ई. गोपाल श्रेष्ठ
घर भित्र, कार्यस्थलमा, राष्ट्रमा अनि धर्तीमा नै साना–ठूला समस्याहरू देखा परिरहन्छन् । कुनैकुनै समस्याको प्रकृति त यस्तो हुन्छ कि समाधान नगरी धरै पाइँदैन । समस्या साँच्चीकै समस्या हो कि होइन भनी यकिन गर्न हामीले समस्याको स्रोतको खोजीनीति गर्नु नै पर्छ । अनि यसलाई सम्बोधन गरिएन भने यसको नकारात्मक प्रभाव के कति पर्छ प्रक्षेपण गर्नु नै पर्छ । प्रभाव नै पर्दैन ( परे पनि ढाड नै भाँच्ने प्रकारको छैन भने आत्तिइहाल्नुपर्ने स्थिति पनि सिर्जना हुँदैन । तर साँच्ची नै समस्या गम्भीर प्रकृतिको छ र यसको बलियो प्रभाव पर्दैछ भने हामीहरूले यसलाई सम्बोधन गर्नु नै पर्छ ।
यस्तै गम्भीर प्रकृतिको समस्या समाधान गर्न हामीलाई हाम्रो मात्र बुद्धि–विवेकले भ्याउँदैन र हामीले अरूको बुद्धि–विवेकको पनि सहारा खोज्नुपर्ने स्थिति आउँछ । सकभर यस्तो समस्या समाधान नगर्दा कसलाई असर पर्छ, यस्तो व्यक्ति पत्ता लगाई उनीहरूको समूह तयार गर्नुपर्छ । समूहमा सानो–ठूलो, उच्च ओहदाको, सानो ओहदाको, कम उमेरको, धेरै उमेरको, महिला–पुरुष जोसुकै पनि हुन सक्छन् । तर यसमा एउटा महŒवपूर्ण कुरा के छ भने यसमा उमेरको, ओहदाको, लिङ्गको विभेद हुनुहुँदैन । साथै समस्या समाधान गर्न आएको विचार/आइडियाको खण्डन गर्न पनि पाइँदैन । आइडियाको क्वालिटीभन्दा पनि सङ्ख्यालाई मान्यता दिइने हुँदा समूहको सदस्यहरूबाट धेरैभन्दा धेरै आइडिया सङ्कलन गर्ने प्रयास गरिन्छ । यसरी कुनै एउटा खास समस्यासँग सरोकार भएका सबै एउटै थलोमा बसी समस्या समाधान गर्न अधिकतम ‘आइडिया जेनेरेट’ गरी/ गर्न लगाई सङ्कलन गर्नु नै ‘ब्रेनस्टर्मिङ’ हो ।
ब्रेनस्टर्मिङमा सहजकर्ता/ फेसिलिटेटरको गहन भूमिका हुन्छ । दक्ष सहजकर्ताले उपयुक्त प्रश्न डिजाइन गर्न सक्छ, समूहका सदस्यहरूमा जिज्ञासा तथा कौतूहलता सिर्जना गर्न सक्छ, सहभागितामूलक स्वस्थ तथा सिर्जनशील वातावरण सिर्जना गर्न सक्छ र छोटो समयमा अधिकतम ‘आइडिया’ सङ्कलन गर्न सक्छ । ‘आइडिया’ सङ्कलन गरिसके पछि ‘ब्रेनस्टर्मिङ’ को अर्को चरण हो– सङ्कलित आइडियाको वर्गीकरण र मूल्याङ्कन । समस्या समाधानार्थ प्राप्त ‘आइडिया’ को वर्गीकरण तथा मूल्याङ्कन गर्दै जाँदा ‘क्वालिटी आइडिया’ स्वतः सतहमा देखा पर्छ र सेसनको सहजकर्तालाई निर्णयको लागि प्रस्ताव तयार गर्न सहज हुन जान्छ । बढीभन्दा बढी ‘आइडिया’ सङ्कलन गर्न मौखिक सेसनपछि त्यसलाई दस्तावेर्जकरण/ डकुमेन्टेशन गरेर छुटपुट ‘आइडिया’ को लागि पुनः ‘ब्रेनस्टर्मिङ सेसन’ का लागि प्रत्येक सदस्यलाई पठाउन सकिन्छ ।
जटिल समस्या समाधान गर्न ‘ब्रेनस्टर्मिङ’ एउटा भरपर्दो व्यवस्थापकीय उपकरण साबित भएको छ । एलेक्स असबर्नले सन् १९५३ मा ‘एप्लाइड इम्याजिनेशन’ नामक आप्mनो प्रकाशित कृतिमा ‘ब्रेनस्टर्मिङ’ को अवधारणा प्रस्तुत गरेका थिए । त्यसपछिको अनुसन्धानकर्ताहरूले यो अवधारणालाई परिष्कृत तथा परिमार्जित गर्दै लगेका छन् । यो अवधारणा प्रयोगमा ल्याई सम्पूर्ण विश्व नै लाभान्वित भएको छ । जटिल समस्या कुन क्षेत्रमा छैन ? कहाँ छैन ? त्यसैले यो अवधारणा किन प्रयोगमा नल्याउने ? जटिल समस्या समाधान गर्न सबै उपाय प्रयोग गरी सक्दा पनि समाधान भएन भने अन्ततोगत्वा जानेर/नजानेर धेरैले यो अवधारणा प्रयोग गरेको देखिन्छ । यो अवधारणा प्रयोगमा ल्याउन खासै खर्च पनि लाग्दैन । साथै यसले ‘समूहगत विवेक’ लाई महŒव दिएकोले सबैले समस्याको अपनत्व/ स्वामित्व पनि ग्रहण गर्छन् । यो अवधारणाको मिसन नै धेरैभन्दा धेरै ‘आइडिया’ सङ्कलन गर्नु हो । धेरैबाट केही छनोट गर्दा अवश्य पनि छनोट भएका ‘आइडिया’ क्वालिटीको नै हुन जान्छ । प्राप्त ‘आइडिया’ उपर टीका–टिप्पणी, छल–कपट, राम्रो–नराम्रो केही गर्न/भन्न नपाएपछि ‘आइडिया’ को सङ्ख्या अवश्य पनि बढ्छ । कथम्कदाचित, नपत्याउने साधारण सदस्य बाट प्राप्त ‘आइडिया’ ले काम ग¥यो भने उसको मनोबल तथा हौसलाले गगन चुम्न पनि सक्छ । ‘ब्रेनस्टर्मिङ’ एउटा न्यून लागत पर्ने तर अधिकतम लाभ हुने ‘मेनेजमेन्ट टुल’ हो । यसको प्रयोग गरी लाभान्वित हुनु नै पर्छ ।