प्रस, निजगढ, १४ मङ्सिर/
शिलाभूमि अहिले ९ वर्षकी भएकी छन्। उनी निजगढ नगरपालिका–७ स्थित सत्यश्वर शिवशक्ति निम्न माविमा पढ्दै छिन्। शिलाभूमि अनाथ बालिका हुन्।
शिलाभूमि लजालु स्वाभावकी छन् । शुरूदेखि नै यसै विद्यालयमा पढ्दै आइरहेकी छन्। उनी पढ्नमा राम्रो बन्ने प्रयासमा छिन्। दैनिक विद्यालय आउने र मन लगाएर पढ्ने बानी शिलाभूमिको रहेको शिक्षिका पुन्नी रानाले बताईन्। “हामीले सम्पूर्ण विद्यार्थीसँगै शिलाभूमिको पढाइमा ध्यान दिइरहेका छौं,” शिक्षकहरू रामशरण सुवेदी र उमेश स्वर्णकारले बताए।
नर्सरीदेखि अहिले ४ कक्षासम्म आइपुग्दा शिलाभूमिको पढाइ सन्तोषजनक रहेको विद्यालयका प्रअ गोपाल थापाले बताए। जसले जन्म दिए पनि जसको सन्तान भएपनि पालनपोषण गर्ने आमा शान्ता विक भएकीले राज्यबाट पाउने सेवा, सुविधा शिलाभूमिले पाइरहेको प्रअ थापाले बताए। शान्ताको भाइकी छोरी कञ्चन, आप्mनै छोरी प्रेरणासँगै शिलाभूमि पनि विद्यालय जान्छिन्। यिनलाई अर्काको सन्तान पालेको जस्तो गरी शान्ताले राखेको देखिंदैन्। यिनै लालाबाला हुर्काउन, पालनपोषण गर्न शान्ता कतार गएकी छन्। केही वर्ष काठमाडौंमा काम गरेकी शान्ता १ वर्षदेखि कतारमा छिन्।
शिलाभूमि २०६३ भदौ ११ गते बिहान करिब ११ बजे बाराको जङ्गलमा भेटिएकी हुन्। राजमार्ग निजगढस्थित धन्सार पुलदेखि करिब डेढ किलोमिटर दक्षिणतर्पm शिलाभूमि भेटिएकी हुन्। सालनालसहित उनलार्ई घनाजङ्गलको झाडीमा फालिएको अवस्थामा भेटिएको हो। त्यस बेला यस घटनाले निकै चर्चा पाएको थियो।
शरीरभरि धमिरा र कमिलाले घेरिएको जीवनमरणको दोसाँधमा उनी भेटिएकी हुन्। शिलाको चित्कार र रोदन त्यस आसपास घाँस, दाउरा, सोत्तर लिन जाने गाउँलेहरूले सुनेर फेला पारेका थिए। तीमध्ये बारा निजगढ–१ घर भएकी शान्ता विकले शिलालाई पुनर्जन्म दिएकी हुन्।
साथमा रहेका अन्यले स्वीकार गर्न अघि नसरेपछि शान्ताले आपूmले पाल्ने भन्दै शिलाको जिम्मा लिएकी थिइन्। त्यस बेलादेखि शान्ताको साहस र मानवप्रतिको सच्चा सेवालाई सबैले प्रशंसा गरेका थिए।
दुई छोरीकी आमासमेत रहेकी शान्ताले जीवनमरणको दोसाँधमा रहेकी अबोध शिलालाई तेस्रो सन्तानको रूपमा हुर्काउन अहिले पनि ठूलै कसरत गरिरहेकी छन्। श्रीमान् तथा घरपरिवारका सदस्यहरूको सधैंको किचकिच सहन गर्न नसकेर निजगढस्थित माइतीघरमैं शान्ताले आश्रय लिई ज्याला मजदुरी गरी जीवन चलाउँदै आएकी थिइन्।
माइतीका बुबाआमा, दाजुभाउजू, भाइबुहारीको साथ पाएरै शान्ताले शिलालाई पालनपोषण गर्ने साहस बटुलेकी हुन्। शान्ति विदेशिए पनि बुबा दिलबहादुर विश्वकर्मा र आमा विष्णुमायाले आप्mना नातिनातिनीसँगै शिलाभूमिको पनि हेरचार गर्दै आइरहेका छन्।
त्यस बेला एउटा काखमा छोरी प्रेरणा र अर्को काखमा शिलालाई राखी दूध चुसाउँदै शान्ताले एक महान् कार्य शुरू गरेकी थिइन्। कान्छी छोरी पे्ररणा डेढ वर्षकी हुँदै उनले शिलालाई पुनर्जीवन दिन तम्सिएकी हुन्।
छोरी शान्ताको आँटलाई हामीले
साथ मात्र दिएका हौं। भगवान्ले यहाँसम्म ल्याइ पु¥याउनुभएको छ। धनले
छोरी शान्ता गरीब भएपनि उदाहरणीय कार्य गरेकीमा घरपरिवारको मात्र
हैन, सबै गाउँलेको धन्यवादकी पात्र
शान्ता बनिरहेकी छन्। त्यति बेला गाउँलेहरूले जङ्गलमा भेटिएकी त्यस बालिकाको नाम शिलाभूमि राखिदिएका थिए।