सुक्खा बन्दरगाहले रु १० अर्ब ५३ करोड राजस्व सङ्कलन गरेको छ ।     चालू आवको साउनदेखि पुस मसान्तसम्म दुवै भन्सार कार्यालयहरूमा वीरगंजको भन्सार असुली हरेक महिना लक्ष्यभन्दा बढी भइरहेको छ भने सिर्सिया सुक्खा बन्दरगाहको राजस्व असुली लक्ष्य भन्दा कम हुँदै गएको पछिल्लो तथ्याङ्कले देखाएको छ ।     वीरगंज भन्सारले पछिल्लो ६ महिनामा लक्ष्यभन्दा ३ अर्ब बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकृत मोहनराज भट्टका अनुसार रु ५२ अर्ब ११ करोड ३१ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकोमा रु ५५ अर्ब १७ करोड ९४ लाख सङ्कलन भएको हो ।     आउँदा दिनमा कुनै बाधा अवरोध नभए कार्यालयले यस वर्षको राजस्व असुली लक्ष्य सहजै भेट्टाउने भट्टको दाबी छ ।     राजस्वमा योगदान दिने मुख्य वस्तु इन्धन र सवारी साधनको आयात उत्साहजनक भइ

आर्थिक क्रान्ति र नेपालको राजनीति

Image
विनोद गुप्ता     २३ जनवरी २०१७ को द काठमान्डुपोस्टमा श्रीनारायण मानन्धरको पृष्ठ ६ मा च्भखयगितष्यल लय द्ध। ब्लतष्(ष्लतभििभअतगबष्किmस् ब नचयधष्लन mभलबलअभ शीर्षक लेख अत्यन्त समसामयिक र विचारोत्तेजक लागेकोले दुवै लेखको मुख्य अंशमा आधारित रही यो लेख तयार भएको हो । यसले नेपालको युवापुस्ताको नेतृत्व एवं चेतनशील सबै नागरिकलाई एकपटक हाम्रो देशको दुर्दशा र राजनीतिबारे सोच्न कर लगाउनेछ भन्ने अपेक्षा राख्नु अन्यथा नहोला ।     पहिलो आर्थिक क्रान्ति, सन् १७८४ मा शुरु भएर सन् १८७० सम्म चल्यो जसमा मेसिनको आविष्कारले मसलशक्ति (हातेकाम)लाई स्टिम इन्जिनको आविष्कारबाट विस्थापित ग¥यो । स्टिम इन्जिनको विकासले खास गरेर रेलसेवा विस्तारको ढोका खोल्यो जसले उद्योगलाई कच्चा पदार्थ आपूर्ति सक्ष्Fम तुल्याउनुका साथै उत्पादनहरूको बजारमा पहुँचलाई सुगम तुल्यायो ।     दोस्रो आर्थिक क्रान्ति, जुन सन् १८७० देखि चलेर १९६९ सम्म पुग्यो, को क्षेत्र विशेषरूपमा प्रख्यात उद्योगपति हेनरी फोर्डको ‘ब्ककझदथि ष्लिभ’ को आविष्कारलाई दिइन्छ । हेनरी फोर्डले आप्mनो पहिलो कार उत्पादन गर्न २७ महिना समय लगाएका थिए । जुन एसेम्बली लाइनको निर

दायित्व सकियो

    देश, सरकार र नागरिकको दायित्व सकिएको छ । नामका लागि सात दिन, तर आआप्mनो क्षेत्रको शहीदहरूको दिवस एक दिन, त्यो पनि केही घण्टा मनाएर दायित्व निर्वाह गरिएको छ । शहीदको परिभाषा नै नेपालमा फेरिएको छ । कसैले कसलाई शहीद मान्ने र कसैले कसलाई मान्ने वैचारिक भिन्नताले पनि शहीद दिवस पनि औपचारिकतामा सीमित हुन पुगेको छ । झन् कलैयाको एउटा समाचारले त हामी शहीदहरूप्रति कतिसम्म संवेदनशील छौं भन्ने देखाएको छ । कलैयाको घण्टाघर परिसरमा रहेको चारजना शहीदको सालिक बेपत्ता (तोडफोड) भएको १० वर्ष बित्यो तर त्यसको पुनस्र्थापना वा नामनामेसी नै हटाउने ठोस क्रियाशीलता देखिएन । यद्यपि शहीद दिवस मनाउँदा जुन चारजना शहीदको सालिक तोडफोड गरियो, तिनको अस्तित्वलाई आजसम्म कसैले अस्वीकार गरेको अवस्था छैन । शहीद त शहीद हुन्, तिनले सानो क्ष्Fेत्रफलको लागि बलिदान दिएका हुन् अथवा ठूलोको लागि । आप्mनो हितबाहेक समुदाय, समाज र देशको लागि आत्मोत्सर्ग गर्ने व्यक्ति नै शहीद कहलिन्छ । त्यसमा सालिकबाट हराएका शुक्रराज शास्त्री, धर्मभक्त थापा, गङ्गालाल र दशरथ चन्द अकाट्यरूपमा नेपालका शहीद हुन् र रहिरहनेछन् ।     सत्तासीन राणाशासनविरुद

