प्रस, वीरगंज, १५ पुस/
वीरगंजमा सयौंको सङ्ख्यामा भारतीय बालश्रमिकहरू कार्य गरिरहेको सरकारी तथ्याङ्कले देखाएको छ ।
महिला तथा बालबालिका कार्यालय वीरगंजले दिएको तथ्याङ्क अनुसार वीरगंजमा बालश्रमिकको रूपमा ३ सयभन्दा बढी बालकहरू काम गरिरहेका र त्यसमध्ये अधिकांश भारतीय रहेको देखाएको छ । बालश्रमिकहरूमा ५ वर्षदेखि माथिका बालकहरू होटल, रेस्टुरा, घर, घरेलु उद्योगलगायतमा कार्य गरिरहेको पाइएका छन् ।
वीउमनपा–१५, मूर्लीमा रहेको मणिलाल डङ्गोलको सेकुवा पसलमा मात्रै ५ जना बालकहरू श्रम गरिरहेका छन् । उनीहरूमध्ये चारजना भारतीय छन् । भारतीय बालकहरू कसैको बुबा मदिरा सेवन गरी मृत्यु भएको र कसैको मदिरा सेवन गरी घरेलु हिंसा गरेको कारण होटलमा काम गर्न बाध्य भएको बताएका छन् । उनीहरूले आपूm कसैले पढाए पनि पढ्न नसक्ने र काम गर्न बाध्य पारिएको भन्दा पनि बाध्य भएको बताएका छन् ।
भारत, रामनगर निवासी १० वर्षीय अजयकुमार नुनियाले बुबा मदिरा सेवन गरी मरेको र दुई भाइ, दुई बहिनीको जिम्मेवारी आपूmमा आएकोले श्रम गर्नुको विकल्प नभएको बताए ।
यसैगरी वैरगनिया, गाँधीनगरका ९ वर्षीय आकाश पटेल र विकाश पटेलको बुबा पनि छैनन् । आमा र भाइबहिनीलाई हेर्नुपर्ने उनीहरूको जिम्मेवारी छ । त्यसैले काम गर्नुपर्ने बाध्यता रहेको उनीहरूले बताएका छन् ।
१२ वर्षीय मुकेश रामले दुई कक्ष्Fा पढेर छोडेको बताए । उनले पनि अध्ययन गर्न चासो देखाएका छैनन् । १२ वर्षीय राहुल नुनियाले बाबू मदिरा पिएर घरेलु हिंसा गरेको कारण आपूm काम गर्न बाध्य भएको बताएका छन् । डङ्गोलको सेकुवा पसलमा काम गर्ने ५ जनाले आपूmहरूले सकेको काम मात्र गराउने गरेको बताए । यसअघि काम गर्ने होटलमा यातना दिने गरेको उनीहरूले बताएका छन् । क्षमताभन्दा बढी काम गराउने र राति यातना दिने गरेको कारण पहिलो होटल छाडेर डङ्गोलको होटलमा आएको बताए । डङ्गोलले भने आपूmलाई आवश्यक भएको भन्दा पनि बढी बाल श्रमिकहरू राख्नुपर्ने बाध्यकारी अवस्था दर्शाए । साथीभाइहरूले टुहुरो भनेर होटलमा ल्याएर छोड्ने गरेको र आपूmले पनि नाइ भन्न नसकेको कारण होटलमा आवश्यकताभन्दा बढी बालश्रमिकहरू भएको बताए । उनीहरूको अवस्था हेरी भगाउन पनि नमिल्ने र राख्दा पनि समस्या भएको डङ्गोलको भनाइ छ ।
वीरगंज–४ मा बिर्ता स्वीट्समा पनि बालश्रमिकहरू कार्यरत छन् । बिर्ता स्वीट्का सञ्चालक मोती साह कानूले काम नदिए खान नपाउने अवस्था भएकोले उनीहरूको क्षमता अनुसार काममा लगाउन बाध्य भएको बताए ।