$type=ticker$count=12$cols=4$cate=0

आर्थिक विकास र महेन्द्रको राष्ट्रवाद

SHARE:

विश्वराज अधिकारी
    अत्यन्तै कुख्याती कमाएका युगान्डाका राष्ट्रपति मिल्टन ओबोटे देशभित्र अत्यन्तै अलोकप्रिय भएका थिए । सन् १९६२ मा प्रधानमन्त्री भएदेखि नै उनको महŒवाकाङ्क्षा बढेर गएको थियो । सत्ताको दुरुपयोग गर्न  थालेपछि भने उनको विरोध ह्वात्तै बढेर गयो । ओबोटेले सुनको तस्करी गरेको आरोपमा संसद्ले छानबिनको माग ग¥यो । छानबिनमा उपस्थित हुनुको साटो उनले संसद् नै विघटन गरिदिए । आपूmलाई
(सन् १९६६ मा) राष्ट्रपति घोषणा गरे । उनले आपूmलाई पूर्ण शक्तिसम्पन्न मात्र पारेनन्, युगान्डामा आपतकाल (भ्mभचनभलअथ) लागू पनि गरे । आप्mना धेरै विरोधीहरूलाई जेलमा बन्द गरे । ओबोटेको कुशासनको विरोध युगान्डाभरि हुन थाल्यो । हुन पनि पूर्ण शक्ति आप्mनो हातमा लिन उनले संविधान नै परिवर्तन गरिदिए । आपूmलाई राष्ट्रपति घोषणा गरे । सबै अधिकारहरू राष्ट्रपतिमा केन्द्रित गरेर शक्तिसाली अति बने ।
    तर ओबोटेको शक्तियात्राले निरन्तरता पाउन सकेन । सन् १९७१ मा कमनवेल्थको सम्मेलनमा भाग लिन उनी सिंगापुर गएको बेला उनकै विश्वासपात्र एवं सेना अधिकारी इदि अमिनले सैनिक विद्रोह (ऋयगउ) गरेर ओबोटेलाई सत्ताच्युत गरिदिए । इदि अमिन आफू राष्ट्रपति भए ।
    भनिन्छ इदि अमिनले शासन आप्mनो हातमा लिएको दिन वा ओबोटेको पतन भएको दिन युगान्डाको जनताले ठूलो हर्ष मनायो । नागरिकहरूले राजधानी कम्पाला तथा वरपरका दीपोत्सव गरेर त्यसरी नै दिपावली मनाए जसरी काठमाडौंमा २०४६ साल पञ्चायतको पतन भएपछि मनाइएको थियो । युगान्डावासीले सडकमा नाचगान गरे, खुशी साटासाट गरे । ओबोटेको पतन र अमिनको आगमनमा अति नै हर्षित भए ।
    मिल्टन ओबोटेको पतनपछि युगान्डावासीको खुशी अझै बढेर जानुपर्ने थियो किनभने उनीहरूले निरङ्कुश शासक (मिल्टन ओबोटे) बाट मुक्ति पाएका थिए । अर्कोतिर नयाँ राष्ट्रपति
(इदि अमिन) को स्वागत गर्ने मौका पाएका थिए । नयाँ राष्ट्रपतिमा निकै सम्भावनहरू देखेका थिए । तर इदि अमिनको सत्तारोहणसँगै जनताको निराशाको क्रम तीव्र गतिमा बढ्न शुरु भयो । अमिनले जनतालाई निराश मात्र पारेनन्, पीडित एवं भयभीत पनि पार्न थाले । अमिनले आप्mनो नौ वर्षे शासन
(सन् १९७१–१९७९) कालमा करिब ५ लाख युगान्डावासीको हत्या गरे । पाँच महिलासँग विवाह गरेका बहुस्त्रीगामी अमिनको ४३ सन्तान रहेको अनुमान गरिन्छ । इदि अमिनको ‘सिल्ली व्यवहार’ विश्वप्रसिद्ध छ ।