२०७३ माघ १८ गते मङ्गलवार

प्रतीक दैनिक पढ्न यहाँ क्लिक गर्नुहोस् ।

न्यायाधीशहरूको नियुक्तिमा ऐनको गम्भीर उल्लङ्घन भएको दाबी

Image
प्रस, वीरगंज, १७ माघ/     उच्च अदालतका न्यायाधीशहरूको नियुक्तिमा नेपालको संविधान र न्यायपरिषद् ऐनको गम्भीर उल्लङ्घन भएको ठहर कानुन व्यवसायीहरूको रहेको छ ।     प्रादेशिक कानुन व्यवसायी समन्वय समितिको आयोजनामा प्रदेश नं. २ स्तरीय कानुन व्यवसायीहरूको वीरगंजमा सम्पन्न भेलाले पाँच बुँदे घोषणापत्रसमेत जारी गरेको छ ।     समन्वय समितिले जारी गरेको पाँच बुँदे घोषणापत्रमा माघ २५ गतेसम्म प्रदेश अन्तर्गत पर्ने अदालतको सम्पूर्ण कामकारबाई बहिष्कार गर्ने निर्णय गरेको छ । न्यायपालिकामा राजनीतिकरण र एउटै समुदायको वर्चस्व काम रही आएकोमा सोही कार्यलाई निरन्तरता दिंदै पुस २८ गते मध्यरात उच्च अदालतको लागि गरिएको न्यायाधीशहरूको सिफारिस असंवैधानिक तथा गैरकानुनी रहेको भन्दै खारेजीको माग गरिएको छ ।     संविधानको उल्लङ्घ गर्ने परिषद्का अध्यक्ष्F एवं सदस्यहरूमाथि महाअभियोगलगायत आवश्यक कानुनी कारबाई गर्न भेलाले माग गरेको छ ।     न्यायपरिषद्को गैरसंवैधानिक र गैरकानुनी सिफारिसमा नेपाल बार एशोसिएशनले खेल्नुपर्ने भूमिका नदेखिएकोले समितिले खेद प्रकट गरेको छ ।     संविधानमा देखिएको चरम असन्तुष्टिलाई संविधान संशोधनको

चिसोले तीन दिनदेखि जनजीवन प्रभावित

Image
प्रस, परवानीपुर, १७ माघ/     विगत तीन दिनदेखि अचानक बढेको चिसोले मध्य तराईको पर्सा, बारा र रौतहट जिल्लाको जनजीवनलाई प्रत्यक्ष असर पारेको छ ।     शुक्रवार बिहानदेखि मौसममा परिवर्तन भई पानी परेको थियो । त्यस दिनदेखि यस भेगको जनजीवन प्रभावित भएको हो ।     मध्यमाञ्चल क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरस्थित जल तथा मौसम विज्ञान हावापानी केन्द्रको तथ्याङ्क अनुसार दिन प्रतिदिन तापक्रममा गिरावट आएको बताइएको छ ।     मौसम प्राविधिक शिवनन्दन साहका अनुसार आजको बिहानको अत्यधिक तापक्रम १६ दशमलव ५ डिग्री र न्यूनतम १३ डिग्री मापन गरिएको थियो ।     तीन दिनदेखि बिहानैदेखि हुस्सु लाग्ने गरेको छ । चिसो बढेसँगै यातायातमा पनि समस्या भइरहेको यात्रुहरूले बताएका छन् ।     जिल्ला ट्राफिक कार्यालयहरूले दिनमंै बत्ती बालेर जान सवारी चालकहरूसँग आग्रह गरेका छन् ।     चिसोको कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई गुजारा टार्न समस्या भएको छ । परवानीपुरका देवनारायाण साह ठेला चलाउँछन् । तर चिसोको गर्दा काम गर्न नगएको बताए । उनले ज्यानै नरहे के कमाउने भनेर काममा नगएको बताए ।केही दिन यता मौसममा सुधार हुँदै आएको

ठोरीमा जङ्गली हात्तीको आतङ्क कायमै, फेरि ४ घर भत्कायो

प्रस, ठोरी, पर्सा, १७ माघ/     ठोरीमा जङ्गली हात्तीको आतङ्क कायम छ । साँझ पर्ने बित्तिकै चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको हात्तीले घर भत्काउन थालेपछि जनजीवन त्रसित बन्दै गएको हो ।     आइतवार साँझ ८ बजे नै ठोरी–३ सरस्वतीनगरबाट गाउँ पसेको हात्तीले जितबाहादुर वि.कको घर भत्काएर क्षति पु¥याएको छ ।     राति अचानक हात्तीले घर भत्काउन थालेपछि जीतबहादुरकी पत्नी र नातानातिनाले भागेर ज्यान जोगाए । स्थानीयले होहल्ला गर्दै टीन, थाल बजाउन थालेपछि हात्ती अर्को गाउँतिर लागेको थियो ।     जीतबहादुरको घर भत्काएको हात्ती ठोरी–१ भट्टराई टोल पुगेर सुजन सापकोटाको भान्साघर भत्काएको छ । सापकोटाको भान्साघर भत्काउँदै उपद्रो मचाएको हात्ती फेरि ठोरी–३ झर्दै उत्तम कार्कीको घरको एकापट्टिको पाली फालेको थियो । स्थानीयले राँको बालेर होहाल्ला गर्न थालेपछि उग्र बनेको हात्तीले ठोरी–४ का रामबहादुर भण्डारीको धन्सार भत्काएको थियो । हात्तीले धन्सार भत्काउँदै धान खाने र नष्ट गर्दा घरको एक कुनामा लुकेर परिवारले ज्यान बचाएको पीडित भण्डारी बताउँछन् ।     रातभर गाउँमा उपद्रो मचाउँदै जनजीवन आतङ्कित बनाउन थालेपछि साँझ पर्नेबित्

बज्जिका साहित्यगोष्ठी आयोजित

प्रस, गरुडा, १७ माघ/     बज्जिका साहित्य सङ्गम रौतहटको आयोजनामा १६औं मासिक साहित्यगोष्ठी सम्पन्न भएको छ । साहित्यकार समतोलियाकुमारी मुखियाको संयोजनमा मित्रनगर गरुडामा सम्पन्न गोष्ठीको शुरुमा बज्जिका भाषाका सबैभन्दा ठूला आर्थिक सहयोगी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य धर्मनाथप्रसाद जयसवालको आमाको मृत्युमा शोक प्रस्ताव पारित गरी समवेदना प्रकट गरिएको थियो ।             कार्यक्रममा बज्जिका साहित्य सङ्गमका अध्यक्ष श्याम सहनी चन्द्रांशु, केदार यादव, किशुनदयाल यादव, रूपेन्द्र पटेल, विजयालक्ष्मी साह, सञ्जय मित्र, सञ्जय महतो राजलगायत दर्जनभन्दा बढी साहित्यकारले विभिन्न विधाका रचनावाचन गरेका थिए । सङ्गमले जयसवालको आर्थिक सहयोगमा हरेक महिना नियमितरूपमा साहित्यगोष्ठी गर्ने गरेको छ ।

