प्रस, वीरगंज, १२ मङ्सिर/
वीरगंज, आदर्शनगर रङ्गशालामा जारी योग विज्ञान शिविरको समापन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष्F पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट गरिने भनिएकोमा उनी एक दिन अगाडि आएर फर्केका छन् ।
संविधान संशोधन प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै शिविरको समापन समारोहमा उपस्थित हुन नसक्ने हुनाले प्रधानमन्त्री दाहाल आज वीरगंज आएर योग शिविरमा सहभागी भई काठमाडौं फर्केका हुन् । उनले हिमाल, पहाड, तराई सबैलाई एकसूत्रमा बाँध्ने गरी संविधान बनाउने आप्mनो प्रतिबद्धता दोहो¥याउँदै संशोधनपछि संविधान कार्यान्वयनमा आफ्नो भूमिका रहने बताए । सबैको चित्त बुझ्ने गरी संविधान संशोधन गराउनेतर्पm पहल भइरहेको बताए ।
योग शिविरको चौथो दिन विद्यार्थी र महिलाहरूको लागि रङ्गशालामा आयोजना गरिएको विशेष योग शिविर कार्यक्रममा बोल्दै प्रम दाहालले बाबा रामदेवले योगलाई उद्योगसँग जोडेर नयाँ पद्धतिको विकास गरेको बताए । उनले यसबारे रामदेव बाबासँग आप्mनो पटक–पटक संवाद भएको र आपूm यस पद्धतिबाट निकै उत्साही भएको बताएका थिए ।
प्रम दाहालले योगको आविष्कार नेपालबाट भएको दाबी गर्दै नेपालबाट शुरु भएको योगलाई भारतका चर्चित स्वामी रामदेवले विश्वभरि पैmलाएकोमा उनको सराहना गरे ।
उनले नेपालमा पतञ्जलि उद्योग सञ्चालन गरेका स्वामी रामदेवले यहाँबाट आर्जित मुद्रालाई यहींको विकासमा खर्च गर्ने वाचा, प्रतिबद्धता जाहेर गरेका छन् त्यो स्वागतयोग्य र प्रशंसनीय रहेको बताए ।
उनले उद्योगधन्दाबाट एकल व्यक्तिले मुनाफा गर्दै आएको परिवेशमा रामदेव बाबाले त्यसको स्वरूप पनि परिवर्तन गरेको बताए । उनले अध्यात्मलाई परम्परागत शैलीमा विकाससँग जोडेको कारण आपूmले रामदेव बाबालाई २१ औं शताब्दीको योग वैज्ञानिकको संज्ञा प्रदान गरेको पनि बताए ।
योग विज्ञान शिविरका लागि बरख गण वीरगंजमा हेलिकप्टरबाट आएका प्रम दाहाल सीधा रङ्गशालामा पुगेर योग शिविरलाई सम्बोधन गरी बरख गणबाटै हेलिकप्टर चढेर फिर्ता भएका थिए । व्यस्त कार्यक्रमको कारण उनले कार्यकर्ताहरूको स्वागत मात्र स्वीकार गरे । बाँकी भलाकुसारी सम्बोधन केही गर्न पाएनन् ।