    अमिनभन्दा पहिलेका राष्ट्रपति ओबोटे निरङ्कुश मात्र थिए, इदि अमिन जस्तो सिल्ली, सनकी एवं विवेकशून्य थिएनन् । ओबोटेले सत्ताको दुरुपयोग मात्र गरे, नेपालमा पञ्चायतकालमा राजालगायत नेताहरूले सत्ताको दुरुपयोग गरेजस्तो । तर अमिनले आप्mनो शासन कालमा युगान्डालाई ‘जङ्गलराज’ नै बनाइदिए, जसरी अहिले प्रजातन्त्रवादी र गणतन्त्रवादी नेताहरूले नेपाललाई बनाइदिइका छन् । अमिनले आप्mनो विरोधीहरूको तत्काल, बिना कुनै न्यायिक सुनवाइ, हत्या गर्न लगाए । आपूmविरुद्ध षडयन्त्र गरेको आशङ्का गर्दै उनले एकपटक आप्mनी महिला निजी सचिवको हत्या गरेर उनको मुटु, कलेजो पकाउन लगाएर खाए रे १ अमिनका उत्पात र आतङ्कका अनेक कथा छन् । ती सबै यो सानो आलेखमा समावेश गर्न सकिंदैन । केही उदाहरणहरू मात्र हेरौ ।
    अमिनले धेरै किसिमका मान पदवी स्थापना र प्रदान गरेको घोषणा गरे । मानपदवीसहितका अनेक पदक र तक्माहरू आफैंले लिए । त्यसरी प्राप्त तक्माहरू कोटमा माथिबाट तलसम्म भिरेर हिंड्ने गर्थे, दादा इदि अमिन, नेपालका अहिलेका गणतन्त्रवादी नेतालहरूले नेपालको अस्मितालाई आँच पु¥याएर जथाभावी बोलेजस्तै ।
    इदि अमिन, एकपटक एउटा सानो होचो छाप्रोमा एउटा कुर्सी राखेर बसे अनि कम्पालामा रहेका विदेशी कूटनितिज्ञहरूलाई भेटन बोलाए । विदेशीहरू अग्लो र अमिन बसेको छाप्रो होंचो भएकोले भेट्न जाने सबैले उनीसँग हात मिलाउन छाप्रोभित्र पस्दा निहुरिनु पर्ने भयो । यस किसिमको दृश्यतिर देखाउँदै अमिनले आप्mना सहयोगीहरूलाई भने–“हेर, म कति विश्वप्रसिद्ध र ठूलो मान्छे हुँ, मसँग हात मिलाउन सबै मेरो अगाडि निहुरिरहेका छन् ।”
    इदि अमिनका यस्ता सिल्ली र त्रूmर कार्यबाट दिक्क भएका युगान्डावासीले उनीबाट मुक्ति पाउन निर्वाचनमा पुनः ओबोटको पार्टीलाई धेरै मत दिएर विजयी गराए ।
    पञ्चायती व्यवस्थालाई नेपाली जनताले २०४६ सालमा समाप्त पा¥यो । यो व्यवस्थाको समाप्तिको खुशीयालीमा देशभरि दिपावली मनायो । प्रजातन्त्रको आगमन र पञ्चायती व्यवस्थाको पतन भएकोमा जनता अत्यन्तै हर्षित थियो । तर जनताको त्यो हर्ष लामो समयसम्म रहन सकेन । शेरबहादुर देउवा सरकारको आकार र क्रियाकलाप तथा माओवादी सङ्घर्षसँगै, २०५२ सालदेखि जनताको हर्ष ओरालो लाग्न थाल्यो । अहिले स्थिति यस्तो भएको छ कि नेपालीहरूले राजा आऊ देश बचाऊ भन्न थालेका छन् । युगान्डामा इदि अमिनलाई सत्ताच्युत गर्न जनताले पुनः मिल्टन ओबोटेको दललाई विजयी गराएजस्तो गरी ।
    जनताको अनुभव र विश्लेषण अनुसार पञ्चायत वा राजतन्त्र हुँदा देशको अस्मिता दाउमा लगाउनेजस्तो घृणित कार्य भएको थिएन । राजाहरू जनतासँग डराउँथे । भ्रष्टाचार नियन्त्रण गर्थये । शक्ति केन्द्र केवल एक राजदरबार थियो । तर अहिले देश अनुशासनहीन भएको छ । नेताहरू आप्mनो स्वार्थका लागि देशको अस्मिता नै दाउमा लगाएर हिंडिरहेका छन् । सत्ता र शक्तिको लागि नेताहरू जस्तोसुकै कार्य गर्न तयार छन् । देशभित्र जहिले पनि कलह छ । कलह एकपछि अर्को जन्मिरहेको  छ । पहिले एउटा मात्र राजा दिए, अहिले नेपालमा थुप्रै राजाहरू छन् । केही राजाहरूले नेपाल टुक्र्याइदिन्छु भन्दै धम्की पनि दिइरहेका छन् ।