बज्जिका पत्रकारहरू मलेसियामा पनि सङ्गठित

प्रस, गरुडा, १७ माघ/     बज्जिका भाषाको पहिलो आप्रवासी सङ्गठन मलेसियामा जन्मेको छ ।     रौतहट, बारा, सर्लाहीलगायत जिल्लाबाट मलेसियामा गई सामान्य रोजगार गरिरहेका पत्रकार तथा भाषासेवीहरूले नेपाल–मलेसिया आप्रवासी बज्जिका पत्रकार सङ्घ गठन गरेका छन् ।     मलेसियामा रहेर पनि मातृभाषा बज्जिकाको विकास तथा सेवा गर्न र बज्जिकाभाषी तथा नेपाली कामदारको समस्यालाई सञ्चारमाध्यममा ल्याउन ललन यादवको अध्यक्षतामा १३ सदस्यीय नेपाल–मलेसिया आप्रवासी बज्जिका पत्रकार सङ्घ गठन गरिएको छ ।     सङ्घको उपाध्यक्ष राजकुमार यादव, सचिव दीपेन्द्र कुशवाहा, सहसचिव दिलबन्धु यादव, कोषाध्यक्ष अनुप माझी तथा सदस्यहरू लक्ष्मण यादव, हसरे आलम, राजेश कहार, सञ्जीव यादव, भुवनेश यादव, उमेश गुप्ता, बलराम गिरी रहेका छन् ।     छलफल तथा समीक्षा बैठक प्रत्येक तीन महिनामा गर्ने निर्णय गरिएको र बज्जिका भाषामा मलेसियाबाट एउटा ब्लगस्पट सञ्चालन गरिने निर्णय गरिएको समेत नेपाल–मलेसिया आप्रवासी बज्जिका पत्रकार सङ्घका अध्यक्ष ललन यादवले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।

म्याद समाप्त भएको पानी ग्रामीण भेगमा बिक्री

Image
प्रस, रौतहट, १७ माघ/     रौतहटका ग्रामीण क्षेत्रमा अहिले म्याद समाप्त भएको मिनरल वाटर बिक्री भइरहेको छ ।     मुन ड्रप्स नामक मिनरल वाटरको म्याद समाप्त भएको बोतल अहिले ग्रामीण क्षेत्रमा हुने सरकारी, गैरसरकारी कार्यक्रममा बिक्री वितरण हुने गरेको पाइएको छ ।         गत बुधवार गाविस खेसरहियामा पूर्ण खोप घोषणा कार्यक्रममा २८ फरवरी २०१६ मा बनेको पानीको बोतल अतिथि तथा सहभागीहरूलाई दिइएको थियो । बोतलबन्द मितिदेखि ६ महिना सम्म पिउन उपयुतm हुने पानीको बोतल ११ महिना पछि बिक्री वितरण भएको हो । सम्बन्धित निकायले ध्यान नदिएको कारण म्याद समाप्त भएको पानीको बोतल बिक्री वितरण हुने गरेको उपभोक्ताहरू बताउँछन् ।

रुस्लान आठौं सिमरा गोल्डकपको तयारी पूरा

Image
प्रस, पथलैया, १७ माघ/     मोफसलकै प्रतिष्ठित पूmटबल प्रतियोगिता रुस्लान सिमरा गोल्डकपको आठौ संस्करणको तयारी पूरा भएको छ ।     आयोजक नव जनजागृति युवा क्लबले सोमवार सिमरा रङ्गशालामा पत्रकार सम्मेलन गरी माघ २० गते प्रतियोगिता उद्घाटन हुने जानकारी दिएको हो ।     विजय डिस्टिलरीको मुख्य प्रायोजनमा प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच १० टिमको सहभागिता रहने भएको छ । आयोजक क्लब अध्यक्ष एवं प्रतियोगिता मूल आयोजक कमिटीका संयोजक कासिम मियाँका अनुसार प्रतियोगितामा नेपाल आर्मीको त्रिभुवन क्लब, एपिएफ क्लब, सिएमजी सङ्कटा क्लब, हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब सहभागी हुनेछन् । प्रतियोगितामा मोफसलका साबिक विजेता विजय युथ क्लब, उपविजेता वीरगंज युनाइटेड क्लब, सहारा क्लब पोखरा, रूपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लबको सहभागिता रहने छ ।     अखिल नेपाल पूmटबल सङ्घका अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गर्ने प्रतियोगिताको विजेताले रु पाँच लाख ५१ हजार नगद प्राप्त गर्नेछ । उपविजेताले भने दुई लाख ५१ हजार प्राप्त गर्नेछ । प्रत्येक वर्ष पुरस्कार राशि वृद्धि गर्दै आएको आयोजकले यस वर्ष भने राशि व

दोस्रो हरपुर गोल्डकप प्रतियोगिता, एपिएफ पिलुवा र न्यु सनलाइट क्लब विजयी

प्रस, वीरगंज, १७ माघ/     जय महावीर विकासशील युवा क्लब हरपुरद्वारा सञ्चालित दोस्रो हरपुर गोल्डकप प्रतियोगिताको आज पहिलो खेलमा एपिएफ क्लब पिलुवा बारा र दोस्रोमा न्यु सनलाइट युवा स्पोट्र्स क्लब सुपौली विजयी भएका छन् ।     पहिलो खेल एपिएफ क्लब पिलुवा बाराले वनशक्ति युवा क्लब ठोरीलाई ० गोलको विूद्ध ४ गोलले पराजित गरेको थियो । पिलुवाको तर्पmबाट मनु थापा र सन्तोष गुरुङले १–१ गोल गरेका थिए भने रवि गुरुङले २ गोल गरेका थिए ।     दोस्रो खेल न्यु सनलाइट युवा स्पोट्र्स क्लब सुपौली र न्यू जागृति युवा क्लबले निर्धारित समयमा गोल गर्न नसकेपछि रेफ्रीको निर्णय अनुसार टाइब्रेकरमा १ को विरुद्ध ४ गोल गरी न्यु सनलाइट युवा स्पोट्र्स क्लब विजयी भएको थियो ।

