$type=ticker$count=12$cols=4$cate=0

महान धरोहर मैथिलीका महाकवि विद्यापति

SHARE:

श्रीमन्नारायण
    मैथिली भाषाका महाकवि विद्यापतिको जन्म विक्रम संवत् १४०७ मा प्राचीन मिथिला र आधुनिक भारतको बिहार प्रान्तको दरभ·ा जिल्लाको विसफी भन्ने गाउ“मा भएको थियो । कार्तिक धवल (शुक्ल) त्रयोदशीमा उनको जन्म भएको थियो । विद्यापति जन्मेको गाउ“ विसफीमा प्रत्येक वर्ष विद्यापति स्मृति दिवस मनाइन्छ । कवि कोकिल विद्यापतिलाई भारतको बिहार, पश्चिम ब·ाल प्रान्त तथा हाम्रो देश नेपालले पनि आप्mनो देशको राष्ट्रिय विभूतिको रूपमा सम्मान दिंदै आएको छ र धरोहरको रूपमा मान्यता दिएको छ । महाकवि विद्यापतिलाई ब·ालीहरूले पनि आप्mनो कवि मान्दछन् जबकि नेपाली भाषा–साहित्य तथा संस्कृतिमा पनि विद्यापतिको प्रभाव परेकै हो ।
    बिहार सरकारले सन् १९६६ देखि नै विद्यापतिको टिकट पनि चलनमा ल्याएको छ । हाम्रँे देशमा पनि विद्यापतिको टिकट  चलनमा केही अघि आएको हो । भारत सरकारले मैथिली भाषालाई त्यहा“को संविधानको आठौं अनुसूचीमा उल्लेख गरी राष्ट्रभाषाको रूपमा मान्यता दिएको छ । हाम्रो देशमा राष्ट्रभाषा नेपालीपछि सर्वाधिक बोलिने दोस्रो भाषाको रूपमा मैथिली भाषाको स्थान अवश्य छ, तर यसले अहिलेसम्म त्यस अनुरूपको राजकीय संरक्षण र महŒव पाउन सकेको छैन । बर्सेनि गोष्ठी,, कवि सम्मेलन र स्मृति पर्वमा मैथिली भाषा तथा विद्यापतिको चर्चा हुनुबाहेक अन्य उल्लेखनीय कार्य हुन सकेको छैन । सरकारी राष्ट्रिय दैनिक ‘गोरखापत्र’को नया“ नेपाल पृष्ठमा एक महिनामा दुईपटक एक–एक पृष्ठ यसले अवश्य पनि स्थान पाएको छ तथा अन्य मातृभाषाहरूकै पङ्क्तिमा नै यस भाषालाई पनि मान्यता दिइएको छ । जबकि मैथिली भाषा, साहित्यको इतिहास निकै पुरानो छ तथा यो समृद्ध भाषा पनि हो । यसको लिपि पनि आप्mनै छ । यस भाषाले अनेकौं प्रसिद्ध कवि एवं साहित्यकारहरूलाई जन्माएको छ । महाकवि विद्यापतिको नाउ“मा जेजति अनुसन्धान र कार्यहरू हुनुपर्ने हो त्यति हुन सकेको छैन ।
    विद्यापति अलौकिक प्रतिभा र आशुकवि थिए । विद्यापतिका पदावलिको अनेकौं पदमा संस्कृतका शब्दहरूको पनि प्रयोग भएको पाइन्छ । उनी विशेषगरी शृ·ारकवि भएकाले राधा–कृष्णकै शृ·ारलीलाको वर्णन गरेका छन् । कतिपयले यिनलाई सूरदास र तुलसीदास जस्तै वैष्णवकवि पनि भनेका छन् तर यिनका बुवा शैव थिए फेरि यिनी स्वयंले महादेवको प्रशंसामा पनि निकै रचना गरेका छन् ।
    शैव भएर पनि यिनी एकै ईश्वरका रूप सम्झी शिव, विष्णु, देवी, सूर्य र गणेश सम्झी पञ्चदेवोपासना पनि गर्दथे । उदाहरणको निम्ति प्रत्येक घर, मन्दिर तथा धार्मिक अनुष्ठानमा बिहान–बिहान गाइने यो भजनलाई एउटा उदाहरणको रूपमा लिन सकिन्छ–
    जय जय भैरवि असुर भयावनि
    पशुपति–भामिनी माया
    सहज सुमति वर दिअओ गोसाउनि
    अनुगति गति तुअ पाया ।।    विद्यापति मिथिलाका राजाका कवि थिए । भनिन्छ आप्mनो आशुकवित्वका कारण नै उनले मुगल शासकलाई पनि मुग्ध पारी हिरासतमा रहेका आप्mना राजालाई मुक्त गराएका थिए । मिथिलाका प्रकाण्ड विद्वान् एवं पण्डित हरि मिश्र यिनका गुरु थिए । राजा शिवसिंहका यिनी दरबारी कवि थिए । हुनत त्यति बेलाका अधिकांश कविहरू नै कि त दरबारी अथवा भक्तिरसका कवि हुन्थे । विद्यापति बहुआयामिक प्रतिभाका कवि थिए । उनको काव्य रचनामा यी कुराहरूलाई सजिलै पाउन सकिन्छ ।
