प्रस, निजगढ, २४ कात्तिक/
तराई—काठमाडौं जोड्ने राष्ट्रिय गौरवको योजना फास्ट ट्रयाक (द्रुतमार्ग) बर्सेनि पुरिंदै गएको छ।
बाराको निजगढस्थित चुरे पहाड हुँदै ललितपुरको खोकना–काठमाडौ निस्कने दु्रतमार्गका अन्य कामलाई सरकारले निरन्तरता नदिंदा सो मार्ग पुरिंदै गएको हो। सरकारले निर्माण प्रक्रियालाई छिट्टै शुरू गर्ने जनाए पनि अन्य बाँकी कार्य नगर्दा राष्ट्रिय गौरवको योजनामध्येको सो फास्ट ट्रयाक अलपत्र बनेको हो।
यसैगरी निजगढमैं बन्ने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको पनि चार किल्ला छुट्याउने कामबाहेकको अन्य काम अघि बढेको छैन। राष्ट्रिय गौरवको योजनामध्ये अन्तर्राष्ट्रिय विमानस्थल पनि छिट्टै शुरू गर्ने सरकारले घोषणा गरेको थियो। मुलुकमा सरकार परिवर्तनसँगै नयाँ प्रधानमन्त्रीले अन्य राष्ट्रिय गौरवका योजनासँगै फास्ट ट्रयाक र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुरा चर्कोसँग उठाउने गर्छन् । तर कामले निरन्तरता भने पाउँदैन। यसअघि पटकपटक संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले अनुगमन गरी सरकारलाई चाँडै निर्माण गर्न निर्देशन दिइसकेको छ।
केही वर्षअघि नेपाली सेना लगाएर दु्रतमार्गको ट्रयाक खोलिए पनि अहिले पहिरोका कारण ट्रयाक पुरिने र भत्किने गरेको छ। यसलाई पुरानै अवस्थामा फर्काउन फेरि राज्यको केही करोड खर्च हुने देखिन्छ।
पूर्व—पश्चिम राजमार्ग बाराको निजगढ सडकदेखि काठमाडौंसम्म ७६ किलोमिटरको दूरी हुने भनिएको सो मार्गलाई अभैm १० किलोमिटर
छोट्याउन सकिने निजगढका स्थानीय कृष्णप्रसाद दाहाल र रुद्रप्रसाद तिमल्सिनाले बताए ।
उनीहरूका अनुसार मकवानपुरको तीरतिरे धारा, सानो सुधा, कर्मचुली, पावस, भर्डवा हुँदै पुनः दु्रतमार्गको ट्रयाकसँग जोडिए अहिलेको मार्ग अभैm छोटो हुनेछ।