प्रस, परवानीपुर, २४ कात्तिक/
वीरगंजमा भोजपुरी गीतसङ्गीतको सांस्कृतिक कार्यक्रम गर्न चुनौतीपूर्ण रहेको देखिएको छ।
असुरक्ष्Fाको कारण ठूलाबडा कलाकारहरूलाई वीरगंज बोलाएर कार्यक्रम गर्न समस्या पर्ने गरेको आयोजकहरूले बताएका छन्।
छठको भोलिपल्ट वीरगंजको आदर्शनगरमा यस्तै समस्या देखिएको हो। त्यो दिन सिटी डान्स एकेडेमी वीरगंजले भोजपुरिया तरङ्ग नामक कार्यक्रम आयोजना गरेको थियो, जसमा नेपालका स्थानीय गायक सुनील पण्डित र भारत विहारका भोजपुरी लोकप्रिय गायक रितेश पाण्डेलाई बोलाइएको थियो।
कार्यक्रममा दर्शकहरूले उत्पात नै मचाएको आयोजकले बताएको छ। केही व्यक्तिहरू बेलाबेलामा मञ्चमा गएर भीडभाड गर्ने, फोटो खिचाउने, हात मिलाउने, अँगालो मार्ने जस्ता कार्यले गर्दा सो कार्यक्रम आम दर्शकको लागि बेमज्जा भएको थियो ।
वीरगंजमा भोजपुरी कार्यक्रम आयोजना गर्दा सुरक्ष्Fाको प्रबन्ध नगर्दा आयोजकलाई ठूलो घाटा लाग्ने गरेको छ। उक्त कार्यक्रमको लागि अढाई सय र १ हजार दरका टिकट राखिएका थिए ।
१ हजार भिआईपीको लागि र अढाई सय आम दर्शकको लागि राखिएको टिकटमा अढाई सयका दर्शकहरू कार्यक्रम शुरू भएपछि मञ्चअगाडि उभिएपछि कार्यक्रम भाँडिएको थियो। कार्यक्रम सकिएपछि दर्शकहरूले भारतीय कलाकार रितेश पाण्डे, गायिका प्रियङ्कालगायतलाई घेरेर कपडा तानेर दुःख दिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
साथै आयोजक र कलाकारबीच लेनदेनको विषयमा पनि विवाद भएपछि गायक रितेश पाण्डे राति १२ बजे नै भारत फर्किएका थिए।