प्रस, वीरगंज, १५ मङ्सिर/
कृषि विकास बैंक, वीरगंज शाखामा आइतवार राति भएको चोरी घटनाको छानबिन गर्न बैंकको केन्द्रीय कार्यालयबाट तीन सदस्यीय टोली वीरगंज आएको छ ।
सो घटनामा शाखाको तिजोरीमा रहेको सुनमध्ये ७२ तोला सुन र ७४५ ग्राम चाँदी चोरी भएको बैंकले जनाएको छ। चोरीबारेमा अनुसन्धान गर्दा यो तथ्य फेला परेको हो। घटनालगत्तै केन्द्रीय कार्यालयबाट छानबिन गर्न विनोदकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोली आएको छ। टोलीले तिजोरीको साँचो जिम्माबारेमा खोजीनीति गर्नुका साथै घटनाको प्रकृतिबारे पनि अनुसन्धान गरिरहेको छ।
२० वर्षअगाडि खरिद भएको तिजोरीको साँचो कसको जिम्मामा थियो भन्ने कुरा खुलिनसकेको कृषि विकास बैंक क्षेत्रीय कार्यालय वीरगंजका प्रमुख चुडामणि शर्माले बताए। उनले बैंकको तथ्याङ्क अनुसार २० वर्षअघि तिजोरी खरिद गरिएको देखिए पनि सोको साँचो ककसको जिम्मामा रहेको भन्ने बारेमा तथ्य खुलेको छैन।
नियमतः तिजोरीको एक थान साँचो शाखा प्रबन्धक, अर्को साँचो खजान्ची र तेस्रो साँचो क्षेत्रीय कार्यालयको जिम्मेवारीमा रहेको देखिन्छ। यी तीनवटा साँचोमध्ये दुईवटा साँचोबाट मात्र तिजोरी खुल्ने गरेको छ। शाखा प्रबन्धक र खजान्ची अथवा क्षेत्रीय प्रबन्धक र खजान्चीको संयुक्त साँचोबाट तिजोरी खुल्छ।
वीरगंज शाखाबाट आइतवार चोरी भएको घटनामा पनि दुईवटा साँचोको प्रयोग भएको हुनुपर्ने बताइएको छ। दुईवटा साँचो शाखामा र एउटा साँचो क्षेत्रीय कार्यालय वीरगंजमा पठाउनुपर्नेमा सो साँचोबाट तिजोरी खोलेको हुन सक्ने अनुमान गरिए पनि अर्को साँचो चोरले कसरी प्रयोगमा ल्यायो भन्नेबारेमा अनुसन्धान केन्द्रित छ।
प्रहरीले चोरीकाण्डमा बैंक कर्मचारीको मिलेमतो भएको ठम्याए पनि कुन कर्मचारीको मिलेमतो भन्नेबारेमा यकिन गर्न सकेको छैन। प्रहरीले चारजना सुरक्ष्Fागार्डलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकोमा एकजना कसूरवार नदेखिएपछि छुटेको छ भने बाँकी तीनजनालाई हिरासतमा राखेको छ।