प्रस, वीरगंज, १४ पुस/
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सा वीरगंजमा अवैध तरिकाले सञ्चालित ई–रिक्सा रोकथाम गर्न असफल भएको छ ।
गत कात्तिक महिनामा अवैध तरिकाबाट सञ्चालित ई–रिक्साविरुद्ध अभियान छेडेको ट्राफिकले अहिले सो अभियान सञ्चालन गरेको छैन । वीरगंजमा सञ्चालित ई–रिक्साको हकमा जिल्ला प्रशासन कार्यालय, पर्साले ट्राफिकले अभियान शुरु गर्दा मङ्सिर १५ गतेसम्मको समय सीमा दिइएको थियो ।
ई–रिक्सा सञ्चालकहरूले त्यतिखेर सवारी चालक अनुमतिपत्र यातायात व्यवस्था कार्यालयबाट प्रदान नगरिएको भनी जिल्ला प्रशासनसँग समय माग गरेको थियो र उनीहरूलाई मङ्सिर १५ गतेसम्म आवश्यक सबै कागजात साथै सवारी चालक अनुमतिपत्र अनिवार्य रूपमा लिएर ई–रिक्सा सञ्चालन गर्न निर्देशन गरिएको थियो । यातायात कार्यालयले एक चरणमा ई–रिक्साहरूको सवारी चालक अनुमतिपत्र जारी गरिसकेको छ ।
२७ सय ई–रिक्साको लागि परेको आह्वानमा केवल ६५ जना मात्र उत्तीर्ण भएका थिए । वीरगंजमा मात्र ११ सयको हाराहारीमा ई–रिक्सा सञ्चालनमा छ । ई–रिक्सा सञ्चालनको लागि पहिलो चरणमा भएको सहमतिमा केवल ४ सय लाई इजाजत दिने निर्णय भएको थियो ।
सोविपरीत ७ सय ई–रिक्सा सञ्चालनमा छन् । उनीहरूले वीउमनपामा दर्ता गर्नुपर्ने र यातायातबाट रूट परमिट लिनुपर्ने कानुनी प्रक्रिया पूरा गरेका छैनन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका निमित्त प्रमुख प्रनानि सूर्यबहादुर थापाले तुरुन्तै अभियान सञ्चालन गर्ने बताए । उनले ई–रिक्साविरुद्ध अभियान केही दिनको लागि रोकिएकोमा अविलम्ब सञ्चालन गर्ने तयारी भइसकेको बताए ।