निर्वाचनको अपरिहार्यता र सिर्जित चुनौतीको निकास

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     वर्तमान संविधान ०७२ असोज ३ मा जारी भएर २०७४ माघ ७ गतेभित्र केन्द्रीय (संसदीय), प्रान्तीय तथा स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने अन्तिम हदम्यादको व्यवस्था गरेको छ । नयाँ संविधान जारी हुनेबित्तिकै  जन अनुमोदनको लागि लगत्तै आम चुनावको घोषणा गर्नुपर्ने विश्वव्यापी मान्यता हो । संविधान निर्माता आफैंले संविधानको आधारमा सत्ता हातमा लिने गरेको पाइन्न । तर उक्त तमाम अन्तर्राष्टिय प्रचलनलाई तोडदै हाम्रा संविधान निर्माता मतादेशको आवश्यकता महसुस नगरी सत्तामा विराजमान भए । तीन दलले संविधान बनाए र तीनैले पालैपालो सत्ता सम्हाले । जुन दल सत्तामा गए, चुनावका लागि हतार गरेनन् तर सत्ता बाहिर जानेबित्तिकै चुनावको रट लगाउन थाल्छन् । यस प्रवृत्तिले मुलुकको तमाम समस्या सत्तास्वार्थले नै झाङ्गिएको भन्न सकिन्छ । आगामी माघ ७ भित्र तीन तहको चुनाव पूरा गर्नैपर्ने बाध्यताले दुईवटा महŒवपूर्ण कुराको सङ्केत गर्छ । पहिलो वर्तमान संविधान अपूर्ण छ भने दोस्रो माघ ७ सम्म चुनाव भई नयाँ जनादेश आएन भने संवैधानिक सङ्कट सिर्जना हुन्छ । मुलुकमा संसद रहँदैन । संसद् नरहेपछि मुलुकले प्रधानमन्त्

कहालीलाग्दो चुहावट

    नेपाल विद्युत् प्राधिकरण, हेटौंडा क्ष्Fेत्रीय कार्यालय अन्तर्गतका वितरण केन्द्रहरूबाट प्रतिवर्ष रु ५३ करोडको विद्युत् चुहावट हुने तथ्यले नेपाल किन भ्रष्टाचारी मुलुकहरूको शीर्षमा रहेको छ भन्ने प्रस्ट हुन्छ । सरकारी निकायहरूमा भ्रष्टाचार भयो भनेर अहर्निश कराउने विद्युत् उपभोक्ता (जनता) आफैं यस भ्रष्टाचारमा लिप्त छ भने प्राधिकरणका कर्मचारीहरू पनि भ्रष्टाचारमा सहभागी छन् भन्ने कुरा ऊर्जा मन्त्रालयले दिएको तथ्याङ्कले देखाएको छ । क्ष्Fेत्रीय कार्यालय हेटौंडा अन्तर्गतका कलैया (बारा) र गौर (रौतहट) वितरण केन्द्रबाट त आपूर्ति गरिएको विद्युत्मध्ये आधाभन्दा बढी चुहावट हुने गरेको छ । अर्थात् राष्ट्रिय ग्रीडबाट ती वितरण केन्द्रहरूमा जति विद्युत् दिइएको छ, त्यसमध्ये आधाभन्दा बढी विभिन्न कारणले चुहावट हुने गरेको छ । चुहावटको मुख्यतः तीनवटा मार्ग हुन्छ । पहिलो, प्राविधिक । बिजुली तारको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा पठाइन्छ । नाङ्गो तारमा जलवायुको प्रभावले केही विद्युत् खेर जान्छ । तर यो कारणबाट मुश्किलले ३/४ प्रतिशत मात्र चुहावट हुन्छ । दोस्रो कारण हो–विद्युत् प्राधिकरणका कर्मचारीहरूले उपभोक्ता

२०७३ माघ १७ गते सोमवार

प्रतीक दैनिक पढ्न यहाँ क्लिक गर्नुहोस् ।

२०७३ माघ १६ गते आइतवार

प्रतीक दैनिक पढ्न यहाँ क्लिक गर्नुहोस् ।

ल्यान्डफिल साइटको काममा सन्तोषजनक प्रगति

Image
प्रस, वीरगंज, १६ माघ/     वीरगज उपमहानगर क्षेत्रबाट निस्कने फोहोरहरूलाई  वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नका लागि  निर्माण भइरहेको फोहोर मैला व्यवस्थापन केन्द्र (ल्यान्डफिल साइट)को निर्माण कार्यमा  तीव्रता आएको वीउमनपाले जनाएको छ ।     पछिल्लो समयमा काममा ढिलाइ हुँदा ठेकेदार कम्पनीको चारैतिरबाट सार्वजनिक आलोचना हुन थालेपछि अहिले  निर्माण कार्यले गति लिएको छ ।         एसियाली विकास बैंकको अनुदान सहयोगमा वीरगंजमा सञ्चालित मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार आयोजनाको दोस्रो चरण अन्तर्गत रु ४७ करोड ६१ लाख ८० हजारको लागतमा ल्यान्डपिल साइट निर्माण भइरहेको छ ।     वीरगज नगरसँग जोडिएको बाराको इटियाही–७ र विश्रामपुर–९ मा अवस्थित १५ बिघा सात कठ्ठा जग्गामा वीरगंज उपमहानगरपालिका कार्यालयले ल्यान्डपिल साइट निर्माण गर्न लागेको हो ।     गत अप्रिल १ तारिखदेखि शुरु ल्यान्डफिल साइटको निर्माण कार्य २४ महिनाभित्र सक्ने उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्पन्न सम्झौतामा उल्लेख छ ।     माघ पहिलो सातासम्म ल्इान्डफिलड साइटको भौतिक संरचना निर्माणको प्रगति ३५ प्रतिशत पुगेको चिनियाँ निर्माण कम्पनी  जेडआइइसीका

