$type=ticker$count=12$cols=4$cate=0

निकासको औजार ः सडक कि संसद् ?

SHARE:

ओमप्रकाश खनाल
    यतिखेर अग्रगमनका ठेकेदारदेखि प्रतिगामी कित्ताले अनेक आवरणमा सडक राजनीति तताइराखेका छन् । केही सुरसार कस्दै होलान् । प्रतिपक्ष एमाले आन्दोलनमा छ । अहिलेको राजनीतिक व्यवस्थाविरोधी राजावादीहरू पनि सडकमा सक्रिय देखिन्छन् । उनीहरूको आस्थाको प्रतीक मानिएका ज्ञानेन्द्र शाहको निकट अभिव्यक्तिपछि सक्रियताको चाप ह्वात्तै बढेको भान हुन्छ । संविधानप्रति असन्तुष्ट मधेसवादी आन्दोलनको मनस्थितिमा छ । यही १८ गते प्रदर्शनको कार्यक्रम सार्वजनिक भइसकेकै छ । उनीहरू पनि आउने अन्ततः सडकमैं हो । सकभर सत्ता नभए सडक समकालीन राजनीतिको विशेषता बनेको छ ।
    संविधान कार्यान्वयनको मूल कार्यभार पूरा गरिसक्नुपर्ने समयसीमा छोटिंदै जाँदा संविधान निर्माणका अग्रणी, असन्तुष्ट र व्यवस्थाविरोधीहरूको एकै समयको सडक सक्रियताले के सङ्केत गरिराखेको छ ? के यो संयोग मात्रै हो ? कि अहिलेसम्मका उपलब्धिलाई हावा खुवाएर मुलुकलाई अस्थिरताको नयाँ सुरुङतिर डो¥याउने खेलको आरम्भ ? यसै पनि राजनीति शीर्षस्थको स्वविकेकभन्दा बाह्य रिमोटबाट निर्देशित हुनु हाम्रो निम्ति नौलो तथ्य लाग्न छोडिसकेको छ ।
    प्रत्येक कुराको छिनोफानो सडकबाटै हुन्छ भन्ने मनोग्रन्थि गलत छ । बहुमतको निर्णयलाई मान्दिनँ र सहमति पनि मेरै सर्तमा हुनुपर्दछ भन्नु राजनीतिक आचरण होइन । कि अहिलेसम्म बहुमतले गरेका सबै व्यवस्था गलत छन् भन्न सक्नुप¥यो, होइन भने आप्mनो स्वार्थ प्रतिकूल हुने बित्तिकै अलोकतान्त्रिक रवैयामा पेस हुने प्रवृत्तिले लोकतन्त्रलाई फाइदा पु¥याउँदैन । बरु सतहमा प्रकट भएका व्यवस्थाविरोधीहरूलाई लाभ पुग्छ ।
    संविधान कार्यान्वयनका अवरोधहरू राजनीतिक परिवर्तनविरोधीका निम्ति सहज औजार बन्न सक्छन् भन्नेतिर सतर्कता जरुरी छ । राजनीतिमा हुन नसकेको पनि यही हो । अहिले संविधान निर्माणको सहयात्रीका गतिविधि नै यसको कार्यान्वयनमा बाधा बनिराखेका छन् । मधेसवादी राजनीतिले यसमा मलजल गरिराखेको छ । सभामुखले दलहरूलाई सहमतिको लागि दिएको तीन दिने समय शनिवार सकियो । तर सहमतिको भएन । यसका लागि भएका पटके मन्थन असफल बन्दै आएका छन् । सहमतिको नाम दिइएका कोठे जमघट आरोप–प्रत्यारोप र कटाक्षका प्रहसन बन्दा नेतृत्व चटके जस्ता देखिनु अस्वाभाविक होइन ।
    राजनीति, सहमतिका नाममा विमतिमात्र ओकल्ने प्रवृत्तिको शिकार भइआएको छ । राष्ट्रिय आवश्यकता के हो भन्दा पनि वैयक्तिक लाभ कसरी सुरक्षित हुन्छ भन्ने शीर्ष अभीष्टका कारण अन्योलले निकासको बाटो समात्न सकिराखेको छैन । आग्रह र दुराग्रहको चश्मा फुकालेर राष्ट्रिय र क्षेत्रीय राजनीतिका पहेलीलाई केलाउने हो भने प्रत्येक राजनीतिक कित्तामा यो आचरण ऐजेरु बनेको स्पष्ट देखिन्छ ।
    स्वार्थका लागि जे पनि गर्न तयार हुने दलीय चालाले अहिले भन्ने गरिएका राजनीतिक उपलब्धिमाथि नै ग्रहण लागेको भान हुन थालेको छ । भलै जसका लागि परिवर्तन आवश्यक ठानिएको हो, त्यो तप्काका निम्ति यसको अनुभूति आकाशको फलबाहेक अन्य हुन सकिराखेको छैन । मुलुकको समग्र राजनीतिक दृश्यावली अन्योल र अस्थिरतामा रुमलिंदा सरोकारका आयाम असरबाट मुक्त हुन सक्दैनन् ।
