प्रस, वीरगंज, १३ मङ्सिर/
पतञ्जलि योगपीठको आयोजनामा वीरगंजको आदर्शनगर रङ्गशालामा मङ्सिर ९ गतेदेखि सञ्चालित बाबा रामदेवको योग शिविर सोमवार समापन भएको छ।
व्यवस्थापिका–संसद्की सभामुख ओनसरी घर्तीमगरले शिविरको समापन गरेकी हुन्। सभामुख मगरले बाराको प्रसौनीमा आयुर्वेद उद्योग स्थापना भएपछि दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताइन्। सो अवसरमा उनले हाल देशमा देखिएको राजनीतिक समस्याको समाधान राजनीतिक दलबाटै हुने बताइन्। दलहरूबीच सहमति कायम भई मुलुकले अग्रगामी फड्को मार्न सफल हुने उनले विश्वास व्यक्त गरिन्।
योग शिविर समापन समारोहमा रामदेव बाबाले देश बलियो र समृद्ध बनाउन एकता आवश्यक भएको कुरालाई दोहो¥याए।
उनले उद्घाटन समारोहमा सो कुरा बताएका थिए। समापन समारोहमा पनि रामदेव बाबाले तराई, पहाड, हिमालको कुरा छाडेर समृद्ध नेपालको पक्षमा सबैलाई एकताबद्ध भएर लागिपर्न आह्वान गरे। एकताबाटै देश मजबुत हुने र विकास सम्भव हुने उनले बताए।
दैनिक हजारौं मानिस योग शिविरमा सहभागी हुँदै आएका थिए।

भूकम्पको संयोग
२०७२ वैशाख १२ गते काठमाडौंको टुँडिखेलमा रामदेव बाबाले योग शिविर सञ्चालन गर्दा नेपालमा प्रलयकारी महाभूकम्पको आएको थियो भने अहिले वीरगंजमा सञ्चालित योग शिविरको अन्तिम दिन २०७३ मङ्सिर १३ गते पुनः भूकम्प आएको छ।
५.६ रिक्टर स्केलको भूकम्प बिहान ५ बजेर २० मिनेटमा गएको थियो। आदर्शनगर रङ्गशालामा
योग शुरू भएको बेलामा आएको भूकम्पको झट्का शिविरका कसैले पनि थाहा पाउन नसकेका कारण सम्भावित हल्लीखल्ली र भागाभागको अवस्था देखापरेन। शिविरबाट बाहिरिएपछि सबैले भूकम्प गएको थाहा पाए।