प्रस, वीरगंज, १३ मङ्सिर/
वीरगंज उपमहानगरपालिका कार्यालयले वीरगंजबाट प्रकाशित हुने साप्ताहिक पत्रिकालाई आर्थिक सहयोग दिने भनी गरेको पूर्वनिर्णयलाई कार्यान्वयन गर्ने सहमति गरेको छ। सोमवार भएको सहमति अनुसार २०७३ साउनदेखि नै मासिक ३ हजारको दरले वीरगंजबाट प्रकाशित भई प्रेस काउन्सिलको वर्गीकरणमा परेका साप्ताहिक पत्रिकाले सो सुविधा पाउनेछन् ।
नेपाल पत्रकार महासङ्घ, पर्साको पहलमा विभिन्न सञ्चारसम्बद्ध संस्थाहरूको सहभागितामा वीउमनपाका कार्यकारी अधिकृत पीताम्बर अधिकारीले साउनदेखि साप्ताहिक पत्रिकालाई मासिक रु. ३ हजारको दरले सुविधा उपलब्ध गराउनेमा सहमति जनाएका हुन्। प्रेस चौतारी नेपाल, पर्साले साप्ताहिक पत्रिकालाई सुविधा उपलब्ध गराउन मङ्सिर १० गते वीउमनपालाई ५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र दिएको थियो । सोही ज्ञापनको आधारमा आज वीउमनपाले नेपाल पत्रकार महासङ्घ लगायत पत्रकारसम्बद्ध अन्य सङ्घसंस्थासँग परामर्श गरी साप्ताहिक पत्रिकालाई मासिक ३ हजार रुपैयाँ सुविधा दिने जनाएको छ। अन्य पत्रपत्रिका, अनलाइन, एफएमलगायतका सञ्चारमाध्यमलाई विज्ञापन नीति बनाएर सुविधा उपलब्ध गराउने सहमति पनि वीउमनपाले गरेको छ।
बैठकमा नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष धु्रव साह, कोषाध्यक्ष एवं प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष्F अनुप तिवारी, प्रेस चौतारीका उपाध्यक्ष लालबाबू शेख, प्रेस युनियनका केन्द्रीय सदस्य विजय कुशवाहालगायतको सहभागिता थियो। सहमतिपत्रमा कार्यकारी अधिकृत पीताम्बर अधिकारी र महासङ्घका अध्यक्ष बन्जाराले संयुक्त हस्ताक्षर गरेका छन्।
यसअघि वीउमनपाले २०७१/१२/२ गते साप्ताहिक पत्रिकालाई मासिक २ हजार रुपैयाँ दिने सहमति गरेको थियो। सहमतिअनुरूप ४ महिना सुविधा उपलब्ध गराएको र त्यसपछि बन्द गरेको नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष बन्जाराले बताए।
वीरगंजबाट हाल २७ वटा साप्ताहिक पत्रिका प्रेस काउन्सिलको वर्गीकरणमा परेका छन्। वर्गीकरणमा रहेका साप्ताहिक पत्रिकालाई मात्र उक्त सुविधा उपलब्ध हुने बताइएको छ।