प्रस, वीरगंज, १५ मङ्सिर/
हरि खेतान बहुमुखी क्याम्पसले सुविधासम्पन्न आधुनिक पुस्तकालय सञ्चालनमा ल्याएको क्याम्पस प्रमुख डा. भगवानप्रसाद यादवले बताएका छन्।
क्याम्पसको भुइँतलामा रहेको पुरानो पुस्तकालय परिवर्तन गरी तेस्रो तलामा नयाँ पुस्तकालय सञ्चालनमा ल्याएको डा. यादवले बताए। उनले पुस्तकालयमा १ लाख पुस्तक राखिएको र विद्यार्थीहरूलाई अध्ययनको लागि विशेष व्यवस्था गरिएको बताए। हरि खेतान बहुमुखी क्याम्पसलाई आधुनिकीकरणतर्पm लैजाने क्रममा क्याम्पसले दुई वर्ष पहिले सञ्चालन गरेको डिजिटल बोर्ड अहिले निकै प्रभावकारी रहेको बताए। क्याम्पसमा रहेको करिब ६० वटा कक्ष्Fाकोठामा डिजिटल बोर्डको व्यवस्था गरिएको र विद्यार्थीहरूलाई सोहीमार्पmत् अध्यापन गराइरहेको उनले बताए।
यसैगरी, उनले क्याम्पसमा आधुनिक कम्प्युटर ल्याबबाट विद्यार्थीहरू लाभान्वित भइरहेको बताए। उनले अहिले क्याम्पसमा चार सिप्mटमा अध्ययन भइरहेको बताए। क्याम्पसमा ४ हजार विद्यार्थीहरू दैनिक अध्ययन गर्छन्। क्याम्पसमा महिलाहरूको लागि छुट्टै कक्षा सञ्चालन भएकोले करिब दुई हजार छात्राहरू अध्ययनरत छन्। छात्र–छात्रा बराबरी सङ्ख्यामा अध्ययन गर्नुको एउटै कारण छात्राहरूको लागि छुट्टै कक्षाकोठाको व्यवस्था गरिएकोले हो। डा. यादवले मधेसी सोच अनुसार छात्राहरूको लागि छुट्टै कक्षाकोठा सञ्चालन गरेपछि अभिभावकहरूले आप्mना छोरीलाई निर्धक्क अध्ययन गर्न पठाएका हुन्।
यसअघि छात्रछात्राहरू एकै कक्ष्Fाकोठामा अध्ययन गर्दा छात्राको सङ्ख्यामा कम थियो। हरि खेतान महिला बहुमुखी क्याम्पस सञ्चालनमा आएपछि छात्राहरूलाई अलग्गै व्यवस्था गरिएको थियो। तर सो क्याम्पसले मान्यता नपाएपछि हरि खेतान बहुमुखी क्याम्पसले छात्राहरूको लागि छुट्टै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
क्याम्पसले विद्यार्थीहरूको सङ्ख्या वृद्धि भएपछि थप कोठाहरूको व्यवस्था गरेको छ। २०७२ सालको भूकम्पपछि क्याम्पसको तेस्रो तलामा भूकम्प प्रतिरोधी प्रिफेब भवन जडान गरिएको छ। आधुनिक पुस्तकालय सोही भवनमा सारिएको छ।