–कुमार रुपाखेती
भारतमा विहार सरकारले विहारमा शराबबन्दी गर्दा सीमा क्षेत्रका रक्सीपसलहरूको बल्लेबल्ले थियो । झमक्क सा“झ पर्नुअगावै सीमा क्ष्ँेत्रका दरुवा विहारीहरू नेपाली मदिरालयहरूमा ठेलमठेल जम्मा हुन्थे । तर अचेल हाम्रा मदिरालयहरूमा पुनः सुक्खा लागेको छ । भारत सरकारले भारु ५ सय र १ हजारको नोट बन्द गरिदियो । मदिरालयमा लाइन लाग्ने बिचरा विहारीहरू अचेल त्यहा“का बैंकको लाइनमा खडा देखिन्छन् । बरु नेपालमा जतासुकै रक्सी पाउन सजिलो छ तर भारतमा बैंकमा रहेको आप्mनो पैसा झिक्न हम्मेहम्मे पर्छ । दिनरात लाइनमा बसी पाएको थोरै पैसा पनि दैनिक उपभोग्य वस्तुमा खर्च गर्नुपर्ने हुन्छ, अनि बिचारहरूले कसरी नेपाली मदिरालयलाई गुलजार पारुन् । तसर्थ नेपाली मदिरा सञ्चालकहरूको आग्रह छ, बरु भारतमा शराबबन्दी कायम राख, नया“ रुपैया“को आपूर्ति सहज गर ताकि भारतीय मदिराप्रेमीहरू ‘यह शाम तेरे नाम’ भन्दै सीमा पार आऊन् ।
गरीब प्रधानमन्त्री
सर्वहारा नेता प्रचण्ड आखिरकार बिचरा सुशील कोइरालाभन्दा पनि क·ाल रहेछन् । प्रचण्डलाई हरिक·ाल त भन्न मिल्दैन, तर पनि उनी गरिबीको रेखामुनि रहेछन् । कर्णालीवासी भएको भए मरणहरणमा बीस किलो चामलको हकदार रहेछन् । बिचराको तीन तोला सुन र भीर, पाखा, काठमा १ कट्ठा जग्गा मात्र रहेछ । यस्तो दीनहीन मान्छेलाई प्रधानमन्त्रीमा पाउनु नेपाली मात्रको अहोभाग्य हो । एकताका राजा वीरेन्द्रलाई भारतीयहरू गरीब देशका धनी राजा भन्थे । प्रचण्डलाई अब धनी देशको गरीब प्रधानमन्त्री किन्न नभन्ने ?
यो बेग्लै कुरा हो कि उनको रहनसहन, लवाइखवाइ र पारिवारिक वातावरण खर्बपति जस्तै छ । शायद ऋण काढेर घ्यू पिउने बानी होला उनको । तर कोही कोही भन्छन्– हात्तीको खाने र देखाउने दा“त अलगअलग हुन्छ रे । यस्तो कुरो त मलाई थाहा भएन तर चुरो कुरो के हो भने कम्युनिस्टहरू अब्बल दर्जाको भूmटो बोल्न सक्छन् । बा¥ह वर्षे जनयुद्ध लडेको धक्कू लगाउनेहरूले सफेद भूmट बोल्नु ‘भूmट बोले कौवा काटे’ जस्तै हो ।
देश टुत्र्mयाइ दिन्छौं
नेपालमा जुन थालमा खायो, त्यही थालमा प्वाल पार्ने राजनीतिक परिपाटी परापूर्वकालदेखि चल्दै आएको छ । अलि तलमाथि प¥यो कि आपैंmले हुर्काएको, जन्माएको पार्टी टुत्र्mयाउने, विभाजन गर्ने चलन २०४६ सालदेखि नै सुपरहिट छ । यसरी झिनामसिना कुराले सजिलै सानो पार्टी बनाउनेहरूलाई धेरैले टुटपु“जिया नेता भन्दा रहेछन् ।
