वीरगंजको ट्राफिक व्यवस्थामा सुधार हुन सकेन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक व्यवस्थापनका लागि वार्षिक कार्यक्रमहरूको क्यालेन्डर बनाएर काम नगरेको कारण सुधार हुन सकेको छैन् । वीरगंज शहर, मितेरीपुलदेखी गण्डकचोकसम्म करिब सात किलोमिटरको क्षेत्रफलमा फैलिएको छ । देशको मुख्य प्रवेशद्वार भएको कारण वीरगंज भन्सार कार्यालयबाट आउने दैनिक सयौं सवारीसाधनहरू यो शहरको बाटो भएर देशका विभिन्न भागहरूमा पुग्छन ।
भन्सारबाट बाहिरिने सवारीका साधनहरूको लागि रजतजयन्तीचोकबाट बाईपास सडक हुँदै गण्डकचोक निस्कने हुँदा शहरको ट्राफिक व्यवस्थामा यसको असर कम पर्ने गरेको छ । भन्सारबाट शहरतर्फ आउने सवारीका साधनहरूलाई तोकिएको समयमा मेनरोडको बाटो उपलब्ध गराईएको छ । रजतजयन्तीचोकमा ट्राफिक प्रहरीको ड्युटी छ । तर तोकिएको समय बाहेक त्याहाँबाट सवारीका साधनहरू भित्रिन्छन भने ड्युटी गर्ने प्रहरीलाई कारबाई गर्ने परिपाटी नभएकोले यो समस्या अहिलेसम्म विद्यमान छ । टाङ्गा, टेम्पोका लागि मेनरोड बाहेक इनरबाईपास र बाईपास सडकको व्यवस्था गरिएको छ । शहरमा सबैभन्दा बढी ट्राफिक समस्या भनेको घण्टाघरदेखी अस्पतालसम्मको मेनरोडको क्षेत्र हो भने त्यसपछि आदर्शनगरचोक । बिदाको दिन बाहेक यी क्षेत्रमा ट्राफिक समस्या अत्यधिक हुन्छ । मेनरोडमा एकतर्फि बाइकहरूको पार्किङ्ग गर्नुपर्ने बाध्यताले अलखियामठदेखी माइस्थानसम्मको क्षेत्रमा मेनरोड एकतर्फी गरिएपनि समस्या समाधान भएको छैन । त्याहाँ कार्यालय, बैंक, व्यापारिक प्रतिष्ठानहरूको पार्किङ व्यवस्था नभएको कारण सो क्षेत्रमा ट्राफिक समस्या हुने गरेको छ । कुनै बेला राजनीतिक दलका लागि भाषण गर्ने थलो भएको माईस्थानमा अहिले पार्क निर्माणपछि र दलहरूको भाषण गर्ने थलो घण्टाघर भएको छ र माईस्थानको जाम घण्टाघरमा रूपान्तरण भएको छ । वीउमनपाकाले निर्धारित समयको लागि अस्थायी बजार हटाउन नसकेको बिपी उद्यानमा एकपछि अर्काे व्यावसायले आप्mनो कब्जा जमाउँदै गएको कारण सो क्षेत्रमा ट्राफिक समस्या झनै विकराल बन्दै गएको देखिन्छ । अस्थायी तरकारी बजार राख्दा पर्याप्त जग्गा भएर पनि मेनरोडसँग जोडिएर राखिएकोले बजार एरियामा अध्यधिक भीडभाडले ट्राफिक समस्या भएको छ । अहिले त्याहाँ टाङ्गा, रिक्सा, टेम्पो, सिटीराइड, ग्रामीण क्षेत्रमा सञ्चालित बस र रात्रीकालिन सेवाका बसहरूको अघोषित स्टेन्ड बनाएर बसेकाले झनै समस्या बिकराल भएको हो ।
यी सबै समस्याहरू एकतर्फ छ भने बसपार्कको ट्राफिक समस्या अर्काेतर्फ छ । बसपार्कलाई अहिले आधुनिक रूपले विकसित गरिदैंछ । यसअघि बसपार्कमा राखिनुपर्ने बसहरू बाहिर राख्ने अनि सडकमा जथाभावी रोकिने प्रचलनले ट्राफिक समस्याले निरन्तरता पाउँदै आएको हो । बसपार्कमा अटाउन्जेलसम्मको सबै बससेवाहरू सञ्चालन हुन सकेको छैन । जबकि बसपार्क आजसम्म खालि अवस्थामा थियो । ग्रामिण क्षेत्रमा सञ्चालित बस, कलैया अनि लग्जीरियस रात्रीकालिन तथा सिटी राइड बसले बसपार्कको मुख हेर्न पाएका छैनन् भने पनि हुन्छ । ट्राफिकमा जो आएपनि शहरको समस्याहरूको पहिचान गरेर दैनिक रुपमा गर्ने नियमित काम बाहेक साप्ताहिक, अर्धसाप्ताहिक, मासिक रूपमा गर्ने कामहरूको तथ्याङ्क बनाएर काम गर्ने हो भने समस्या आगामी केहि महिनामा निदान हुनसक्छ ।