प्रस, वीरगंज, १२ मङ्सिर/
योग विज्ञान शिविर समितिको आयोजनामा आज राणी सति अतिथि सदनमा आयोजित रक्तदान कार्यक्रममा ६७ महिलासहित ३९७ जनाले रक्तदान गरेका छन् ।
रक्तसञ्चार केन्द्र, वीरगंजले हालसम्म आयोजना गरेको रक्तदान कार्यक्रममध्ये आजको सङ्कलन सबैभन्दा बढी भएको केन्द्रका प्रमुख प्रवीण मानन्धरले बताए । यस अघि वीरगंज युवा समाजले ३५२ पिन्ट रगत सङ्कलन गरी अग्रस्थानमा थियो भने नेपाल रेडक्रस सोसाइटी उपशाखा सिमरा ३४५ पिन्ट रक्तदान सङ्कलन गरी दोस्रो स्थानमा थियो ।
योग विज्ञान शिविर समितिका अध्यक्ष्F डा. उपेन्द्र महतो र योगगुरु रामदेव बाबाले संयुक्तरूपमा रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । रक्तदान कार्यक्रममा राजु साह, रामराज राजपूत, शम्भु घिमिरे, दीपक कर्ण, विजेन्द्र कुशवाहा, रोशन राई, राजकुमार सर्राफ, गजेन्द्र दास, सिमरन खड्का, मनीषा शर्मा, नवलकिशोर साह, नरेन्द्र यादव, मणिकुमार गुप्ता, हरिओम गुप्ता, स्नेहा झा, शारदा सिंह, तारा पारिख, रजत टिबडेवाला, निर्मला देवीलगायत ले रक्तदान गरेको प्रमुख मानन्धरले बताए । कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंज प्रमुख मानन्धरसमेत श्री राणी सति ज्योति मन्दिर र मारवाडी सेवा ट्रस्टलाई रक्तदान र शिविरमा योगदान पु¥याएबापत रामदेव बाबाले प्रशंसापत्रद्वारा सम्मान गरेका थिए ।
यसैगरी रामदेव बाबाले रक्तसञ्चार केन्द्र वीरगंजको स्तरोन्नतिको लागि ६ थान फ्रिज हस्तान्तरण गरे । मारवाडी सेवा ट्रस्टका कार्यकारी सदस्य एवं शिविरका संयोजक विजय सरावगीले केन्द्रलाई थप १ थान फ्रिज अविलम्ब उपलब्ध गराउने घोषणा गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति फुलमहम्मद मियाँले रामदेव बाबालाई रक्तदाता पिन प्रदान गरेका थिए । कार्यक्रममा केन्द्रका संयोजक भगवतीप्रसाद चौधरी, मारवाडी सेवा ट्रस्टका अध्यक्ष हीरालाल केडिया, बाबूलाल चाचान, विश्वनाथ गोयन्कालगायतको सहभागिता थियो ।