–कुमार रुपाखेती |
एउटा शिकारीले चरा समात्न ठूलो जाल थापेछ। केही बेरपछि त्यो जालमा अजङ्गका बलिया र ठूला एकै जातका दुई चरा फसेछन्। ठूला चरा जालमा फसेको देखेर शिकारी दङ्ग पर्दै जालतिर बढ्न थाल्यो, यो देखेर जालमा परेको एउटा चराले अर्को चरालाई भन्यो –“हामी बलिया छौं, शिकारी आउनु अघि हामीले एक भएर प्रयत्न ग¥यौं, बल प्रयोग ग¥यौ भने यो जालसहित उडेर जान सक्छौं। दुवैले प्रयत्न गरे र जालसहित उड्न थाले। अनि शिकारी पनि जता चरा उठ्थे, त्यतै पछिपछि दगुर्न थाल्यो। बाटोमा एउटा साधुले शिकारीलाई यसरी हताश हुँदै किन दगुरेको भन्दै रोक्न खोज्दा जालसहित उडिरहेको आप्mनो शिकार
(चराहरू)लाई देखायो। अनि साधुले शिकारीलाई सम्झाउँदै भन्यो– “अब व्यर्थ छ प्रयत्न नगर।”
तर ती चराहरूको गुण–अवगुणबारे जानकार शिकारीले भन्यो– “साधु महाराज, मलाई यी चराहरूको स्वभावबारे जानकारी छ। यी घमण्डी जातका चरा हुन्, केही बेरपछि यी तँ ठूलो कि म ठूलो, तँ बुद्धिमान कि म, तँ बलियो कि म भन्दै तँछाडमछाड गर्छन्, झगडा गर्छन्, थाक्छन् अनि भुइँमा पछारिन्छन्।” फेरि चराहरूको पछिपछि दगुर्न थाल्यो। नभन्दै उड्दाउड्दै एउटा चराले अर्कोलाई भन्यो– “म कति बुद्धिमान छु, मेरो बुद्धिले काम ग¥यो, हामी जालसहित उड्यौं र हाम्रो ज्यान जोगियो।” यो सुनेर अर्को चराले भन्यो– “तिम्रो बुद्धिले होइन मेरो तागतले नै यो जालसहित हामी उड्न सफल भयौ, तिम्रो बुद्धिभन्दा मेरो तागतले हामी बाँच्यौं।” त्यसपछि उनीहरू उड्दाउड्दै एकापसमा लड्नथाले, नङ्ग्राले चिथोराचिथोर गर्न थाले, पखेटाले हानाहान गर्न थाले, एकअर्कालाई टोक्न थाले अनि रगताम्य भए, थाके र जालसहित भुइँमा बजारिए अनि शिकारीले जाल र शिकार दुवैलाई कब्जामा लियो।
अहिले नेपालको संविधान २०७२ को हविगत यस्तै छ। तीन ठूला शक्तिशाली दल मिलेर समयमा संविधान बनाए। बिचौलियाहरूको कुरा सुनेनन्। तर जब यिनमा सत्ताको मोह र तँभन्दा म ठूलो, म ताकतवर भन्ने भ्रम पैदा भयो अनि संविधान कार्यान्वयनमा मात्र होइन, संविधान नै सफल नहुने संशय पैदा भएको छ। मधेसवादी दलले सुनमा सुगन्ध थपे ।
हामी केटाकेटी हुँदा अल्छी खरायो र कछुवाको कथा चाख मानेर सुन्थ्यौं। खरायो र कछुवाको रेसमा कछुवाले जित्छ र कथा समाप्त हुन्छ तर अचेल यो कथा अलि लम्रेको छ। पराजयपछि खरायोले फेरि रेस (दौड)को लागि कछुवालाई अनुरोध गर्दछ। उत्साहित कछुवाले ओके भन्छ। तर यसपालि खरायो अल्छी मान्दैन र लगातार दौडिएर कछुवालाई हराइदिन्छ।
