प्रस, पथलैया, १४ मङ्सिर/
नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमति नै संविधान कार्यान्वयन रहेको भन्दै त्यसको विकल्प अहिले नरहेको बताएका छन्।
प्रेस चौतारी नेपाल, बाराले सिमरा विमानस्थलमा मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेका पूर्वअध्यक्षसमेत रहेका खनालले राष्ट्रिय सहमतिका लागि संविधान कार्यान्वयनलाई अघि बढाउनुपर्ने बताए।
संविधान संशोधन गर्ने कुराको कुनै अर्थ नरहेको भन्दै खनालले एमालेलाई एक्लाएर संविधान संशोधन सम्भव नरहेको बताएका छन्। एमालेको सहमतिबिना कसैले त्यो प्रयास गरे, त्यसको प्रतिवाद गर्ने खनालको भनाइ थियो। राष्ट्रिय सहमति बनाउन र संविधान कार्यान्यवन गर्ने कुरामा एमाले तयार रहेको भन्दै खनालले एकताबद्ध भएर अघि बढ्न सत्तारूढ दलसँग आग्रह गरे।
संविधान संशोधनको कुरामा सत्तारूढ दलले पुनर्विचार गर्नुपर्ने भन्दै खनालले एमालेसँग एकताबद्ध भएर अघि बढ्नुको अब विकल्प नरहेको बताएका छन्। प्रादेशिक विवादको कुरा अघि सारेर संविधान संशोसनको प्रस्ताव ल्याइएको भन्दै खनालले संशोधन नै गर्नुपरे पनि निर्वाचित प्रदेशसभाको स्वीकृति लिएर मात्रै त्यो सम्भव रहेको बताए।
झन्डै १९ वर्षदेखि स्थानीय निकायको निर्वाचन हुन नसकेको मुलुकलाई अघि बढाउन निर्वाचनको तयारी अघि थाल्नुपर्ने खनालले बताएका छन्। विभिन्न बखेडा झिकेर जनता अल्मल्याउने काम गर्नु गलत रहेको खनालको भनाइ थियो। तीन तहको निर्वाचन अहिले आवश्यकता रहेको खनालले बताए।