प्रस, वीरगंज, १२ मङ्सिर/
सरकारको निर्देशन बमोजिम सामाजिक सुरक्षा भत्ता पाउनेहरूले अनिवार्यरूपमा बैंक खाता खोल्नुपर्ने प्रावधान पूरा भएपछि वीउमनपाले सामाजिक सुरक्षाभत्ताबापतको रकम वितरण गर्ने तयारी पूरा गरेको छ ।
वीउमनपा लेखापाल हरि पोखरेलले सामाजिक सुरक्ष्Fा भत्ताबापत वीउमनपाले तोकिएको बैंकहरूमा आज रु ५ करोड १५ लाख पठाएको बताए । वीरगंज उपमहानगरपालिका अन्तर्गत ३० वटा वडामा १२ हजार ७ सय १७ जना एकल महिला, ज्येष्ठ नागरिक, आंशिक अपाङ्ग, पूर्ण अपाङ्ग, दलित बालबालिका, दलित ज्येष्ठ नागरिक रहेका छन् ।
वीउमनपा प्रशासन फाँटका रामचन्द्र पटवारीले उपमहानगरपालिका अन्तर्गतको ३० वटा वडामा एकल महिला ३ हजार ५ सय ९५, ज्येष्ठ नागरिक २ हजार ७ सय १७, आंशिक अपाङ्ग १८३, पूर्ण अपाङ्ग १३३, दलित बालबालिका २ हजार ४, दलित ज्येष्ठ नागरिक ८ सय ४६ रहेको बताए ।
उनले वीउमनपाले सम्बन्धित वडा सचिवको सिफारिसमा बैंकमा खाता खोल्ने व्यवस्था मिलाएको बताउँदै वडा नं. १ देखि १८ सम्मका सामाजिक सुरक्ष्Fा भत्ता पाउनेले नेपाल बैंक लि., सिटी अफिस बिर्तामा खाता खोल्नुपर्ने त्यसैगरी १९, २०, २२, २७, २८, २९ नं.वडाका मानिसले लक्ष्मी बैंक आदर्शनगर र २१, २३, २४, २५, २६, ३० वडाका सामाजिक सुरक्ष्Fा भत्ता पाउनेहरूले कृषि विकास बैंकमा खाता खोल्ने काम भएको प्रतीकलाई बताएका छन् ।
खाता खोल्न विलम्ब भएको कारण वीउमनपाले सामाजिक सुरक्ष्Fा भत्ताबापतको रकम बैंकहरूमा दाखिला गरेको थिएन । लेखापाल पोखरेलले लगभग सम्पूर्णले बैंक खाता सञ्चालन गरेपछि रकम पठाइएको र बैंकले भोलि–पर्सिमा आन्तरिक तयारी गरी वितरण गर्ने जनाएका छन् ।