प्रस, वीरगंज, १३ मङ्सिर/
काठमाडौं–तराई निजगढ द्रुतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सङ्घर्ष समिति पर्सा, बारा, रौतहटले सोमवारदेखि वीरगंजको घण्टाघरमा हस्ताक्षर अभियान शुरू गरेको छ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष्F प्रदीप केडियाले हस्ताक्षर गरी अभियानको शुभारम्भ गरेका थिए। कार्यक्रममा अध्यक्ष्F केडियाले विगत लामो समयदेखि सरकारले ल्याएको योजना विभिन्न कारण देखाउँदै अलपत्र परेकोमा दुःख व्यक्त गरे। राष्ट्रियस्तरको द्रुतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि बारा, पर्सा, रौतहटमात्र होइन, सम्पूर्ण नेपालकै विकास हुने भएकोले वीउवासङ्घले यो अभियानलाई समर्थन गरेको उनले बताए।
सङ्घर्ष समितिले मङ्सिर १७ देखि १९ गतेसम्म निजगढ–काठमाडौं पदयात्रा गर्ने जनाइएको छ। मङ्सिर १७ गते निजगढको शहीदचोकबाट सङ्घर्ष समितिका पदाधिकारीहरूले निजगढदेखि काठमाडौंसम्मको पदयात्रा गर्ने भएका छन् ।
सङ्घर्ष समितिका अध्यक्ष्F रविराज डङ्गोलको सभापतित्वमा भएको कार्यक्रममा वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश शर्मा, सुबोध गुप्तालगायत पदाधिकारीहरूको उपस्थिति थियो।