पहिलो शहीदहरूको संयुक्त सालिक बेपत्ता

Image
शिवशङ्कर मिश्रा, कलैया, १६ माघ/     मुलुकको पहिलो शहीद मानिएका चारैजना शहीदको संयुक्त सालिक बेपत्ता भएको छ ।     कलैया घण्टाघर परिसरमा रहेको शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको संयुक्त सालिक ०६२/०६३ को आन्दोलनमा तोडिएपछि अहिलेसम्म सालिक पिलर जस्ताको त्यस्तै देखिन्छ । प्रहरी प्रशासन भने अनभिज्ञ छ ।     देश र नागरिकको हक अधिकारका लागि आप्mनो प्राण आहुति दिने शहीदको सम्झनामा आइतवार मुलुकमा विभिन्न कार्यक्रम भए पनि बारा जिल्लामा उनीहरूको सम्झनामा कुनै कार्यक्रम भएन ।     प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको कुनै न कुनै दिन कलैयामा कार्यक्रम हुने गरेको थियो, तर यस वर्ष शहीद दिवस मनाउन सबै दलका नेताले बिर्सेका छन् ।     राणा शासनविरुद्ध लागेको भन्दै शुक्रराज शास्त्रीलाई वि.सं १९९७ माघ १० गते, धर्मभक्त माथेमालाई वि.सं १९९७ माघ १३ गते, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।     देशमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२/६३ सालको जनान्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि

नेपाली काङ्ग्रेस पर्साले शहीद दिवस मनायो

Image
प्रस, वीरगंज, १६ माघ/     शहीद दिवसको अवसरमा नारायणी उपक्ष्Fेत्रीय अस्पतालमा रहेको थिरबम मल्लको सालिकमा आज नेपाली काङ्ग्रेस ले फरक–फरक कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ ।     आज बिहान पूर्व नगर अध्यक्ष महम्मद साहबुद्दिन तथा नगर अध्यक्ष्F भोला कलवारको सभापतिमा शुरु भएको कार्यक्रमका प्रमुख अतिथि सासंद सुरेन्द्र चौधरी रहेका थिए ।     शहीद दिवसमा बोल्दै  सांसद चौधरीले दिर्घकालीन राजनीती गर्ने सोचका साथ अगाडि बढन आग्रह गरेका थिए । हुस्सुजस्तो नेता कार्यकर्ताहरू कसैको पछाडि लागेको देखेर आपूmलाई बलवान नठान्न आग्ह गरेका थिए।     घाम लागेपछि हुसुजस्तै देखापरेका  नेताहरू साथ छोडेर जाने उनले बताए ।     शहीदहरूले दिएको बलिदानको कदर गर्दै उनीहरूले सिकाएको बाटोमा पर्साका नेता कार्यकर्ताहरूलाई लाग्न सुझाएका थिए ।     कार्यक्रममा बोल्दै नेता जनार्दन सिंह क्ष्Fत्रीले आप्mना नेताहरूको पहिचान गर्ने बेला आएको बताए । धमिलो पानीमा माछा मार्ने नेता कार्यकर्तासँग सचेत रहन उनले आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला सचिव अशोक जैसवाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।     पूर्व नगर अध्यक्ष्F महम्मद साहबुद्दि

महिना बित्यो प्रहरीले अभियुक्त समात्न सकेन

प्रस, परवानीपुर, पर्सा १६ माघ/     कुटपिटको घटनामा संलग्न रहेका अभियुक्तलाई पक्राउ गरी कारबाई गर्न प्रहरी चौकी असवारीले चासो नदेखाएको गुनासो आएको छ । आसवारी–६ बस्ने सुरेश राउत कुर्मीले यस्तो गुनासो गरेका हुन् ।     निजकी पत्नी ३५ वर्षीया महिला जोनीदेवी कुर्मिनलाई छिमेकी किनेश पटेलले लछारपछार गरी गत पुस १३ गते कुटपिट गरेका थिए । कुटपिटमा गम्भीर घाइते भएकी पीडित जोनीको एक साता जति नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भएको थियो । उनको टाउकोमा लागेको गम्भीर चोटको उपचार भई हाल उनी घर फर्किसकेकी छन् । उनका पतिले कुटपिट गरेका किनेशलाई उपस्थित गराउन घटना भएकै भोलिपल्ट जिल्ला प्रहरी कर्यालय, पर्साको महिला तथा बालबालिका सेलमा उजुरी पनि गरे ।     जिल्ला प्रहरी कार्यालयले दुईपटक आसवारी प्रहरीलाई कुटपिटमा संलग्न मानिसलाई हाजिर गराउन पत्राचार पनि गरेको बुझिन्छ । तर अहिलेसम्म मानिस उपस्थित गराउन नसकेको प्रहरी चौकी आसवारीका प्रहरी सहायक निरीक्षक सुरेन्द्र साहले बताए ।     प्रसनि साहका अनुसार प्रहरी लागिपरेको छ, अभियुक्त फरार रहेकोले समात्न नसकिएको हो । तर पीडित महिला जोनी देवीका पति सुरेशका अनुस

डिपिएसमा फैन्सी पोशाक प्रतियोगिता

Image
प्रस ,परवानीपुर, बारा, १६ माघ/     दिल्ली पब्लिक स्कूल वीरगंजले आज प्राथमिक तहस्तरीय फैन्सी ड्रेस प्रतियोगिता आयोजना गरेको छ । लिपनीमाल गाविसस्थित विद्यालय परिसरमा आयोजिते प्रतियोगितामा विद्यालयको शिशुदेखि कक्षा २ सम्म अध्ययन गर्ने १०५ जना छात्रछात्राहरूको सहभागिता थियो ।     विद्यालयका प्रधानाध्यापक डा. गौरीशङ्कर चौधरीको सभापतित्व, विद्या अग्रवालको प्रमुख आतिथ्य र शिक्षिका पल्लवी नन्दवानाको सहजीकरणमा सम्पन्न प्रतियोगितामा विद्यार्थीहरूलाई फलपूmल, तरकारी, पूmल, जनावर, चाडपर्व, पेशागत पोशाकमा सजाएर ड्रेसको प्रस्तुति दिन लगाइएको थियो । बालबालिकालाई सानैदेखि स्टेजको डर हटाउन तथा विविध कुराको ज्ञान हासिल गराउन यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक राजीव आनन्दले बताए ।     प्रतियोगिताको नर्सरीमा युग गुप्ता प्रथम, आदित्य चौधरी दोस्रो, हृदित अग्रवाल तेस्रो भएका थिए भने पिजिमा समर रौनियार, आरुन वर्मा, साफलोन डङ्गोल क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका थिए । त्यस्तै एलकेजीमा प्रथम सिद्धान्त चौहान, द्वितीय शुभ गाडिया, आर्य नन्दवाना र तृतीय देवरित अग्रवाल, समृद्धि कर्ण, युक

