प्रस, वीरगंज, १५ पुस/
पुष १० गते दिउसो वीरगज कारागारमा भएको चक्कु प्रहारको घटना संलग्न रहेको भन्दै आठ जना कैदीबन्दीहरूलाई केन्द्रिय कारागार नख्खुमा पठाइएको कारागार व्यवस्थान पर्साले जनाएको छ ।
वीरगंज कारागारमा रहेका विकास सिंह, विनय सिंह , चन्देश्वर सिंह,, मोहन सहनीलगायत आठ जना कैदीहरूलाई कारागार सरुवा गरेको वीरगज कारागारका प्रमुख क्रपानी गौतमले जनकारी गराएका छन् ।
केन्द्रिय कारागार नख्खु काठमाडांैमा पठाएको गौतमले बताए ।
गौतमका अनुसार असोज महिनामा झापा झम्मका कारागारबाट सरुवा भई वीरगंज कारागारमा आएका रौतहट पिपरीया निवासी पनिलाल पडितले १० गते आइतवार क्रिमसको अवसरमा भोज भतेर गर्ने क्रममा कैदीहरूबीच भएको विवादमा घडीअर्वा घर भएका कैदी राजन बानिया सहित आठ जना कैदीहरूलाई छुरा प्रहार गरि घाइते बनाएका थिए । पण्डितको मासु काट्ने चाकुको प्रहारबाट गम्भिर घाइते भएका बानियाको अहिले काठमाडांैको वीर अस्पतालमा उपचार भइरहेको छ ।
कारागारमा अशान्ति मच्चाउन र अप्रिय घटना गराउने योजनाका साथ पडितलाई उक्साएर चक्कु प्रहार गर्न लगाएकोले आठ जना कैदीहरूलाई नख्खु कारागारमा पठाइएको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जनकारी गराएका छन । चक्कु प्रहार गर्ने पडितलाई भने वीरगंज कारागारकै छुट्टै कोठामा राखेर कार्यवाहीको प्रक्रिया अगाडि बढाइएको वीरगंज कारागारका जेलर गौतमले बताए ।