प्रहरी उपरीक्षक गोविन्दकुमार साहलाई सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी चौकी नजिकै लुकाइछिपाई राखेको २५ थान बराबर १५० क्यूफिट काठ बरामद गरेको छ ।
शुक्रवार राति प्रहरीले सो काठ बरामद गरेको प्रउ साहले जानकारी गराए । काठ तस्करीमा प्रहरीको संलग्नता देखिएको कारण केही इन्चार्जलाई सरूवा पनि गर्ने उनले बताए । वन सुरक्षाको लागि खट्ने सशस्त्र वन रक्षकलाई पनि कारबाई गर्ने उनले बताए
प्रमोद यादव, रङ्गपुर, १५ पुस/ जिल्ला प्रहरी कार्यालय पर्साको आयोजना तथा इप्रका एकटाङ्गाको सहजीकरणमा एकदिने अन्तत्र्रिmया कार्यक्रम आज सम्पन्न भएको छ ।
अन्तत्र्रिmयामा बोल्दै सहभागीहरूले जङ्गल नजिक रहेका गाविसहरूबाट व्यापक मात्रामा काठ तस्करी हुने गरेको बताए । वन सुरक्षाको लागि रहेका सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र वन रक्षक रहेतापनि मिलोमतोमा काठ, गाँजा, तथा अवैध रक्सी भट्टी सञ्चालनमा रोक नलागेप्रति दुःख व्यक्त गरेका थिए । हरपुरका स्थानीय किशुन देव यादवका अनुसार बिरूवागुठी गाविसको घरघरमा अवैध रक्सीभट्टी सञ्चालन रहेको र सो रक्सी वीरगंजसम्म पुग्ने गरेको बताए । अवैध रक्सी भट्टीको कारण दैनिकरूपमा मदिरा सेवन गरि महिलाहरूलाई जिस्काउने, होहल्ला गर्ने सँगै आप्mनो परिवारलाई कुटपिट गर्ने गरेको दुःखेसो पोखेका थिए ।
मधुवन मथवल गाविसका बासुदेव चौधरीले जङ्गलबाट भई रहेको अवैध काठ तस्करी तत्काल नरोकिए जङ्गलनै विनाश हुने बताए । काठ तस्करीसँगै जङ्गली जनावरको कारण जङ्गल नजिकका स्थानीय बासिन्दाहरू आतङ्कित भएको बताए ।
कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक गोविन्दकुुमार साहले समयमा सूचना आएमा आपूmले तत्कालनै कारवाई गर्ने प्रतिबद्धता व्यक्त गरे । पर्सा प्रहरीले जनताहरूको सुरक्षा तथा वन विनाश रोक्न सदैव तत्पर रहेको बताए ।
रक्सी खाएर गाउँ तथा समाजमा होहल्ला गर्ने गरेको सूचना पाए आपूmले तत्काल कारबाई गर्ने प्रतिबद्धता व्यक्त गरे ।
इप्रका एकटाङ्गाका इन्चार्ज प्रनानि यज्ञ प्रसाद चौलागाईंको सभापतित्वमा कार्यक्रम शुरू भएको थियो ।