लिपनीमालस्तरीय खेलकुद प्रतियोगिता

प्रस, परवानीपुर, बारा, १६ माघ/     दलित युवाहरूको संस्था जय माँ सरस्वती बालबालिका संस्था लिपनीमाल चैनपुरले एक दिने गाविसस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा क्रिकेट, दौड र म्युजिक चेयरजस्ता खेल आयोजना गरिएको संस्थाका अध्यक्ष सुनिल रामले जानकारी दिएका छन् ।     चैनपुरको खेलमैदानमा सम्पन्न प्रतियोगितामा म्यूजिक चेयरमा नेहा राम प्रथम ,प्रतिमा कुमारी दोस्रो, रोशनी कुमारी तेस्रो भएकी छन् । त्यस्तै १०० मिटर दौडमा अभयकुमार प्रथम, उमेश राम दोस्रो र अर्जुन राम तेस्रो भएका आयोजकले बताएको छ । त्यस्तै लिपनीमालका लिपनी  र चैनपुर गाउँका ४/४ टिमको सहभागितामा भएको क्रिकेट म्याचमा चैनपुर विजयी भएकोले छ । चैनपुरकै दलित बस्ती रामटोललाई ५ विकेटले पराजित गरी प्रतियोगिताको क्रिकेट विजेता बनेको हो । यस अघि टस जिती पहिले ब्याटिंग गरेको रामटोलले निर्धारित २० ओभरको खेलमा १३ ओभर खेल्दै ५९ रनको योगफलमा अलआउट भयो । ६० रनको विजयी लक्ष्य लिई मैदानमा उत्रेको चैनपुरका वडा नं ९ को टिमले ५ विकेटको क्षतिमा ९ ओभरमैं लक्ष्य भेटेको थियो ।     गाविसको २५० जना विद्यालय पढने बालबालिकाको सहभागितामा भएको खेल

जिएचपी माविको वार्षिकोत्सवमा खेलकुद प्रतियोगिता

Image
प्रस, वीरगंज, १६ माघ/     वीरगजमा रहेको जिएचपी माविले आप्mनो २१ औं वार्षिक उत्सवका अवसरमा आज खेलकुद प्रतियोगिता सम्पन्न गरेको  छ ।     नारायणी रङ्गशालामा भएको खेलकुद प्रतियोगितामा विद्यालयको नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले भाग लिएका थिए ।     कार्यक्रममा विद्यार्थीहरूले साङ्गीतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । वार्षिक उत्सवको अवसरमा जिएचपी माविले वीरगंजका ६ जना सञ्चारकर्मीलाई सम्मानित गरेको छ ।     ्             सम्मानित हुनेहरूमा सञ्चारकर्मी महेशचन्द्र गौतम, आरके पटेल, भूषण यादव, रितेश त्रिपाठी, क्रान्ति शाह र  जियालाल साह छन् ।              जिएचपी माविकी सञ्चालिका रविन्दर कौरको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी, समाजसेवी पशु्पति विक्रम शाह, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष जितेन्द्र साह लगायतको उपस्थिसते थियो ।

प्याब्सन जुनियर नकआउटको उपाधि गौतम माविलाई

Image
प्रस, वीरगंज, १६ माघ/     वीरगजमा सञ्चालित प्याब्सन जुनियर नकआउट पूmटबल प्रतियोगिताको उपाधि १ गोलको विरुद्ध २ गोलले गौतम माविले हात पारेको छ ।     नारायणी अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा मनकामना माविलाई २–१ गोल अन्तरले हराउँदै गौतम माविले उपाधि जितेको हो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गौतम माविका रोजन गुरुङ घोषित भएका छन् ।  आज सम्पन्न फाइनल खेलको हाई स्कोर मनकमना माविका शाहिल खान, गौतम माविका बेस्ट प्लेयर राजन गुरुङ, बेस्ट डिफेन्स मनकमनाका रामप्रवेश साह, बेस्ट किपर गौतमका सावन दहालले पाएका थिए । प्रतियोगिताको समापन समारोहमा पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारीले विजेता र उपविजेता टिमका खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।         प्याब्सन पर्साले आयोजना गरेको प्रतियोगितामा पर्साका २२ वटा निजी विद्यालयले भाग लिएकोे थियो ।

जातीय सवाल र माक्र्सवाद

Image
सुदर्शनराज पाण्डे     नेपालका अगुवा कम्युनिस्ट लेखक, अनुवादक कृष्णदास श्रेष्ठले विश्व सर्वहारावर्गका महान् नेता र एक महानतम माक्र्सवादी–लेनिनवादी जोसेफ स्टालिनद्वारा लिखित एउटा सुप्रसिद्ध कृतिको नेपाली अनुवाद, नेपाली पाठकहरूसमक्ष प्रस्तुत गरेका छन् । पुस्तकको नाम हो– माक्र्सवाद र जातीय सवाल । पुस्तकमा माक्र्सवादी दृष्टिकोणबाट जातीय सवालका विभिन्न पक्षहरूबारे चर्चा गरिएको छ । जातीय सवालबारे जानकारी राख्न चाहने सबैले उक्त महŒवपूर्ण पुस्तक पढ्नैपर्ने हुन्छ । उक्त कृतिमा जनजाति सवाल सम्बन्धी वोल्सेभिक पार्टीको कार्यक्रमलाई विकसित गरिएको थियो । तसर्थ सो कृतिलाई माक्र्सवादको सैद्धान्तिक भण्डारमा एउटा महŒवपूर्ण रचना मानिएको छ । उक्त कृतिमा सात परिच्छेद छन् । जाति शीर्षकको पहिलो परिच्छेदमा जातिका विशेषता तथा गुणबारे उल्लेख गरिएको छ । स्टालिनले जातिको जुन परिभाषा प्रस्तुत गरेका छन्,  त्यसलाई जातिको सबभन्दा वैज्ञानिक र उत्कृष्ट परिभाषाको रूपमा मान्यता प्राप्त छ । जातिका विषयमा गरिएका परिभाषामा – ‘जाति भनेको एउटा साझा भाषा, इलाका, आर्थिक जीवन, साझा संस्कृतिमा व्यक्तिको मनोवैज्ञानिक स्वरूपको आधा