    २०६२/६३ को जनआन्दोलनयताको राजनीतिक परिदृश्यमा गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयतालाई राजनीतिको मूल उपलब्धि मान्ने गरिएको छ । यो एक दशकको राजनीतिक कसरतको सार पनि हो । यी उपलब्धिलाई एक वर्षअघि जारी संविधानले व्यवस्थित गरेको छ । तर यी तीनवटै विषयको प्रवेश र वैधानिकता विरोधाभासमुक्त भने छैनन् । राजनीतिक हिसाबले यति दूरगामी महŒवका विषयमा जनतालाई प्रत्यक्ष सहभागी नगराएर चोरबाटो अपनाइएको आरोप लाग्ने गरेको छ । यो मत पछिल्लो समयमा अझ बाक्लिएर प्रकट भइराखेको छ । यसका आप्mनै अभीष्ट होलान् ।
    राजनीतिमा सबै कुरा सोचेजस्ता हुँदैनन् । विश्वराजनीतिमा कतिपय अनपेक्षित राजनीतिक पहेलीहरू नदेखिएका पनि होइनन् । जनआन्दोलनपछि जे जसरी राजनीतिक घटनाक्रम विकास भयो, यसले एउटा राजनीतिक ‘डिस्कोर्स’ पूरा गरिसकेको छ । नेपालको राजनीतिक परिवर्तनलाई पनि सरोकारका आरोह–अवरोहले स्थापित गरेको सन्तुलनको नयाँ अध्याय मान्नुपर्दछ ।
    गणतन्त्रमा उतिसारो असन्तुष्टि नभए पनि धर्म र सङ्घीयताका सवालमा अहिले पनि सङ्गीन सवाल उठ्ने गरेका छन् । सङ्घीय व्यवस्थाको संविधान जारी गर्ने अभियानका अगुवा नै यो आवश्यकता नभएर बाध्यताको उपज भएको बताउन थालेका छन् । धर्मको नाममा पनि नयाँ कोणबाट बखेडाको दबाब बढिराखेको अवस्थामा यसमा राजतन्त्रका पक्षपातीहरूको आवाज मिसिन थालेका छन् । अन्योलबीच मौजुदा उपलब्धिविरुद्ध एकखालको दृश्यावली निर्माण भइराखेको छ । यो आपूmलाई परिवर्तनको ठेकेदार ठान्ने तर प्रतिगामी आचरण बोकेका राजनीतिक नाइकेको प्रवृत्तिको उपज हो । यो प्रवृत्तिले अहिले पनि आचरण सुधार्नुको साटो विषवमनमैं आत्मरति खोजिराखेको छ । यसले परिवर्तनविरोधी माहोललाई बल पु¥याइराखेको छ ।
    सहमतिका नाममा बजाइने आआप्mनै तालका डम्पूmले राजनीतिमा ध्रुवीकरण मात्र बढेको छैन, तिक्तता पनि विस्तार भएको छ । २०७४ माघभित्र ३ तहको निर्वाचनमा सबैको एकमत सुनिन्छ । तर कार्यान्वयनमा चरम विमति किन ? मधेसवादीको असन्तुष्टि सम्बोधनका लागि संसद् सचिवालयमा दर्ता भएको संशोधनलाई प्रक्रियामा लैजाने कि स्थगन गरेर निर्वाचनमा जाने भन्नेमा दलहरूबीच तानातान छ । सहमति त परको कुरा यसले बखेडालाई भने नयाँ शिरामा प्रवेश गराएको छ । प्रतिपक्षी एमाले प्रतिपक्षको धर्म निभाउनकै लागि निरन्तर विरोधको मञ्चनमा देखिन्छ । सत्तामा जमेका माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका आप्mनै स्वार्थ टकरावले पनि निकास सुदूरतिर धकेलिएकोमा द्विविधा रहेन ।
अब गर्ने के त ? दलहरूबीच सहमति हुन नसकेको अवस्थामा विकल्प प्रक्रिया नै हो । सभामुखले पनि प्रक्रियामा जाने सङ्केत गरिसकेको समाचार सञ्चारमाध्यममा आएका छन् । एमालेले एक महिनादेखि संसद् अवरोध गर्दै आएको परिदृश्यमा अबको बैठकमा प्रक्रिया शुरू हुन्छ वा हुँदैन, हेर्न बाँकी छ । सत्तासीन दलले पेलेरै प्रक्रिया बढाउने मनस्थिति बनाए, त्यसले उत्पादक परिणाम दिंदैन । यो अवस्थामा एमालेले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह ग¥यो भने निकास सहज हुन सक्छ ।
