प्रस, निजगढ, बारा, १२ मङ्सिर/
क्रसरमा लैजान ट्याक्टरले जोतेर अप्राकृतिक ढुङ्ग उत्खनन भइरहेको छ । निजगढ, बकैया खोलाबगरबाट यसरी नैं जोतेर ढुङ्गा निकाल्दै क्रसरमा निर्वाध लगिरहेका छन् ।
यसरी ढुङ्गा निकाल्न ऐन, मापदण्डले वर्जित गरेको छ । सार्वजनिक प्राकृतिक स्रोत साधनलाई चिथोरेर दिनदहाडै उत्खनन भइरहे पनि जिल्ला वन कार्यालय बारा, जिल्ला प्रशासन बारा, जिल्ला प्रहरी कार्यालय, बारा बेखबर बन्दै आएको छ । जिल्लास्थित यस मातहतका निजगढ सेक्टर वन, इलाका प्रहरी निजगढ, सशस्त्र प्रहरी निजगढले ढुङ्गा माफियाहरूलाई लाइन दिएकै कारण ऐन, मापदण्डविपरीत उत्खनन हुँदै आएको स्थानीय स्रोतले जनाएको छ ।
यसरी जथाभावी ढुङ्गा उत्खनन गर्ने, गराउने समूह, माफियासँग स्थानीय प्रहरी, वन कर्मचारी मिलेकै कारण क्रसरले मनपर्दो किसिमले ढुङ्गा लैजान पाएको छ । यसरी निकालिएका ढुङ्गा खोलाबगर किनारमा थुपार्ने र नजिकैको क्रसरमा बिक्री गर्ने गरिन्छ । यो खेल वर्षौंदेखि चलिरहेको छ । मापदण्ड विपरीतका क्रसरको हकमा ७५ महिना नाघिसक्दा पनि राज्यले कुनै निकास दिन नसक्दा क्रसर उद्योगले मनोमानी झन बढेको हो । एकमुस्ठ ३ वर्ष र पटकपटक थप गरिएको ३ वर्षको म्याद गत साउन १ गते सकिसकेको छ ।
चुरे फेदको १ किलोमिटर आसपासका, पुल, ड्यामबाट दायाँ/बाँया ५००/५०० मिटर आसपासको ढुङ्गा छुन, टिप्न नपाइने, भनिए पनि जथाभावी दोहनले सीमा नाघ्दै गएको छ । ५/७ वर्ष अघिदेखि जथाभावी उत्खनन गर्दै ढुङ्गा क्रसरमा पु¥याउने गरेपछि अहिले खोला बगरको सतहमा २/४ किलोग्रामको ढुङ्गा देखिन छाडेको छ ।
जसका कारण तारजाली भरी तटबन्ध गर्न ढुङ्गा पाउन छाडेको निजगढ नगरपालिका भरतगंजसिगौंलका धन्सार सिंचाइ समितिका अध्यक्ष ओमबहादुर भण्डारी बताउँछन् ।
वन, पुलिस, प्रशासनले चुरे फेदबाटै ढुङ्गा टिपेर, उत्खनन गरेर लगे पनि वास्ता नगरेपछि स्थानीय ढुङ्गा माफियाहरूको मनोबल बढेको अध्यक्ष भण्डारीको भनाइ छ ।
बकैया खोलाबगर, रतनपुरी लाल खोलाबगर, सिगौंलस्थित बगर खोला, धन्सार खोला र चुरे फेद आसपासका ढुङ्गा यसरी नैं माफियाहरूले बिक्री गर्दै आएका छन् । राजमार्ग हुँदै टिपरका टिपर ढुङ्गा गइरहेको छ ।