प्रस, पोखरिया, १३ मङ्सिर/
शिक्ष्Fा मन्त्रालयले विज्ञान विषयको अध्ययन हुने सबै मावि तहका विद्यालयहरूमा विज्ञान विषयको प्रयोगशाला सञ्चालन गर्ने निर्देशन जारी गरी सेवा सुविधाहरू उपलब्ध गराए पनि पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा रहेका विज्ञान विषय अध्ययन गराइने माविमा प्रयोगशालाको अभाव रहेको पाइएको छ।
सरकारले जिल्ला शिक्ष्Fा कार्यालयमार्पmत् पुस्तकालय र प्रयोगशालाको लागि विगतका
वर्षदेखि नै प्रतिविद्यालय साढे ६ लाखको दरले रकम उपलब्ध गराउँदै आएको छ। पर्सा जिल्लाका दुई दर्जन विद्यालयमा विज्ञान सङ्कायको अध्ययन हुने गरेको छ । ती विद्यालयहरूले जिल्ला शिक्ष्Fा कार्यालय, पर्साबाट सोबापतको रकम निकासा गरी लिएका छन्।
आव २०७१/७२ देखि पर्सा जिल्लाका विज्ञान विषय पढाइ हुने दुई दर्जन माविले सो सुविधा लिएको तर प्रयोगात्मक प्रयोगशालाको निर्माण नगरेको पाइएको छ। मङ्गल मावि भिस्वा, नेरामावि मसिहानी, मुखदेव सुशीला मावि रामनगरी, नेराविमावि श्रीपुर, राधाकृष्ण मावि बहुअर्वाभाठा, रामचरित्र मावि पकाहा, नेरामावि चारगाहाले पुस्तकालय र प्रयोगात्मक प्रयोगशाला दुवै सञ्चालन गरेका छैनन्। विद्यार्थीहरूले विज्ञान विषयको लागि पाउने २५ अङ्क बराबरको प्रयोगात्मक परीक्ष्Fा शिक्ष्Fकहरूले आपूmखुशी पठाउने गरेको पाइएको छ। शिक्षकहरूले रोल नं. अनुसार बढीघटी गरेर प्रयोगात्मक परीक्ष्Fाको अङ्क पठाउने गरेका छन्। १ देखि १० रोल नं.का विद्यार्थीलाई २४ अङ्कसम्म दिने र त्यसपछिका विद्यार्थीलाई मनोमानी ढङ्गबाट अङ्क दिने गरिएको बुझिएको छ ।
प्रयोगात्मकको नम्बर दिंदा शिक्ष्Fकहरू रकमबाट प्रभावित हुने गरेका विद्यार्थीहरूले आरोप लगाए। ग्रामीण क्षेत्रमा विज्ञान विषय लिएर पढेका विद्यार्थीहरू त्यसपछिको अध्ययनमा अनुत्तीर्ण हुने गरेको कारण पनि
यही भएको अभिभावकहरूले गुनासो गरेका छन्। उनीहरूले विद्यालय तहमा विज्ञान विषयमा आवश्यक तयारी नगराएको कारण उच्च शिक्ष्Fामा
ग्रामीण क्ष्Fेत्रका विद्यार्थी कमजोर देखिने बताए ।
रामदेवप्रसाद जिल्ला उच्चाङ्गल
मावि पोखरियाले प्रयोगशालाको लागि १० लाखभन्दा बढीको सामान खरिद गरेको छ तर ती सामान विद्यालयको दराजमा राखिएका छन्, प्रयोगमा ल्याइएको छैन । सुकइ साह माविले जिशिका, पर्साबाट रकम लिएको देखिंदैन तर उसले निजी स्रोतबाट
पनि प्रयोगशालाको सञ्चालन गरेको छैन ।
पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारीले यसबारेमा आपूmलाई जानकारी नभएको बताए। उनले आगामी दिनमा यसबारेमा खोजीनीति हुने र दोषी देखिएका विद्यालयलाई कारबाई गर्ने बताए।