प्रमोद यादव, रङ्गपुर, १५ मङ्सिर/
वीउमनपाका नगर प्रहरी रामऔतारप्रसाद कुर्मी अपहरणमुक्त भएका छन्। गएराति उनी अपहरणमुक्त भएको प्रहरीले जनाएको छ।
हरपुर गाविसमा रहेको आप्mनो खेतको बाली लिन जाने क्रममा उनी मङ्सिर १३ गते साँझदेखि सम्पर्कविहीन भएका थिए। उनका छोरा विजय पटेलले बुबा अपहरणमा परेको अड्कल गरेका थिए। अपहृत कुर्मीले आपूm अन्दाजी १ बजे बिहान मधुवन मथवलको औराहामा जङ्गल क्ष्Fेत्रबाट अपहरणकारीको चङ्गुलबाट उम्केर भाग्न सफल भएको बताए। उनले जङ्गलबाट भागेर गाउँको परालको थुप्रोमा रात बिताएको र स्थानीयको मदतमा बिहान प्रहरी र छोरालाई खबर गरेको बताएका छन्।
अपहृत कुर्मीले धानबाली लिन जाने क्रममा खेतमा खानपिन गरी सुतेको अवस्थामा चार/पाँचजनाको समूहमा आएका हतियारधारीले अपहरण गरी जङ्गल लगेको बताए। उनले अपहरण गर्नेहरूको पहिचान हुन नसकेको बताएका छन्। अपहरण किन र केका लागि गरेको भन्नेबारे पनि खुलेको छैन।
इप्रका एकटाँगाका प्रनानि लक्ष्मण गौतमले अपहृत कुर्मी प्रहरी सम्पर्कमा आएपछि प्रहरी उपरीक्ष्Fकलाई खबर गरेको बताए। घटनास्थलमा पुगेका प्रहरी उपरीक्ष्Fक गोविन्द साहले अपहरणबारे अनुसन्धान भइरहेको बताए। उनले घटनाबारेमा एकजना चन्द्रदेव रामलाई नियन्त्रणमा लिएको जानकारी गराएका छन्। राम अपहृत कुर्मीको खेतको काम हेर्दै आएका व्यक्ति हुन्। अपहरण भएको दिन राम र कुर्मी सँगै सुतेका थिए। कुर्मीलाई अपहरण गरी लग्दा उनले बोलाउँदासमेत नउठेको कारण अपहरणमा रामको संलग्नता हुन सक्ने प्रहरीले आशङ्का गरेको छ।