केटाकेटीलाई स्वतन्त्र भई काम गर्न दिनुस्

Image
अनन्तकुमार लाल दास     मेरो छिमेकमा बस्ने रवि पाँच अङ्कको सङ्ख्यालाई यति चाँडो जोडन सक्छ त्यति छिटो उसको दौंतरीले दससम्म गन्न सक्दैन । दस वर्षीया एमी अमेरिकाको रोयल कालेज अफ म्युजिकमा प्रवेश गर्ने सबैभन्दा कम उमेरकी केटी हुन् । मिशेरले पाँच वर्षको उमेरदेखि शेक्सपीयरको किताब पढ्न शुरु गरेकी थिइन् र ब्रिटेनको सबैभन्दा सानी लेखिका हुन्, जसको पुस्तक पनि प्रकशित भइसकेको छ । यसैगरी भारतकी दस वर्षीया केटीले उपन्यास लेखेकी छिन् । यस्ता अनेकौं उदाहरण प्रस्तुत गर्न सकिन्छ ।     यिनीहरू साधारण केटाकेटी होइनन् । यिनीहरूले पनि असफलताको सामना गरेका छन् तर यस्तो के कुरो छ जसले थिनीहरूलाई जीनियस बनाउँछ ? के यिनीहरू यिनै गुणका साथ जन्मेका थिए ? यिनीहरूमा यस्तो के विशेषता छ जसले यिनीहरूलाई एकै उमेर समूहबाट अलग्याउँछ । वास्तवमा यिनीहरूमा यस्ता केही विशेषता छ, जुन अन्य केटाकेटीमा पाइँदैन । यिनीहरूलाई ‘गिप्mटेड चाइल्ड’ भन्न सकिन्छ ।     यस्ता केटाकेटीहरूले सामान्य कुरोलाई पनि बेग्लै ढङ्गले हेर्छन् र उनीहरूले त्यही हेर्छन् जुन अरूलाई देखा पर्दैन । तात्पर्य के भने उनीहरूको ‘आइक्यु’ को स्तर बढी हुन्छ र कुनै

सरकारको उदासीनता

    बारामा निर्माण हुने विशेष आर्थिक क्षेत्र ( सेज ) को निर्माणमा स्थानीय जनताले अवरोध गर्ने चेतावनी दिएको छ । वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूले यस्तो चेतावनी दिएका हुन् । सेज निर्माणको लागि गाउँलेहरूले केही शर्त दोहो¥याएका छन् । शर्त के भने सेज निर्माणमा परेका जग्गाधनीको परिवारलाई एक–घर एक–रोजगार दिनुपर्छ । गाउँलेहरूको यो माग भने नयाँ होइन, किनभने उनीहरूले तत्कालीन सोभियत सङ्घको आर्थिक, प्राविधिक सहयोगमा निर्माण भएको वीरगंज चिनी कारखानालाई पर्याप्त उखु प्राप्तिको रणनीति अनुरूप उखु बाली लगाउन उक्त जग्गा उपलब्ध गराएका थिए । तत्कालीन अवस्थामा वीचिकालिका लागि जग्गा उपलब्ध गराउँदा एक–घर एक– रोजगारको शर्त रहेको थियो । तर त्यस बेला सरकारले उक्त सम्झौता पालना गरेको थिएन । पुनः उही जग्गा अर्को उद्देश्यका लागि प्रयोग गर्दा पुरानै शर्त पालना गरिनुपर्ने माग हो ।     वीरगंजका उद्योगीहरूले विशेष आर्थिक क्षेत्र ( सेज ) निर्माणको लागि सरकारलाई दबाब दिएको करिब एक दशक बितिसकेको छ । यसबीच सरकारले सेज निर्माणको लागि करिब ६ वर्ष पहिले रकम विनियोजन गरी पर्खाल मात्र लगाउने काम गरेको छ । डुमरवान

सिआइबीको नाममा अपहरण गर्ने ८ जना पक्राउ

Image
प्रस, वीरगंज, १५ माघ/     पर्सा प्रहरीले सिआइबी प्रहरीको नाममा दुईजनालाई अपहरण गर्ने आठजनाको एक समूहलाई शनिवार दिउँसो पक्राउ गरिएको समाचार प्राप्त भएको छ ।     आपूmहरूलाई सिआइबी प्रहरी बताउने ८ जनाको समूहले आज बिहान १० बजे नेशनल मेडिकल कलेजअगाडि चियापसलबाट बारा निवासी अब्दुल अहमदलाई नियन्त्रणमा लिएर गएको पर्सा प्रहरीले खबर पाएको थियो ।     पर्सा प्रहरीले प्रहरी प्रधान कार्यालयमा बुझ्दा सिआइबीको कुनै टोली पर्सामा परिचालन नगरिएको पुष्टि भएपछि सो समूहलाई पर्सा प्रहरीले खोजी गर्न थालेको थियो ।      सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक भीमबहादुर खड्का नेतृत्वको प्रहरी टोलीले खोजी गर्दै जाँदा बारा प्रहरीको सहयोगमा सिमराबाट ना. १६ च ८७८० नम्बरको स्कार्पियो गाडीसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।           गाडीसहित पक्राउ परेका १० जनाबारे पर्सा प्रहरीले अनुसन्धान शुरू गरेको जनाएको छ । अनुसन्धानपछि  घटनाबारे पुष्टि गर्ने प्रहरी नायब उपरीक्ष्Fक यज्ञ भट्टराईले बताए ।      प्रहरी सूत्रबाट प्राप्त जानकारी अनुसार नागमणि बेच्ने गिरोहमा संलग्न दुईजनालाई सो समूहल

