आरआर छुछुनर
एकजनाले आपूmलाई बुद्धिजीवी भन्दा मैले साँच्चिकै सुनेको शब्द बुद्धूजीवी नै हो । वीरगंजको एउटा प्रसिद्ध कान दोकान (कान बनाउने पसलभन्दा पनि बुभ्mनुभएन भने कानको क्लिनिक)मा गएको थिएँ । मेरो कानै खराब भएको भएपनि मैले सुनेको शब्दलाई मैले बुझेर आपूmले बुझेको आधारमा फेरि के सोच्न थालें भने के बुद्धिजीवीभन्दा बुद्धूजीवी ठूलो हो ? डाक्टरनेर गएर कोहीले आपूmलाई सानो त पक्कै पनि भनेन होला । सालो–भिनाजुको जस्तो गफगाफ पनि सुनिएन । त्यसैले जिस्केर त्यसो भनेको होला भनेर पछिसम्म पत्याउन मुस्किल प¥यो ।
कलेजमा पढ्दाको बेला सरलाई कसैले केही भन्यो वा अन्य कुनै समस्या प¥यो भने मलाई कोचिङ गराएर त्यसको भूत झार्न लगाउने प्राध्यापकलाई भेट्न डेरामा गएँ । वास्तवमा कलेजमा पढाउने गुरुजीलाई बुद्धूजीवीको अर्थ, परिभाषा, कार्यक्षेत्र र अधिकारको विषयमा जान्न चाहेको थिएँ । सर अर्को प्राइवेट कलेजमा पढाउन गएका थिए । डेरामा मैडम मात्र भएकाले त्यसै फर्किन लागेको थिएँ, मैडमले सोध्नुभयो– केही काम थियो कि ?
एउटा कुरो सोध्नु थियो –मैले भनें ।
के कुरा होला ? –मैडमले भन्नुभयो ।
बुद्धिजीवी र बुद्धूजीवीमा के फरक छ ? –मैले सोधें ।
मैडमको कुरा सुनेपछि मलाई लाग्यो– हाम्रो सरले त यही मैडमबाट ट्युसन पढेर क्याम्पसमा हामीलाई पढाउँछन् । मैडमलाई त सरलाई पनि भन्दा राम्रोसँग बुझाउन आउँदो रहेछ । मेरो बुद्धि नै अलि कम भएकोले होला मैले सबै
कुरा राम्ररी त बुभ्mन पाइनँ किनभने मैडमको हाउभाउ तथा अनुहारको भावमा नै म अलमलिएको थिएँ । वास्तवमा घर आएपछि मैले मैडमको सबै कुरालाई बुझेको जस्तो अनुभूति गरें ।
बुद्धिजीवीभन्दा बुद्धूजीवीको विविधता नेपालमा धेरै छ । नेपालका सबै बुद्धिजीवी चाहिं बुद्धूजीवी हुन् तर सबै बुद्धूजीवी चाहिं बुद्धिजीवी होइनन् । नेपालमा त स्नातक गरेपछि बुद्धिजीवी होइन्छ भन्ने विश्वास छ, त्यसैले यसको सीमा सीमित छ तर मूर्खदेखि विद्वानसम्म बुद्धूजीवीको क्षेत्र हुनाले यो बढी व्यापक रहेको छ ।
सामान्यतया बुद्धूजीवी दुईथरीका हुन्छन् । पहिलो, आपूm बुद्धू बनेर आप्mनो जीवन चलाउने र दोस्रो अरूलाई बुद्धू बनाएर जीवन चलाउने । नयाँ मान्यता के आएको छ भने बुद्धिको रोटी नखाएकालाई बुद्धू मान्न पाइन्न । यस कारण केही बुद्धूहरूले बुद्धूपनलाई आप्mनो बपौती अर्थात् पैतृक अधिकार मान्दछन् । कोही साँच्चै वंशजको नाताले पनि बुद्धू हुन्छन् । कोहीले त दाइजोमा बुद्धूपन पाएका हुन्छन् । कसैकसैले बजारबाट बुद्धूपन किनेर आपूmलाई बुद्धू बनाउँछन् ।
पहिलोथरीको बुद्धू त्यो हो, जसलाई आपूm बुद्धू भन्ने कुरा थाहा छैन वा आपूmलाई बुझक्कड ठान्छन् तर वास्तवमा बुद्धू हुन्छन् । बुद्धू बनेर जीविका चलाउने बुद्धूजीवीलाई कूटनैतिक बुद्धू पनि
भन्छन् ।
दोस्रो किसिमका बुद्धूजीवीहरूको बिगबिगी छ । यस कारण यिनीहरू आपूmलाई बुद्धिजीवीको ‘बिग बी’ ठान्छन् । जहिले पनि अरूलाई बुद्धू ठान्छन् । अरूलाई बुद्धू बनाउने सम्पूर्ण कला र कौशलको प्रयोग गर्दछन् । आपूm मात्र ठीक आप्mनो मात्र ठीक भन्ने एक सूत्रीय तर्क हुन्छ, यस प्रकारका प्राणीहरूको । कसैले यिनीहरूको कुरामा विश्वास नगरे पनि वा कसैले गरिदिएको जस्तो गरे पनि वा विश्वासलाई पूरै बहिष्कार गरे पनि कुनै मतलब हुन्न । यस प्रकारका बुद्धिजीवी/बुद्धूजीवीहरूले कहिलेकाहीं आप्mनो मालिकबाट प्राप्त आदेशलाई परिपालन यसरी गर्दछन्, मानौं ईश्वरले खिचिदिएको लक्ष्मणरेखा हो, जसलाई कसैले पार गर्न सक्दैन ।
बुद्धूपन नेपालको लागि वरदानसिद्ध भइरहेको छ । आजभोलि बुद्धूपनको खेती मधेसमा कुहिरो वा शीतलहरी मौलाएजस्तै मौलाउन थालेको छ । जताततै अनेक रङ्ग र रूपमा बुद्धूजीवीहरूको लाम देख्न पाइन्छ । आप्mनो स्वतन्त्र हैसियत र पहिचान बनाउनतिर लाग्नुभन्दा मालिकको लागि खोज, अनुसन्धान गर्ने बुद्धूजीवीहरूले आप्mनो कित्ताबाट सलाम पाउँछन् । सलाममात्र पाउन बुद्धिलाई बुद्धू बनाउनेहरूले मालिकबाट पुरस्कृत हुन जति पनि बुद्धूपन देखाउन तयार हुन्छन् । बुद्धूपनको प्रतिभा प्रदर्शनले देश रङ्गिएको छ ।
समाजलाई बुद्धू बनाइराख्न दुवै प्रकारका बुद्धूजीवीहरूको परम् महान् योगदान छ । यस प्रकार महान्हरूको योगदानको कदर इतिहासले मात्रै गर्र्न सक्छ । शायद हाम्रो समाजलाई यस प्रकारका महान् बुद्धूजीवीहरूलाई बुभ्mनेहरूले समय छँदै अभिनन्दन गरौं है । बुद्धूजीवीहरूको सङ्गठन बनाऔं ।
मैडमको भनाइको सार चाहिं यही हो । मैले बुझेको बुद्धूजीवीको विषयवस्तुमा आमूल फरक पर्ने गरी कतैबाट कुनै बुझाइ आयो भने शेयर गरौं ।
जय बुद्धूजीवी ।