प्रस, गरुडा, १५ पुस/
सर्लाही र रौतहटको सिमा, नदीको रूपमा परिचित बागमती नदीमा पायक पर्ने ठाउँमा पुल नबन्दा ओहोरदोहोर गर्न निकै समस्या देखिएको छ । दुबै जिल्लालाई नदीले छुट्याएको र नदीको धार निकै ठूलो भएको कारण पुलको अभावमा सवारीसाधनलाई डुङ्गामा पार गराउनु पर्ने बाध्याता रहेको छ । पूर्व–पश्चिम राजमार्गको कर्मैयामा रहेको पुलभन्दा दक्षिणतिर करिब पचास किलोमिटर भारतमा मात्र पुल भएकोले एक जिल्लाबासी अर्को जिल्लामा जानुपर्दा निकै टाढा भएर यात्रा गर्नुपर्ने अन्यथा डुङ्गामा सवारीसाधनलाई चढाएर नदी पार गराउनु पर्ने देखिएको छ । हिउँदमा नदीमा पानीको बहाव कम भए पनि पानीमा रहेको बालुवामा गाडी भासिने भएकोले डुङ्गामा गाडी पार गराउनु बाध्यता भएको सर्लाहीका पत्रकार शिवकिशोर सिंहको भनाइ छ ।
नदीको करिब चार किलोमिटर चौडा रहेको तथा सरदर करिब तीन सय मिटर चौडाईमा पानीको बहाव रहने गरेकोले सवारी साधनलाई पार गराउन डुङ्गा नै सबैभन्दा सजिलो साधन भएको छ । स्थल मार्गका सवारीसाधनलाई खोलापारि पु¥याउन सजिलो र परम्परागत विकल्प डुङ्गा भएको समनपुरका गाविसका लेखा अधिकृत कामेश्वर सहनीको भनाइ छ । सर्लाही र रौतहटलाई जोड्न बागमती नदीको तीन ठाउँमा एकसाथ पुल निर्माणाधीन रहेकाले अबको एक वर्षमा डुङ्गामा गाडी पार गराउनुपर्ने बाध्यता सदाका लागि समाप्त हुने लेखा अधिकृत सहनीको विश्वास छ ।