लागूऔषधको कुलतमा लागेकाहरू केसम्म गर्न सक्दा रहेछन् भन्ने कुरा सिम्रौनगढका युवाहरूले साइकल, मोटरसाइकलको ट्युब टाँस्न प्रयोग हुने सुलेसन सुँघ्ने काम गरेबाट थाहा हुन्छ। भारतसँगको सीमावर्ती बजारहरूबाट लागूऔषध ब्राउनसुगर, टिडिजेसिक, नाइट्रोभेट, डाइजेपाम, जस्ता लागूऔषध नेपाली युवाहरूले लुकाइछिपाइ भिœयाउने गरेका छन्। सीमावर्ती बजारहरू रक्सौल, घोडासहन, बैरगिनिया, सीतामढी, जोगबनी, सिलिगुढी, रूपैडिया आदि स्थानमा काठमाडौं, पोखरा, धरान, हेटौंडा, नारायणघाटबाट युवाहरू लागूऔषधको कारोबार, सेवनका लागि पुग्ने गरेको पाइएको छ। स्थानीय युवाहरूको कमै संलग्नता रहेको भएपनि पछिल्लो समयमा राम्रो कमाइ देखेपछि उनीहरू यो कारोबारमा संलग्न हुनुका साथै कुलतको शिकार पनि हुने गरेको पाइएको छ।
मकवानपुर र पर्सामा उत्पादित गाँजा, चरेस पर्साको विभिन्न नाकाबाट भारत पु¥याउने र भारतबाट ब्राउन सुगरलगायतका लागूऔषधहरू नेपाल भित्रिने क्रम लामो समयदेखि निरन्तर जारी छ। दुवै देशका प्रहरी प्रशासनले आआप्mनो क्षेत्रमा हुने यस्ता कारोबारलाई नियन्त्रण गर्न सीमा सुरक्षा बैठकमा प्रतिबद्धता जाहेर गरेको कारण अहिले यसको कारोबार देखावटीरूपमा भएको छैन तर यहाँबाट गाँजा र चरेस विभिन्न माध्यमबाट जाँदैछ भने उताबाट पनि विभिन्न माध्यमबाट आउने क्रम रोकिएको छैन। गाँजा चरेसबाट हामीलाई हानिनोक्सानी छैन भन्ने हाम्रो सोच छ भने त्यस्तै ब्राउनसुगरलगायतका लागूऔषधको शिकार भारतीय युवाहरू छैनन् भनी दुवै देशका सुरक्षाकर्मी, नागरिक समाज, राजनीतिक दलका नेताहरू लापर्बाह भएको कारण यहाँबाट पुग्ने गाँजा, चरेसबाट भारतीय युवाहरू र त्यहाँबाट आउने ब्राउनसुगरलगायतका लागूऔषधबाट नेपाली युवाहरू प्रभावित भइरहेका छन्।
लागूऔषधको सेवन खासगरी किशोरावस्थामा गरिन्छ । नशामा रमाउने यो उमेरमा लागूऔषधको नशाको कुलतमा लाग्नेहरू परिवार, समाज र देशका लागि समस्या बनेका छन्। एकपटक यसको कुलतमा लागेपछि जसरी पनि नशा चाहिने युवाले विभिन्न खाले जुक्तिहरूको उपयोग गर्न थालेका छन्। साइकल र मोटरसाइकलको ट्युब टाँस्ने काममा प्रयोग गरिने सुलेसन सुँघ्ने काम नशाको कुलतमा परेकाहरूको लागि अन्य विकल्प हो। नियमितरूपमा प्रयोग गर्ने नशाका सामानहरूको अभाव भएपछि जसरी पनि नशामा लिप्त हुनका लागि यो जमात जुत्ताको पालिस पाउरोटीमा जाम र बटर लगाएभैंm लगाएर नशाको अनुभव लिन्छ भने केही खुर्सानी टोकेर पिरोबाट नशाको अनुभव गर्छन्। अझ यो सबै विकल्प उपलब्ध हुन नसकेको बखत केहीले छेपारोसमेतबाट नशाको अनुभूति लिन्छन्। कुनै बेला काठमाडौं, पोखरा, धरान, नारायणघाट, हेटौंडाका युवा लागूऔषध सेवनमा अगाडि देखिएका थिए तर यसको ढुवानीमा स्थानीयहरू आकर्षित भएपछि उनीहरू पनि सेवनमा फस्दै गएर अहिले परिणाम हामीसामु छ।
दुवै देशका युवालाई यो कुलतबाट जोगाउने हो भने दुवै देशले यसको अवैध कारोबारलाई निरुत्साहित पार्ने योजना अघि सार्न जरुरी छ।