धन बढेको राम्रँे तर मन बढेको नराम्रो भन्ने उखान नै छ । अचेल पार्टी टुत्र्mयाउनेहरूको मन यति बढी सक्यो कि बमसुराहा केटाकेटीले आप्mनो मनमाफिकको नहु“दा जथाभावी बोलेभैंm फलानो फलानो थोक भएन भने देश टुक्र्याइ दिन्छौं भन्न समेत लाज मान्दैनन् । यो देश बकम्फुसे कुरा गर्ने यस्ता अर्धपागलहरूको बपौती हो र ? के यो देशमा आम जनताको कुनै जिम्मेवारी र दायित्व छैन । छाडा हुनुको पनि कुनै सीमा हुन्छ । देश टुत्र्mयाउ“छौं भन्नेहरूलाई लोप्पा खुवाउ“दै किन कसैले भन्न सक्दैन– “देश टुक्राउनु तिम्रो बुताको कुरा होइन, कमिला भएर हात्तीभैंm कुरा न गर, चित्त बुझेको छैन भने अर्कै देशमा जाऊ, विदेश पलायन भइदेऊ ।” रोजगार नपाएर दिनहु“ लाखौं युवाहरू विदेश पलायन हुन्छन्, अनि जे पायो त्यही बोल्ने यस्तो ‘डेट एक्सपायर’ औषधि जस्तालाई विदेशले पनि ‘काम न काजका दुश्मन अनाज’का ठानेर शरण पनि दिंदैन होला । त्यसैले, बिचराहरू जे पायो त्यही बर्बराइरहन्छन् । ‘काग कराउ“दै छ, पिना सुक्दैछ’ भनेको शायद यही हो । राजनीतिक दल टुत्र्mयाएको जस्तो छैन मुलुक टुत्र्mयाउन भन्ने हेक्का सबैमा जरुरी छ ।
चैत नलाग्दै
उहिले उहिले चैत महिनामा पार्टी प्रवेश कार्यक्रम हुन्थे । अचेल पाटी प्रवेश कार्यक्रम सदाबहार भएको छ । बिचरी रेखा थापालाई नै हेर्नुस् न मङ्सिरमा बिहे गर्नुपर्ने बेलामा राप्रपामा छिरिन् ।
एकताका ‘परे बन्दुक बोक्छु’ भन्दै प्रचण्डस“ग छमछमी नाच्दै माओवादी बनेकी उनी अचेल कमल थापास“ग का“धमा का“ध मिलाउन पुगेकी छन् । अचेल कमल थापाको कार्यक्रमहरूमा निकै भीड पनि हुन थालेको छ, किनकि बहुचर्चित रेखा थापा त्यहा“ जो छिन् । राप्रपा अचेल कलाकारप्रेमी पार्टी बनेको छ । अब रेखा थापापछि चर्चित गायिका कोमल वली पनि राप्रपासित लहसिन थालेकी छन् । भनिन्छ, राप्रपाको झापामा हुने सभामा स्टेज तताउने कोमल वलीको गर्मजोशीवाला गीत र रेखा थापाको छमछमी पाउजु बजाउने तयारी भइरहेको छ । रेखा र कोमलहरू राप्रपामा प्रवेश गर्ने भएपछि ठूलै युवाजमात बेमौसमीरूपमा भएपनि राप्रपामा प्रवेश गर्ने तयारीमा छन् रे । पार्टी प्रवेशमा अब चैत कुर्नु नपर्ने भएको छ । भनिन्छ, रेखाले माओवादी त्यागेपछि रेखा थापाको पछि लागेर माओवादी बनेका युवाहरू हतास र निराश छन् । अब भविष्यमा नेताको मुख र पार्टीको सिद्धान्त मन परेर नभई हिरोइनहरूको प्रभावमा परेर बेमौसमी र प्रभावकारी पार्टी प्रवेश कार्यक्रम हुने देखिन्छ ।