    विद्यापतिको एकान्त भक्तिबाट अत्यन्त प्रभावित भई साक्ष्ाँत् महादेव नै उगना नामधारी मनुष्य भई यिनका नोकर बनेका थिए । एक दिन उगनास“गैं यिनी यात्रामा रहेको बेला अचानक तिर्खाले च्यापेपछि विद्यापतिले उगनालाई कतैबाट पानी ल्याउन भनेछन्, त्यहा“ घना ज·लमा पानी पाउने सम्भावना कोसौं टाढासम्म थिएन, तर उगनाले लुकेर आप्mनै टाउको (जटा)बाट ग·ाजल झिकी यिनलाई पानी खान दिए । “यो त ग·ाजल पो रहेछ ? तिमीले कहा“बाट ल्यायौं ?” भनेर सोध्दा महादेवले साक्ष्ाँत् दर्शन दिए । “यो रहस्य कसैलाई पनि नभन्नू १ अन्यथा तिम्रो घरबाट भाग्छु” भनेर उगनाले जवाफ दिएका थिए । तर उपरोक्त रहस्यबाट अनभिज्ञ विद्यापतिकी पत्नीले नियमितभैंm कुनै सामान ल्याउन अ¥हाएकी रहेछिन् तर उगनालाई त्यो काम पूरा गर्न समय लागेपछि रिसले मुर्मुरिंदै उगनालाई दाउराले बेस्सरी ठटाउन थालेपछि सो अनर्थ खप्न नसकी विद्यापतिको मुखबाट अनायाश भन्न नहुने शब्द निस्किहाल्यो– “साक्षात् महादेवमाथि यत्रो प्रहार १” उनले यति के भनेका थिए उगना तत्कालै अन्तध्र्यान भए । महादेव (उगना)को विरहमा विह्वल हु“दै उनले चारैतिर विलाप गर्दै भनेछन्ः
    उगना रे मोरा कतयगेला ।
    कतय गेला शिव कि दहु“ भेला ११
    यिनी शृ·ाररसका कवि मात्रै थिएनन् । हास्य–शान्त वीरादिरसमय कविताहरू पनि यिनका पदमा प्रशस्त देखिन्छन् । यिनी संस्कृतका पनि ठूला विद्वान् थिए । विद्यापतिले मैथिली भाषामा श्रीमद्भागवत् पनि लेखेका छन् जसको नाम ‘भागवत पोथी’ भनी लेखिएको छ ।
    प्रकृतिको वर्णनमा यिनको कल्पनाले आकाश छोएजस्तो लाग्दछ । यिनका वसन्त र वर्षाको वर्णन दत्तचित्त भइसकेको खण्डमा परमानन्दको अनुभव हुने गर्दछ । मिलन, विरह, प्रेम, मान आदिको वर्णन पनि अवर्णनीय चमत्कारले परिपूर्ण छ । तीर्थ स्थानमा जाने–आउने बेलामा बिहा–बटुला आदिका म·लमय समयमा र देवदेवी मन्दिरमा गई दर्शन गर्ने समयमा समेत गाइने विद्यापतिका रचनाहरू कर्णप्रिय र चित्ताकर्षक हुने गर्दछ । पदावलीकै चमत्कारिताले आप्mना तत्कालीन राजाहरूबाट यिनले नवजयदेव, कविशेखर, कवि कण्ठहार, कविरञ्जन, दशवधान र कोमल–कान्त पद–चमत्कृत कवि वृन्दबाट ‘कवि कोकिल’ भन्ने समेत दुईवटा पदवी प्राप्त गरेका थिए ।
    मिथिला क्षेत्रमा त्यति बेला विद्यमान बेमेल विवाहप्रति कटाक्ष गर्दै विद्यापतिले एकजना युवतीको बिहे अपेक्ष्ाँकृत किशोर बालकस“ग हुनपुग्दा ती महिलाको व्यथालाई यसरी व्यक्त गरेका छन्ः
    पिया मोरा बालक हम तरुनी १
    कोन तप चुकलौंह भेलौंह जननी ११
    (लोग्ने बालक समान छन् जबकि म तरुनी भइसकेकी छु । मेरो तपस्यामा चुक भएकै कारण आप्mनै लोग्नेकी आमा बन्न पुगे ।)
    त्यसैगरी श्रीकृष्णकी प्यारी राधाले श्रीकृष्णलाई आप्mनो बाटो नरोक्न र घर जान दिन आग्रह गर्दै भन्छिन्ः
    कुन्ज भवन स“ निकसलि रे,
    रोकल गिरिधारी १
    एकही नगर बस माधव हे
    जनिकर बट–मारी ।
    छाडु कन्हैया मोर आ“चर रे
    फाटत नव सारी
    (आ“चल छाडिदिनु सारी च्यातिएला)