    तर नेपालका यी अनेक राजाहरूले पञ्चायत काल र राजाहरूको आलोचना गर्ने ‘नैतिक वजन’ गुमाइसकेका छन् । पञ्चायतकालभन्दा पनि स्वच्छ व्यवस्था यी गणतन्त्र एवं प्रजातन्त्रवादी नेताहरूले दिन सकेको भए यिनीहरूले आलोचना गर्ने ठाउँ’ हुन्थ्यो ।
    अहिलेका नेताहरूले राजा महेन्द्रलाई सत्तोसराप गरेको झनै उदेकलाग्दो छ । यी नेताहरूले आप्mनो र महेन्द्रको शासनकालको तुलना गरे हुन्छ । नेपालको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको एवं पूर्वका जनतालाई पश्चिमको जनतासँग जोडने महेन्द्र वा पूर्व–पश्चिम राजमार्गको निर्माण राजा महेन्द्रको पालामा नै भएको थियो । पथलैया, नारायणघाट, निजगढ, चन्द्रनिगाहपुर, लालबन्दी, ढल्केवर, लहानजस्ता नवनिर्मित बजारको विकासमा महेन्द्र राज मार्गले महŒवपूर्ण योगदान पु¥यायो । अहिलेको नयाँ पुस्ताहरूलाई थाहा छैन होला, सडकको अभावमा नेपालीहरू नेपालकै विभिन्न ठाउँमा जान भारतीय भूमि भएर जानु पथ्र्यो । उदाहरण, वीरगंजबाट गौर, मलङ्गवा, सिरहा, जनकपुर, विराटनगर जान रक्सौल हुँदै भारतीय रेल चढेर जानुपथ्र्यो । महेन्द्र राजमार्ग निर्माणपछि यो ससम्या समाधान भयो । वीरगंजको आर्थिक विकासमा महेन्द्रको ठूलो योगदान छ ।
    आर्थिक विकासको एउटा अर्को उदाहरण– मधेसका धेरै नेताहरूले राजा महेन्द्रलाई सत्तोसराप मात्र गर्दैनन्, ँमहेन्द्रीय राष्ट्रवाद भन्दै उनलाई मधेसको शत्रुको रूपमा चित्रित गर्छन् । केही नेताहरूले यस्तो गर्नु स्वाभाविक हो किनभने यस्तो गरेर मात्र उनीहरूले आप्mनो राजनीति चलाउन सक्छन् । हुन पनि केही गर्न नसक्नेले अरूको मात्र आलोचना गरेर राजनीति गर्छ । तर मधेसी जनताले यो पत्याउनु दुःखलाग्दो कुरा हो । यस तथ्यका केही उदाहरण ः महेन्द्रले मधेसको आर्थिक विकास गर्न जचुकाली, वीरगंज चीनी कारखाना, कृषि औजार कारखाना आदि स्थापना गरे । विभिन्न समुदायको बसोबास भएको क्षेत्रको द्रुततर गतिमा आर्थिक विकास हुन्छ भन्ने ‘अमेरकी आर्थिक मोडेल’ प्रयोग गर्दै मधेसको आर्थिक विकास गर्न  विभिन्न जातजाति एवं समुदायहरूको बसोबास गराए । अहिलेको पुस्तालाई थाहा नहुन सक्छ, आजभन्दा पचाससाठी वर्ष पहिले मधेसमा हैजा, मलेरिया लागेर बस्न सक्ने स्थिति थिएन । तर यस क्षेत्रमा ँमलेरिया उन्मूलन कार्य महेन्द्रको पालामा नै भएको हो । जमिन्दार वा बढी जग्गा हुनेहरूबाट जमिन लिएर गरिब परिवारमा बाड्न एवं तराईमा आधुनिक भूमि व्यवस्थापन गरेर कृषि उत्पादन बढाउन महेन्द्रले नै २०२१ सालमा ‘भूमि सुधार’ लागू गरे ।
    नेपालको आर्थिक एवं राजनैतिक विकास यो मुलुक असंलग्न रहनुमा नै छ, यो मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रता असंलग्नताबाट नै जोगाउन सकिन्छ भनेर महेन्द्रले असंलग्न अभियान (ल्यल(ब्ष्निलभम ःयखझभलत) मा सक्रिय भाग लिए । असंलग्न अभियानको स्थापना सन् १९६१ मा बेलग्रेडमा जवाहरलाल नेहरू, सुकार्नो, गमाल अब्देल नासेर, वामे क्रमाह र जोसिप ब्रोज टिटो को अगुवाइमा भए तापनि उनीहरूको नाम बढी चर्चामा आए तापनि, यो अभियानको स्थापना र विकासमा महेन्द्रले निकै महŒवपूर्ण योगदान पु¥याएका थिए । महेन्द्रले यो अभियानमा भाग नलिएर, नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा परिचित नगराएको भए, भारतले नेपाललाई उहिले सिक्किम बनाइसक्थ्यो । अहिलेका नेताहरूको व्यवहारले गर्दा भारतले नेपाललाई भुटान त बनाइ नै सकेको छ ।  नेपाल र खासगरी तराईको आर्थिक विकासमा महेन्द्रको यति ठूलो योगदान हुँदाहुँदै पनि केही नेताहरूले ‘महेन्द्रीय राष्ट्रवाद’ भन्दै यिनको सत्तोसराप गर्छन् । तर यी नेताहरूले बुझ्नुपर्ने हो, राजा महेन्द्रले नेपालको सार्वभौमसत्ता नजोगाएको भए, नेपाल भारतमा सिक्किमजस्तो विलय भएको भए, राजा महेन्द्रको आलोचना त के, नेपाली हुँ भन्न पाउने अवसरबाट पनि वञ्चित हुने थिए । २०१७ सालमा महेन्द्रले गरेको कार्य निश्चय पनि अशोभनीय एवं दुःखद थियो । तर त्यस्तो समय आउनुमा तत्कालीन राजनीतिको पनि दोष थियो, जस्तो कि अहिलेको राजनीतिबाट दिक्क भएर जनताले राजा आऊ देश बचाऊ भन्ने स्थिति आएको छ ।
    राजनीतिमा को कति कम तानाशाह र निरङ्कुश छ भनी हेर्न तुलना गरिन्छ, इदि अमिनको मिल्टन ओबोटेसँग । नेपालको सन्दर्भमा को इमानदार राष्ट्रवादी देखियो भनी प्रजातन्त्रवादी, गणतन्त्रवादीहरूको तुलना महेन्द्र वा पञ्चायती व्यवस्थासँग गरिनुपर्छ ।
    मधेसको आर्थिक विकासमा महेन्द्रको राष्ट्रवादले महŒवपूर्ण भूमिका खेलेको तथ्य अस्वीकार गर्नु राजनीतिक पूर्वाग्रह मात्र हुनेछ ।
दचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : आर्थिक विकास र महेन्द्रको राष्ट्रवाद
आर्थिक विकास र महेन्द्रको राष्ट्रवाद
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEioejkI6rSJGc4j47kOMonH8KRlNJuHDo24vL1RiIXwl-g8O7DRofv6euzRH9LgHWNkAWDHtUbll_Fy0T3XIhpuGiIGJGbrtENrsUhBotOvjqXXcyeLC7JnPeADHcirRPnIdxINO-R9Yh4/s200/bishwaraj+adhikari.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEioejkI6rSJGc4j47kOMonH8KRlNJuHDo24vL1RiIXwl-g8O7DRofv6euzRH9LgHWNkAWDHtUbll_Fy0T3XIhpuGiIGJGbrtENrsUhBotOvjqXXcyeLC7JnPeADHcirRPnIdxINO-R9Yh4/s72-c/bishwaraj+adhikari.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/12/blog-post_785.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/12/blog-post_785.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy