प्रस, वीरगंज, १५ मङ्सिर/
प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले स्वास्थ्य सेवामाथि सबै नागरिकको समान अधिकार रहेकाले घरघरमा स्वास्थ्य सेवा पु¥याउन निर्देशन दिएका थिए।
जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साको आयोजना तथा युनिसेफ नेपालको सहयोगमा नेशनल मेडिकल कलेजमा बुधवार आयोजित जिल्लाको लगानीसम्बन्धी तीन दिने समीक्ष्Fा गोष्ठीको उद्घाटन गर्दै सरकारी कर्मचारीहरूमा निरन्तरता र लगनशीलताको कमी देखिएकोले स्वास्थ्य सेवा प्रभावकारी नभएको प्रजिअ घिमिरेले बताए।
प्रजिअ घिमिरेले राज्यले स्वास्थ्य, शिक्ष्Fालगायतका क्षेत्रमा लगानी गरे पनि कर्मचारीहरूको हेलचेत्र्mयाइँको कारण समानरूपले पर्सावासीले सेवा नपाएको दुखेसो पोखे। जनचेतनाको कमीको कारण बच्चा कुपोषित हुने गरेको तर स्वास्थ्यकर्मीहरूले सही समयमा सुझाव दिन नसकेको कारण पर्सावासीले समस्या भोगिरहेको बताए। नेपाल सरकारले स्वास्थ्यचौकीहरूलाई तोकेर पठाएको औषधि पुगे नपुगेकोबारे सबैजनाले चासो राख्नुपर्ने बताए। उनले भने– सरकार एक्लैले केही गर्न सक्दैन, जनता पनि जागरूक हुनुपर्छ। इमानदारीपूर्वक समयको पालना गरे नेपाल सरकारका सबै कर्मचारीले नै देश बनाउन सक्ने उनले बताए।
कार्यक्रममा नेशनल मेडिकल कलेजका अध्यक्ष्F डा. जुनैद्दीन अन्सारीले उपचारको पद्धति परिवर्तनको सँघारमा रहेको बताए । विगतमा झारफुकमा विश्वास राख्ने हाम्रFे समाज अहिले अस्पतालप्रति विश्वस्त भएको बताए।
डा. अन्सारीले नेपाल सरकारको कमीकमजोरीको कारण दक्ष कर्मचारी माग अनुसार गाउँसम्म पु¥याउन नसकेको कारण अधिकांश गाउँका बासिन्दा स्वास्थ्यसेवाबाट वञ्चित भएको बताए । उनले पर्सा जिल्लाका बढीजसो कर्मचारी घुमेरै समय बिताउने गरेकोमा दुःख व्यक्त गरे।
वीउमनपाका कार्यकारी अधिकृत पीताम्बर अधिकारीले ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य केन्द्रहरूले दिने गरेको सेवा चित्तबुभ्mदो नभएको कारण जनता मर्कामा परेको बताए।
सरकारले उपलब्ध गराएको औषधिको गुणस्तरमाथि पटकपटक प्रश्नचिह्न उठ्दै आए पनि स्वास्थ्य कर्मचारीले जनतालाई स्वास्थ्य शिक्ष्Fा दिन नसकेको बताए। उनले पछिल्लो तथ्याङ्क अनुसार ग्रामीण क्षेत्रका १३ र शहरी क्षेत्रका ४८ प्रतिशत गर्भवती महिलाले नियमित चेकजाँच गर्ने गरेको बताए ।
जिल्ला विकास समितिका योजना अधिकृत अमित गिरीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका प्रमुख राजकिशोर पडित, युनिसेफका प्रतिनिधिलगायतले कार्यपत्र प्रस्तुत गरेका थिए।