त्यसपछि कछुवाले खरायोलाई पुनः रेस (दौड) प्रतियोगिताको लागि राजी गर्छ तर रूट परिवर्तन गरेर दौडिन खरायोलाई राजी गर्छ । प्रतियोगिताको नयाँ रूटमा एउटा सानो खोला पर्दोरहेछ, खरायो खोला पार गर्न सक्दैन र पछि अबेर आउने कछुवाले मजाले खोलो पार गर्छ र प्रतियोगिता जित्छ। यो हारजीतले उनीहरूलाई एकअर्काको नजिक ल्याउँछ, एक अर्कालाई चिन्ने अवसर प्राप्त हुन्छ र उनीहरू अभिन्न मित्र बन्दछन्।
अचेल उनीहरूबीच विजय–पराजयको रेस चल्दैन। समतल भूमिमा खरायोले कछुवालाई आप्mनो पिठ्युँमा बोकेर हिंड्छ भने, नदी, नाला, खोल्सा, खोलामा कछुवाले पिठ्युँमा राखेर खरायोलाई पारी पु¥याउँछ र दुवैले एकअर्कालाई बराबरीको प्रतिद्वन्द्वी होइन सहयोगी ठान्दछन्।
हाम्रो मुलुकमा समयमा संविधान त आयो तर प्रारम्भमा खरायो र कछुवाबीचको सम्बन्धभन्दा माथि राजनैतिक दलहरू उक्लिन नसक्नाले व्यथा झन्झन् बल्झिदै गयो। दलहरू सहयोगीभन्दा प्रतिद्वन्द्विताको पथमा अग्रसर हुँदै गए र संविधान कार्यान्वयन आकाशको फल साबित हुँदै गयो।
दलहरूले अब माथि उल्लिखित चराहरू जस्तै दम्भ देखाउन त्यागेर, कालान्तरमा कछुवा र खरायोभैंm सहयोगी र मित्रवत् व्यवहार प्रदर्शन गर्न सके मात्र यो मुलुक, यहाँको जनताले शान्तिको साँस फेर्न पाउने छ। जनता र मुलुकको मुहार फेरिनेछ।
अहिले हामी देखिराख्या छौं सत्ताधारीहरू संविधान संशोधन हुने, समयमा स्थानीय निर्वाचन सम्पन्न हुने कुरा फलाकिरहेका छन् भने अर्कोतिर सत्ताविहीन मधेसवादी दलका नाइकेहरू हामी सन्तुष्ट छैनौं, संविधान मान्दैनौं, निर्वाचन हुन दिंदैनौ भन्ने हुँकार लगाइरहेका छन्। सबैलाई थाहा छ तातै खाउँ, जरी मरुँ भन्ने नीति सर्वथा गलत हो र अबको जमानामा सर्वस्व लुटाउने, टाट पल्टिने राजा हरिश्चन्द्र कतै पाइँदैन ।
अनावश्यक टेटाकचेला गर्नुभन्दा मधेसवादी दलहरूले आउँदो निर्वाचनलाई एउटा अवसरको रूपमा उपयोग गर्दै बढीभन्दा बढी जनप्रतिनिधि जिताएर सरकारवादी दलहरूलाई आप्mनो शक्तिको परिचय दिनुको साटो सदाबहार टेटियाही गरेर आपूm कमजोर रहेको दर्शाइरहेको भान हुन थालेको छ। सबैलाई थाहा छ सारा मधेसवादी दलहरू मिलेर लामै आन्दोलन गरे, थोरबहुत संविधान संशोधन हुँदैछ, जुन मधेसवादीहरूको हितमा नै छ अनि किन ‘आ बैल मुझे मार’ गरिराख्या होला। अजङ्गको शक्तिशाली झगडालु चराभन्दा शान्त र सहयोगी विचारको खरायो र कछुवा किन नबन्ने ? ओम शान्ति १