प्रस, वीरगंज, १२ मङ्सिर/
नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गरिने बताएका छन् ।
नेपाल प्रेस युनियन, पर्सा शाखाले स्थानीय होटल भिस्वामा आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्क्षिप्त कुराकानी गर्दै सभापति देउवाले मधेसबाट उठेको माग अधिकतम सम्बोधन हुनेगरी सम्भवतः आजै संशोधन प्रस्ताव दर्ता गर्ने पक्षमा नेका रहेको बताए ।
उनले प्रस्तावलाई मधेसी मोर्चाले समर्थन गर्ने र एमालेले पनि प्रस्तावकै पक्षमा मत हाल्ने विश्वास व्यक्त गरे । सभापति देउवाले सिमरा आउने क्रममा हिजो एमाले अध्यक्ष्F केपी ओलीसँग विमानस्थलमा केही बेर कुराकानी भएको र कुराकानीबाट समस्या समाधान हुने सङ्केत मिलेको बताए । उनले सीमाङ्कनको हकमा मधेसी जनता कतै पहाडसँग अलग्गिन नचाहेको र कतै मिल्न नचाहेको हुँदा दुवै कुरालाई समायोजन गरिने बताए । उनले नागरिकताको सवालमा पनि नेका मधेसी जनताभन्दा पृथक नभएको दाबी गरे । पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा लामो समयदेखि स्थगित जिल्ला अधिवेशन एक महिनाभित्र सम्पन्न गर्ने उनले दाबी गरे ।
पत्रकार सम्मेलन प्रेस युनियन, पर्साका अध्यक्ष्F रामनारायण कुर्मीको अध्यक्ष्Fतामा भएको थियो ।
यसैबीच नेपाल टे«ड युनियन पर्साले सभापति देउवालाई ज्ञापनपत्र बुझाएको छ । श्रमिक सरोकारका मुद्दाहरू कार्यान्वयन सम्बन्धमा ९ सूत्रीय मागसहितको ज्ञापन बुझाइएको छोटेलालप्रसादले बताए ।