    एमालेसित प्रस्ताव विफल पार्न आवश्यक मत सुरक्षित भएकाले प्रक्रियामैं लगेर प्रस्ताव असफल तुल्याइदिए समस्याको अवतरण सहज हुनेछ । आन्दोलन र अवरोधकै बलमा अभीष्ट हात पार्न सकिन्छ भन्ने होइन । निर्वाचनको कानून बनाउन पनि सदन अवरोध समाधान आवश्यक छ । र, चुनाव नयाँ संरचनामा हुनुपर्दछ  । सरकारले स्थानीय तह पुनर्संरचना आयोगको सिफारिस अनुसार चुनावी माहोल बनाउनु नै अग्रगामी र संविधानको भावना अनुसार हुनेछ । सरकार र स्वार्थ जोडिएको राजनीति यसबाट पछि हट्न मिल्दैन ।
    प्रदेशको सीमाङ्कन फेरबदलको वैधानिकतामा प्रश्न उठाएको एमालेले निकासका निम्ति अहिलेको राजनीतिक उपलब्धिको जग मानिएको तत्कालीन प्रतिनिधिसभा पुनस्र्थापना पनि संविधानको प्रावधान अनुसार थिएन भन्ने भुल्नुहुँदैन । समकालीन राजनीतिमा यस्ता अनेक पहेलीहरू छन्, जसको निकास संविधानविपरीत भएपनि बाधा फुकाएर सम्भव भएका छन् । स्मरण गरौं, पहिलो संविधानसभामा म्याद थपका झाँकीदेखि प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकारसम्मका दृश्यावली कसरी सम्भव भए ?
    समस्यालाई सडकमैं लैजाने अभ्यास लोकतन्त्रका लागि सुखद हुन सक्दैन । सकभर संवाद र सहमति, नभए प्रक्रिया लोकतन्त्रका आधार हुन् । लोकतान्त्रिक आधारको जगेर्ना गर्न सकिएन भने राजनीतिक उपलब्धिको अस्तित्व धरापमा पर्न समय लाग्दैन ।
    प्रस्ताव स्थगन गरी चुनावमा जाने तीन दलको मतैक्यता मधेसवादीलाई गलाउने उपाय हो भने अब संशोधनलाई प्रक्रियामा लैजान विलम्ब गर्नुहुँदैन । विधेयक परिमार्जनमा अड्डी कस्दै आएको मधेसी मोर्चाले असहमतिसहित संशोधन प्रक्रियालाई सघाउने निर्णय गरेको समाचार आएको छ । यो मधेसवादीको लागि ‘फेस सेभिङ’को मौका हो । राजनीतिक आधार निर्माणको अवसर पनि हो । यसर्थ मधेसवादी राजनीतिमा पनि वर्चस्वको आन्तरिक तानातान र अन्तर्विरोध निकासमा अवरोध बन्नुहुँदैन ।
    प्रक्रियाको परिणामलाई स्वीकार गरेर निकासलाई सहज तुल्याउने उदारता चाहिन्छ । आप्mनो पक्षमा परिणाम नआए मान्दिनँ भन्नु राजनीतिक आवरणमा अतिवादको अवतरण हो । एकसाथ संशोधन प्रक्रिया र निर्वाचन घोषणा समाधानको सहज ‘प्याकेज’ हुन सक्छ ।
                                      यmपजबलब२िनmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : निकासको औजार ः सडक कि संसद् ?
निकासको औजार ः सडक कि संसद् ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiH4we7jh2gj4wnOagX9gyqqR_pUzf3tKC9dp9BEKainRBHFOxa8WDAL8CospesVYPqMJK1wBFE7zTTEcq9sdKdU5QdObDm6y5spY-Uhk10IblLO5fhYCHFodcWuGFDkHx3wVCsnEwy8xg/s200/omprakash+khanal.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiH4we7jh2gj4wnOagX9gyqqR_pUzf3tKC9dp9BEKainRBHFOxa8WDAL8CospesVYPqMJK1wBFE7zTTEcq9sdKdU5QdObDm6y5spY-Uhk10IblLO5fhYCHFodcWuGFDkHx3wVCsnEwy8xg/s72-c/omprakash+khanal.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/12/blog-post_136.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/12/blog-post_136.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy