प्रस, वीरगंज, १६ पुस/
नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले स्थानीय निकायको चुनाव तत्काल गराउनुपर्नेमा जोड दिएका छन् ।
वर्तमान सरकारले चुनावलाई पहिलोे प्राथमिकतामा राखी गृहकार्य शुरू गरिसकेको उनले बताए ।
४१औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा वीरगंजमा वीपी आश्रमको भवन शिलान्याश गर्न आएका महामन्त्री कोइरालाले संविधान संशोधन सरकारको दोस्रो प्राथमिकतामा रहेको भन्दै कथंकदाचित संविधान संशोधन प्रस्ताव पास हुन नसके चुनाव गराएरै छाड्ने बताए ।
नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले नेपाली काङ्ग्रेस अहिले संविधान संशोधनसँगै स्थानीय निकायको चुनाव गराउने पक्षमा रहेको प्रस्ट्याएका थिए ।
मधेसको समस्यालाई मध्यनजर गरेर नै संसद्मा सत्तारूढ दलहरूले संविधान संशोधन प्रस्ताव पेस गरेको भन्दै महामन्त्री कोइरालाले संविधान संशोधन गरेर मधेसी दललाई पनि स्थानीय निकायको चुनावमा सहभागी गराउने नेकाको सोच रहेको बताए ।
उनले तीनवटै तहको निर्वाचन गराएपछि मात्रै संविधान कार्यान्वयन हुने भएकाले सरकार र सत्तारूढ दलहरूले चुनावलाई प्राथमिकतामा राखी अगाडि बढिरहेको बताए ।
यसअघि, महामन्त्री कोइरालाले वीपी चिन्तन प्रतिष्ठानले वीरगंज–१३ अशोकवाटिकामा वीपी आश्रम सञ्चालन गर्ने हेतुले भवनको शिलान्याश गरेका थिए ।
नेपाली काङ्ग्रेस पर्साका नेता राजकृष्ण अमात्यले अशोकवाटिकामा उपलब्ध गराएको जग्गामा वीपी आश्रमको भवन निर्माण हुनेछ ।
वीपी आश्रमका संयोजक राजकृष्ण अमात्यको अध्यक्षतामा भएको शिलान्याश कार्यक्रमको सञ्चालन वीपी चिन्तन प्रतिष्ठान पर्साका अध्यक्ष फजिल अहमदले गरेका थिए ।