प्रस, वीरगंज, १५ मङ्सिर/
हरिहरपुर नौतज, टोल गुलरियामा एक दिने कुस्ती प्रतियोगिता सम्पन्न भएको छ। स्थानीय बासिन्दाहरूले चन्दा सङ्कलन गरी आयोजना गरेको कुस्ती प्रतियोगिताको उद्घाटन नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि श्याम पटेलले गरेका थिए।
उद्घाटन सत्रमा एमाओवादी केन्द्रका सल्लाहकार जालीम मियाँ, स्थानीय विश्वनाथ कुर्मी, बुनीलाल राउत कुर्मी, द्वारिका कुर्मी, पप्पु पटेल, जगदीश पटेल, पारसप्रसाद कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कुस्ती प्रतियोगितामा भारतको बनारस, सहोदरा, नेपालको मिर्जापुर, गर्दौल, बहुअरीका पहलमानहरूले भाग लिएका थिए। कुस्ती प्रतियोगितामा २० जोडी भिडेका थिए।
पर्साका आठजना कराँते खेलाडीले पदक जिते
प्रस, वीरगंज, १५ मङ्सिर/
हेटौंडामा सम्पन्न सुमन बोमजन स्मृति नेशनल फुल कन्टेक्ट कराँते प्रतियोगितामा पर्साका आठजना खेलाडीले पदक जितेका छन्। प्रतियोगितामा ३५ किलो तौलमुनि समूहमा हिमाँशु यादव प्रथम भएका छन्। यसैगरी, ४५ किलो तौल समूहमा जुगली दास र विशाल कुशवाहा प्रथम, ५० किलो तौल समूहमा आयुष सिंह प्रथम, सगुन क्षेत्री तृतीय, पुरुष खुलातर्पm रवि पटेल तृतीय, प्रिन्स यादव तृतीय भएर भएका प्रशिक्षक राजकुमार महतोले बताए। यसैगरी, महिलातर्पm ५० किलो तौल समूहमा स्नेहा महतो तृतीय भएकी छन्।
एसिया कप क्रिकेट– नेपालले थाइल्यान्डको सामना गर्ने
काठमाडौंं, १५ मङ्सिर/रासस
थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो खेलमा नेपालले आयोजक थाइल्यान्डको सामना गर्ने भएको छ।
बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा भोलि बिहीवार हुने खेलमा नेपालले थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको हो। नेपालले थाइल्यान्डलाई पराजित गरे पनि यसअघिका लगातारको हारले गर्दा अन्तिम प्रतिस्पर्धामा पुग्ने सम्भावना भने समाप्त भएको छ।