शिवशङ्कर मिश्र, कलैया, १५ मङ्सिर/
चुनावभन्दा व्यवस्थापिका–संसद्को म्याद थप गर्न तीन दल लागेको तमलोपाका वरिष्ठ उपाध्यक्ष ह्दयेश त्रिपाठीले आरोप लगाएका छन्।
बाराको कलैयामा बुधवार तमलोपाद्वारा आयोजित अगुवा कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा उनले अहिलेसम्म चुनावको प्रारूप तयार नभएकोले कुनै पनि हालतमा चुनाव हुन नसक्ने बताए ।
समग्र मधेसको ११ बुँदे मागमध्ये ३ वटा बुँदा लगभग पूरा भएको बताउँदै उनले ८ वटा बुँदा पनि आगामी दिनमा पूरा गराउन हाम्रो पहिलो प्राथमिकता रहने बताए। दर्ता भएका ४ वटा प्रस्तावमा ३ वटामा कुनै मतभेद नरहेको भन्दै चौथो बुँदा सीमाङ्कन नै महŒवपूर्ण रहेकोले १० प्रदेशमध्ये तराईको पूर्वमा मधेस प्रदेश र पश्चिममा थरूहट प्रदेश हुनुपर्ने हाम्रो धारणा रहेको उपाध्यक्ष त्रिपाठीले बताए।
एमाले सत्तामा बस्दा सबैको सहमतिमा संविधान संशोधन गर्न सकिने भनेको तर आजको दिनमा दोधारे चरित्र देखाएको बताउँदै उनले मधेसीको प्रमुख विपक्षी एमाले नै रहेको बताए।
प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका करिब दुई सय व्यक्तिहरूलाई अबीर र टीका लगाएर उनले पार्टीमा प्रवेश गराएका थिए।