प्रस, वीरगंज, १५ मङ्सिर/
पतञ्जलि आयुर्वेद प्रालि, प्रसौनी बाराको सहयोगमा प्याब्सन पर्साले नारायणी रङ्गशालामा सञ्चालन गरेको प्याब्सन टी–२० क्रिकेट प्रतियोगिताको उपाधि गौतम माविले हात पारेको छ।
आज सम्पन्न प्रतियोगिताको फाइनलमा मनकामना माविलाई ७ रनको अन्तरले पराजित गर्दै गौतमले उपाधि हात पारेको हो।
पहिले ब्याटिङ गरी गौतम माविले २० ओभरमा ९ विकेट गुमाइ १३६ रन जोडेको थियो। गौतमका आदर्श यादवले ७ चौकाको सहयोगमा ४०, समीर अन्सारीले ५ चौकाको सहयोगमा २५, जावेद खानले १ चौकाको सहयोगमा १९ र अरबाज आलमले २ चौकाको सहयोगमा ११ रन जोडेका थिए।
मनकामना माविका साहिल विस्वालले ४ ओभरमा ३ विकेट लिएका थिए भने सोनु अन्सारीले २ र आकाश साह तथा विश्वास यादवले १/१ विकेट लिएका थिए ।
प्रतिउत्तरमा १३७ रनको विजयी लक्ष्यसहित मैदानमा आएको मनकामना माविले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रनमात्र जोड्न सकेको थियो । मनकामनाका आशिफ आलमले ३ चौकाको सहयोगमा ४९, इमामुल हकले ३ चौकाको सहयोगमा १८, शेख सहलले १ चौकाको सहयोगमा ७ रन जोडेका थिए।
गौतमका महम्मद इमरान, आदर्श यादव, अमितराज यादवले २/२ विकेट चट्काएका थिए। ४० रन जोडी २ विकेट लिएका गौतम माविका आदर्श यादव फाइनलको म्यान अफ द म्याच घोषित भए।
महिला क्रिकेट ः नेपाल बङ्गलादेशसँग पराजित
काठमाडौं, १४ मङ्सिर/रासस
थाइल्यान्डमा जारी एसीसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको तेस्रो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ।
बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भएको खेलमा नेपाल बङ्गलादेशसँग ९२ रनले पराजित भयो। जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो। यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको हार बेहोरेको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले नेपालसामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपाल १७ दशमलव ३ ओभरमा अलआउट हुँदै ४१ रनमैं समेटिन पुग्यो। बङ्गलादेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १३३ रनको योगफल तयार गरेको थियो।
नेपाली ओपनर सीता रानामगरले बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अङ्क जोड्न सकेनन्। सीताले १५ रन जोडिन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा बङ्गलादेशकी फहिमा खातुनले सर्वाधिक चार विकेट लिइन् भने नाहिदा अख्तरले दुई विकेट लिइन्। बङ्गलादेशको जीतमा सन्जिदा इस्लामले ३५, नागर सुल्तानाले ३९, साइला सर्मिनले १९ तथा कप्तान रूमाना अहमिदले १७ रन जोडे।
बलिङतर्पm नेपालकी सङ्गीता राईले दुई तथा कप्तान रूबिना क्षेत्री र सीता मगरले समान एक/एक विकेट लिए। नेपालले आप्mनो चौथो खेल यही मङ्सिर १६ गते बिहीवार आयोजक थाइल्यान्डसँग खेल्नेछ।