    अपजन होएत जगत भरि हे
    जनि करिअ उघारी
    (संसारभरि अपजश होला न नङ्ग्याइदिनुस् न ।)
    संगक सखि अगु आइलि रे
    हम एकसरि नारी
    दामिनी आए तुलाएल हे
    एक रात अंधारी
    भनहि विद्यापति गाओल रे
    (स·ीहरू अघि गइसके म एक्ली महिला छु । बिजुली चम्किरहेछ, अ“ध्यारो रात छ ।)
    सुन गुनमति नारी
    हरिक संग किछु डर नही हे
    तोंहे परम गमारी ।।
    (विद्यापति गाउ“छन्, हे गुणी नारी, कृष्णस“ग भएपछि केको डर र ग“वारजस्तो नगर १ )
    त्यसैगरी भावोल्लासमा परदेश गएका पतिको आगमनबारे शुभ–सूचना दिए कागको चुच्चोमा सुन बा“धिदिने लोभ दिंदै भन्छिन्ः
    मोरा रे आ“गनमा चनन केर गछिया
    ताहि चढी कुररये काग रे
    सोने चोंच बा“धिदेव तोए वायस
    जओं पिया आओत् आज रे ।।
    भावोल्लासकै एउटा अर्को पनि सुन्दर रचनाः
    सुतलि छलहू“ हम घरवा रे
    गरवा मोति हार ।
    राति जखन भिन्सरवा रे
    पिया आएल हमार ।।
    कर कौमल कर कपइत रे,
    हरवा उर टार ।
    कर पंकज उर थपइत रे
    मुख–चन्द निहार ।।
    केहन अभागलि बैरिनि रे,
    भागलि मोर निन्द ।
    (राति बिहानीपख लोग्ने आएको सपना देखिरहेकी आइमाईले आप्mनो लोग्नेको स्वागत गर्दै मीठो–मीठो कल्पना गरिरहेकी थिई त्यत्तिकै बेला निद्रा भ· हुन्छ र आपूmलाई अभागी ठान्दछे ।)
    विद्यापतिले ग·ा स्तुति पनि लेखेका छन्ः
    बड सुख पाओल तुअ तीरे ।
    छोडइत निकट नयन बह नीरे
    करजोरि विनय ओ विमल तंरगे ।
    पुन दर्सन होए पुनमति गंगे ।।
    एक अपराध छेमव मोर जानी
    परसल माएपाए तुअ पानी ।।
    कि करब तपतप जोग धेआने ।
    जनम कृतारथ एकहिं सनाने ।।
    भनइ विद्यापति समदओं तोडी
    अन्तकाल जनु विसरह मोही ।।
    (आप्mनो जीवन त्याग ग·ा नदी नजिक गरेको विद्यापतिले पवित्र ग·ाबाट टाढा हु“दा आप्mनो अश्रुधारा बग्ने गरेको प्रार्थना गर्दै एक्लो ग·ा स्नान नै जप, तप, योग र ध्यानभन्दा ठूलो कुरा हुन्छ भनेका छन् । पटक–पटक तिम्रो दर्शन गर्न पाऊ“ भन्दै उनले ग·ालाई आमा भन्दै आपूmलाई छोरा बताएका छन् । विद्यापतिका कालजयी रचना अथाह सम्पत्ति र धरोहर हुन् । महाकवि विद्यापतिलाई हामी पनि धेरै कुरा दिन सक्दछौं तर यसको निम्ति इमानदारी, खुला मन एवं त्याग  आवश्यक छ ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : महान धरोहर मैथिलीका महाकवि विद्यापति
महान धरोहर मैथिलीका महाकवि विद्यापति
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhIPMSDtRBlllAGC7CoPz6fvZFWqTcIAgXd2nJ_YN73psXjjnFvW4pGz9Wks5Iilf0S5JbS6Ew9hsINEF1uYae4hcjwp_C2nD6-OTdJfBOjQECt93wqrtg2b2SKn2NjrFarnall5-77P08/s200/sriman+narayan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhIPMSDtRBlllAGC7CoPz6fvZFWqTcIAgXd2nJ_YN73psXjjnFvW4pGz9Wks5Iilf0S5JbS6Ew9hsINEF1uYae4hcjwp_C2nD6-OTdJfBOjQECt93wqrtg2b2SKn2NjrFarnall5-77P08/s72-c/sriman+narayan.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/11/blog-post_72.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/11/blog-post_72.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy