प्रस, वीरगंज, १६ पुस/
पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.३ भौराटार—गम्हरियाको पूmलकौलमा ज्योति विकास क्लबको आयोजनामा रक्तदान, तालिम र सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सांसद रामचन्द्र साहले क्षेत्र नं ३ को विविधीकरण तथा क्षेत्रीय विकास निर्माणलगायत सामाजिक क्षेत्रका विकासमा आपूmले काम गरेको दाबी गरे । उनले सो क्षेत्रमा विकास कार्यक्रमलाई निरन्तरता दिंदैं जाने प्रतिबद्धता पनि जाहेर गरे । एमालेले पार्टीका तर्फबाट विजयी सांसदहरूले पर्सामा जनतासँग प्रत्यक्ष सरोकार हुने विकासका काममा तदारुकता देखाउँदै आएको कारण आकर्षण बढेको दाबी पनि गरे । पूmलकौलमा आज सम्पन्न रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरले बताए ।
प्रदीप रौनियार, धीरज ठाकुर, गम्भीरा साह, सत्येन्द्र पटेल, अङ्कित चौरसिया, जुगेश साह, दिलीप गुप्ता, शंभु यादव, वासुदेव यादवलगायतले रक्तदान गरेको प्रमुख मानन्धरले बताए । यसैगरी आज सोही स्थानमा ज्योति विकास क्लबको आयोजनामा महिलाहरूको लागि ६ महिने सिलाइकटाइ तालिम पनि शुभारम्भ गरिएको छ । तालिमको सांसद रामचन्द्र साह र राजकुमार गुप्ताले संयुक्तरूपमा उद्घाटन गरेका थिए । यसैगरी गाविसमा आयोजित एक अर्काे कार्यक्रममा २० जनालाई कम्बल, धोती र गम्छा वितरण गरिएको थियो । सांसदद्धयले स्थानीय १५ जना वयोवृद्धलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रम रामायोध्या यादवको अध्यक्षतामा भएको र किशोरी कुशवाहा, ध्रुव कुशवाहा, ध्रुव साह, अशोक गुप्ता, श्याम गुप्ता, अशोक गुप्तालगायतको सहभागिता थियो ।