प्रस, वीरगंज, १५ मङ्सिर/
साढे तीन दशक पहिले भारतको रक्सौलस्थित कृष्णा टाकिज हल क्षेत्र मासुको परिकार तासको लागि चर्चित थियो। कृष्णा टाकिज बन्द भएपछि तास खाने पारखीहरूको आवतजावतमा कमी आयो र ती पसलहरू बन्द भए।
त्यसपछि अढाई दशकदेखि वीरगंजमा दुई परिवारले मासुको परिकार तासलाई आयस्रोतको माध्यम बनाएर जीविकोपार्जन गर्दै आएका छन् । वीउमनपा–१४, श्रीपुरमा रहेको विश्र्वको तासपसल र आदर्शनगरस्थित पुरानो अप्सरा सिनेमा हल रहेको स्थानमा सञ्चालित सागर होटल तासको लागि चर्चित छन्। पुरानो बसपार्क छँदा दिनानाथ सोनारले सञ्चालनमा ल्याएको तासपसल १७ वर्षपछि उनले छोरा सुग्रीमलाई जिम्मा लगाएपछि सुग्रीमले सात वर्षदेखि तासको व्यापार गर्दै आएका हुन्।
तासपसलबाट दिनानाथले दुई छोरा, एक छोरीको भरणपोषण गरी घरजमसमेत गराइसकेका छन् भने अहिले सुग्रीमले आप्mना चार छोराछोरीको जीविकोपार्जन पनि त्यही तासपसलबाट गरिरहेका छन्।
बुबाले ७५० ग्राम मासुको तास बनाएर शुरू गरेको पसल बीचमा दैनिक २० किलोसम्म बिक्री हुने गरेको सुग्रीमले बताए। अहिले दैनिक १० किलोसम्म तासको खपत रहेको र त्यसबाट दैनिक ३ हजार रुपैयाँको हाराहारीमा मुनाफा हुने गरेको उनले बताए।
शुद्ध शाकाहारी मारवाडी बस्ती रहेको तथा बसपार्क पनि धेरै पहिले सरिसकेको कारण ग्राहकहरू आउन छाडेको अवस्थामा दैनिक १० किलो मासु खपत गराउनु चुनौतीको विषय भएको उनले बताए। उनले धेरै पुरानो पसल भएको कारण भारत र नेपालका विभिन्न स्थानबाट मानिसहरू बेलाबखत आउने गरेको बताए ।
त्यस्तै, वीउमनपा–१४ मा रहेको विश्र्व भन्ने ‘बिर्खे’को तासपसल यतिखेर सबैको लागि चर्चाको विषय बनेको छ। गाउँदेखि शहरका तास खाने पारखीहरू उनको पसलमा दिउँसो १ बजेदेखि आउने गर्छन् । दैनिक २५ देखि ३५ किलो खसीको मासुको तास बनाएर बिर्खेले ग्राहकहरूलाई तृप्त पार्दै आएका छन्। तासको बिक्रीबाट दैनिक न्यूनतम ५ हजार रुपैयाँ आम्दानी गर्दै आएका बिर्खेका दुई छोरा पनि यही पेशामा संलग्न छन्। एउटा छोरा बिबिए र अर्को छोरा प्लस टुमा अध्ययन गर्दै बुबाको व्यवसायलाई सघाइरहेका छन्। अर्को छोरा भने अन्य व्यवसायमा संलग्न छ।
बिर्खेले पनि २३ वर्षदेखि यो व्यवसाय अपनाएका हुन्। उनले शुरूमा माछा बेच्थे भने त्यसपछि भूँडी अनि बोइलर कुखुराको तास र अहिले खसीको मासुको तास बेच्छन् ।