एकताका देशभरि नै साझा यातायातको बिगबिगी थियो। जहाँ जानुपरे पनि साझा उपलब्ध थियो। साझाले नेपालको यातायात सेवालाई मानक पनि बनाएको थियो। सीटभन्दा बढी मान्छे नराख्ने, समयमा हिंड्ने र समयमा पु¥याउने साझा यातायातको विशेषता थियो। तिनताक मानिस रात्रियात्रा गर्दैनथे वा रात्रिसेवाको यातायात साधनहरू सञ्चालनमा आएका थिएनन्। प्राइभेट बसहरू पनि दिउँसो मात्र चल्थे। साझा थलिन थालेकै बेला भैंसे भएर कुलेखानी हुँदै राजधानी जाने छोटो दूरीको बाटो खुलेपछि र त्यहाँ टाटा सुमो गाडीहरूको एकाधिपत्य भएपछि मानिस यही बाटो हिंड्न थाले। त्यसै कारणले हो वा किन हो, प्रायः यस भेगबाट राजधानी जानका लागि रात्रिबसबाहेक धरै रहेन। एकदुई पटकका लागि त रात्रिबस रोमाञ्चक हो, तर पछि पट्यारलाग्दो भयो। मानिससँग विकल्प थिएन। कि टाटा सुमोमा कोचिएर दिउँसो यात्रा गर, होइन भने रात्रिबसबाहेक आरामसँग राजधानी पुग्न विकल्प नै छैन। यसैबीच राजधानीमा साझा यातायात खुलेको खबर आएको छ। साझा यातायातको सेवा अन्यत्र पनि विस्तार हुने समाचार आएको छ।
बितेको दुई दशक पहिले साझाको आनन्द लिएका यात्रीहरूका लागि यो खुशीको खबर हो। साझा यातायात सञ्चालन भयो भने सस्तो दरमा, समयमा हिंड्ने र गन्तव्य पुग्ने तथा दिउँसो यात्रा गर्ने आनन्द फेरि प्राप्त हुन सक्छ। थोरै दिनका लागि सही, साझाले फेरि एकपटक देशमा आप्mनो उपस्थिति जनाओस् भन्ने चाहना प्रत्येक नेपालीको छ। थोरै दिनका लागि किन भनिएको हो भने नेपालमा सरकारले चलाएको कुनै पनि उद्यम आजसम्म सफल देखिएको छैन। सरकारले सञ्चालन गरेको उद्योगहरू एकएक गरेर धराशायी बने। यातायातका साधनहरू जीर्ण भए, के ढुवानीका साधन के यात्रुवाहक बसहरू सबै सखाप भए। रोपवे त आजको पुस्ताले नेपाल पनि चल्थ्यो भनी आश्चर्य व्यक्त गर्ने यथार्थ बन्न पुग्यो। साझा जति थलियो, त्यहाँ काम गर्नेहरूले महलमाथि महल खडा गरे। नेपाल वायुसेवा निगम होस् वा ट्रलीबस सबैको नियति एउटै देखियो। लाज पचाउनैका लागि मात्र वायुसेवा भने निरन्तर उडानमा छ, अन्यथा सबै सरकारी उद्योग र सेवाहरूको अवस्था एकैनासको देखिएको छ। आज मुलुकभरि सडकहरू फराकिला बनाइँदैछ। के राजधानी, के मोफसल सडक फराकिलो बनाउने अभियान नै चलेको छ। यस्तोमा साझा एकपटक फेरि जुर्मुराएको छ ।
कुनै पनि देशमा यातायातका सरकारी साधनहरू सस्तो नै हुन्छ, नियमित हुन्छ र जनतालाई सर्वश्रेष्ठ सेवा दिएको हुन्छ। यस मामिलामा चलुन्जेल साझाले पनि अनुकूल सेवा दिएको हो। विगतका तीता अनुभवबाट पाठ सिकेर सरकारले साझाको बस देशभरि सञ्चालन गर्न सक्यो भने जनताले समान शुल्कमा देशभरि यात्रा गर्न सक्दथे। कम्तिमा कम्युनिस्ट सरकारको पनि उद्देश्य पूरा हुने थियो। गरीबका लागि सस्तो सेवा वामपन्थी अर्थनीतिको मर्म नै हो। अहिलेको सङ्क्रमणकालीन राजनीतिक यथार्थलाई हेर्दा एउटा संसदीय कार्यकालमा कम्तिमा दुईपटक त साम्यवादीहरूको सरकार बन्ने निश्चितजस्तै देखिन्छ। तिनका उद्देश्य र राजनीतिक सिद्धान्तलाई पनि साझाले भरथेग गर्ने थियो। हुनत राजनीतिक सिद्धान्त जतिकै फरक भए पनि खाने र कमाउने मामिलामा के वामपन्थी, दक्षिणपन्थी वा उदारवादी नेपालका सबै राजनीतिक दलहरूको नियत सधैं एकैनासे रहने गरेको छ।