प्रस, वीरगंज, १६ पुस/
मिसन नेपालका संरक्षक पूर्व प्रधानसेनापति रूक्माङ्गत कटवालले सबै नागरिकलाई नेपाली भएर आप्mनो जिम्मेवारी निभाउन आग्रह गरे ।
वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुक अहिले राजनीति, आर्थिक, धार्मिक, सांस्कृतिक सङ्कटमा फसेकाले आम नेपालीले आआप्mनो ठाउँबाट सच्चा नागरिकको भूमिका निर्वाह नगरे मुलुकको अस्तित्व नरहने बताए ।
पत्रकार सम्मेलनमा कटवालले मिसन नेपाल कुनै पार्टी नभई एक सामाजिक संस्था भएकोले यसमार्पmत् आपूm देशका विभिन्न ठाउँमा पुगी नेपालीहरूलाई नेपाल बचाउन आग्रह गरिरहेको बताए ।
नेपाल अहिले भ्रष्टाचारीहरूको हातमा फसेकाले राजनीतिक दलहरूलाई इमानदार बनाउन जरुरी रहेको टिप्पणी गरे । उनले झोले, खोले र नबोल्ने व्यक्तिको हातमा मुलुक फसेकाले निकास दिलाउन सबै नागरिक आआप्mनो ठाउँबाट एक कदम अगाडि बढ्न आग्रह गरे ।
उनले च्याउजस्तै नेपालमा उम्रेका दलहरूले भागबन्डाको राजनीति शुरू गरेकाले उनीहरूलाई तह लगाउन निर्वाचनमा १० प्रतिशत थ्रेसहोल्ड हुनुपर्नेमा जोड दिए । अस्तित्व नभएका दलहरूले बिनाकारण मुलुकलाई बर्बाद गरिरहेको उनले बताए ।
सञ्चारकर्मीले सोधेका प्रश्नको उत्तर दिंदै कटवालले राजतन्त्र आउँछ वा आउँदैन भन्नेबारे आपूmले केही नसोचेको बताए ।
कार्यक्रमको सञ्चालन मिसन नेपालका क्ष्Fेत्रीय प्रतिनिधि प्रदीप चौरसियाले गरेका थिए ।