प्रस, वीरगंज, १२ मङ्सिर/
तराई–मधेस सद्भावना पार्टी, पर्सा शाखाले आज वीरगंज नगरलाई धूवाँ, धूलोमुक्त बनाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्पmत् अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ ।
तमसपा, पर्साका अध्यक्ष्F वीरेन्द्र यादवले प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै वीरगंज भन्सारबाट देशको ६० प्रतिशत राजस्व सङ्कलन हुने गरेको तर सडकको अवस्था जीर्ण हुँदै गएकोमा राज्यले कदम नचालेको कारण अर्थ मन्त्रालयबाट छुट्टै योजना ल्याउनुपर्ने माग गरेका
छन् ।
धूवाँ, धूलोको कारण वीरगंजवासी आजित भएको र कष्टकर जीवन बिताइरहेकोप्रति ध्यानाकर्षण गराउँदै वीरगंज भन्सारबाट सङ्कलन हुने राजस्व स्थानीय स्वायत्त ऐन अनुसार ५ प्रतिशत वीरगंज नगरलाई उपलब्ध गराउन अर्थ मन्त्रालयसँग मागसमेत गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ घिमिरेले तमसपाले चालेको कदम सराहनीय भएको र धूवाँ, धूलोको कारण आपूm पनि अस्वस्थ भएकोप्रति चिन्ता व्यक्त गर्दै नगरवासीको लागि सक्दो सहयोग गर्ने बताए । उनले आजै ज्ञापन अर्थ मन्त्रालयमा पठाउने जानकारी गराए ।