हामी सेजविरोधी होइनौं –डुमरवानावासी

Image
प्रस, वीरगंज, १५ माघ/     नेपाल सरकारले बाराको डुमरवानामा निर्माण गरिरहेको विशेष आर्थिक क्षेत्र (क्भ्श्)को निर्माणविरोधी आपूmहरू नभएको स्थानीयहरूले बताएका छन् । शनिवार पत्रकार सम्मेलन गरी स्थानीयहरूले ‘एक घर एक रोजगार’ लागू भए आपूmहरूको समस्या समाधान हुने बताएका छन् ।     नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरी स्थानीयहरूले विशेष आर्थिक क्षेत्र बनाउन जग्गा हाम्रा पुर्खाले दिएको बताए ।     वीरगंज चिनी कारखाना निर्माण हुने बेलामा भवानीपुर, डुमरवाना, काँडाटोल, डाँडाटोल, बेहरी राजघाटका बासिन्दाहरूले प्रतिबिघा रु. १३ सयका दरले ८३३ बिघा जग्गा चिनी कारखानालाई बेचेका थिए ।     पत्रकार सम्मेलनमा स्थानीय बासिन्दाले चिनीमिल निर्माण हुने बेलामा नेपाल सरकारले रोजगार दिने आश्वासन दिए पनि जागिर नदिएको बताएका थिए ।     स्थानीयहरूले आपूmहरूलाई रोजगारको लागि लिखित आश्वासन नदिए कुनै हालतमा पनि सेज निर्माण हुन नदिने चेतावनी पत्रकार सम्मेलनमा दिएका थिए ।     आप्mना बाजे पुर्खाले दिएको जग्गा आपूmहरूले अहिलेसम्म जोगाउँदै आएको  नत्र यसअघि नै अरूले कब्जा गरी बसिसक्थे उनीहरूको तर्क रहेको थिय

वीरगंजलाई झस्काउने ‘आन्दोलन’

Image
ओमप्रकाश खनाल     आन्दोलन शब्दमात्रै वीरगंजका निम्ति पीडादायी बन्नु अस्वाभाविक होइन । अघिल्लो वर्षको वीरगंजकेन्द्रित मधेस आन्दोलन र यसका पहेलीहरूबाट अतिपीडित वीरगंजका बासिन्दा आन्दोलनको नाम सुन्नेबित्तिकै सशङ्कित र सर्तक हुन थाल्छन्, कहीं विगतको पीडा पुनरावृत्ति हुने त होइन ? तत्कालीन संविधानसभाबाट करिब डेढ वर्षअघि जारी संविधानप्रति असन्तुष्टि राख्दै मधेसवादी दलले गरेको आन्दोलनबाट वीरगंज बढी प्रताडित बनेको विषय यहाँनिर नौलो नलाग्न सक्छ । तर वीरगंजमा आन्दोलन केन्द्रित हुनुका कारण सत्तासञ्चालकहरूको पूर्वाग्रह पनि वीरगंजपट्टि नै सोझिनुले यो क्षेत्रलाई थप पीडाबोधमा धकेलेको बुझ्नेहरूको पनि कमी छैन ।     विगत आन्दोलन र नाकाबन्दीको कहरको अद्यावधिक असर अहिले पनि अर्थतन्त्रमा यथावत् नै छ । बितेको वर्ष शून्य दशमलव ७७ प्रतिशतको झिनो आर्थिक अभिवृद्धिको आँकडाले नै तत्कालीन आर्थिक र सामाजिक क्षेत्रमा परेको नकारात्मक प्रभाव सहजै आँकलन गर्न सकिन्छ । समस्याको दीर्घकालीन निकासमा सरकारी उदासीनतालाई एकछिन पन्छाउने हो भने पनि त्यसताकाको नोक्सानी उकास्ने निजी क्षेत्रका अभिप्रायहरू अहिले पनि अपेक्षित सहज द

सत्यनिष्ठाको प्रभाव

    चन्द्रमासमान उज्ज्वल, सुपुष्ट, सुन्दर सिङ भएकी नन्दा नामक गाई एकपटक हरियो घाँस चर्दै वनमा आप्mनो समूहका अन्य गाईबाट पृथक भइन् । दिउँसो भएपछि उनलाई तिर्खा लाग्यो र पानीको लागि उनी सरोवरतर्पm जान थालिन्स तर जब सरोवरनजिक पुगिन्, बाटो छेकेर उभिएको एक भयङ्कर सिंहसँग उनको जम्काभेट भयो । सिंहलाई देख्नेबित्तिकै नन्दा रोकिइन् । उनी थरथर काम्न थालिन् । आँखाबाट आँसु बग्न थाल्यो ।     भोको सिंहले त्यस गाईको सामुन्ने उभिएर भन्यो– “अरे १ तँ किन रुन्छेस् ? के तँ सदाको लागि जीवित रहन सक्छस् ? तँ रोऊ या हाँस, तर अब जीवित रहन सक्दैनस् । म तँलाई मारेर आप्mनो भोक मेटाउँछु ।”     गाईले कामिरहेको स्वरमा भनिन्–  “वनराज १ म आप्mनो मृत्युको भयले रोएकी होइन । जसले जन्म लिन्छ, त्यसले एक दिन अवश्य मर्नुपर्छ, तर पनि म तपाईंलाई प्रणाम गर्छु । जसरी तपाईंले मसँग कुराकानी गर्ने कृपा गर्नुभयो, त्यसरी नै मेरो एक प्रार्थना पनि स्वीकार गर्नुस् ।”     सिंहले भन्यो– “आप्mनो कुरा छिटो भन् । मलाई निकै भोक लाग्दैछ ।”     गाईले भनिन्– “मैले पहिलोपटक बाछो जन्माएकी छु । मेरो त्यो बाछोले अहिले घाँस मुखमा राख्न जान्दैन । आप्mनो