–कुमार रुपाखेती
अचेल लोकमानको चर्चाको अगाडि तिहारसमेत फेल भएको छ । हिजो रातो कार्पेट बिछ्याएर लोकमानलाई बाइज्जत नियुक्त गर्नेहरू आज उनलाई बेइज्जत गरेर बर्खास्त गर्न तन, मन र धनले लागेका छन् । भनिन्छ, नेपालका शक्तिशाली राजनीतिक दल र तिनका नेताहरूलाई समेत लोकमानले ठे·ा देखाउन थालेपछि उनीहरू असिनपसिन भई लोकमानको पछि परेका छन् । विषालु सर्पलाई दूध खुवाइ पाल्यो भने यस्तै अवस्था निम्तिन्छ भन्नेहरू पनि छन् ।
लोकमान अख्तियारको नाइके नियुक्त भएपछि उनले यो संस्थालाई मनमौजी किसिमले चलाउन थालेको सबैलाई थाहै छ । ठूलो माछा खोज्ने भन्दै उनले तथानाम गरुन्जेल राजनीतिक दलहरू मौन बसे, रमिते बने ।
जब लोकमानको हात केही इना, चुना र गिनाहरूको गर्दनसम्म पुग्न थाल्यो, जब उनले राजनीतिक दल र तिनका शिखर पुरुषहरूलाई ‘त“भन्दा म के कम’ भन्ने सन्देश दिन थाले, तब नेताहरूले यसलाई चुनौतीको रूपमा लिन बाध्य भए । हाम्रा नेताहरूमा चुनौती स्वीकार गर्ने साहस नै छैन किनकि हाम र भ्mवाम गर्ने मामिलामा लोकमान र नेताहरू ‘तु डाल डाल मैं पात पात’ हुन् । लोकमानको नाम सुनेर चिटचिट पसिना आउने नेताहरू पनि तपाईं हामीले देखेकै हौं । लोकमानको राजनीतिक पहु“च र रुतबा निकै उपल्लोस्तरको छ । चाहे पञ्चायत होस् वा प्रजातन्त्र, लोकतन्त्र होस् वा गणतन्त्र, राजा हुन् अथवा प्रचण्ड सबैलाई रिझाएर सदाबहार नायक बन्ने क्षमता लोकमानमा देखिन्छ । ‘पैसाले पैसा तान्छ’ भन्ने हेक्कासमेत उनमा राम्रै छ । भनिन्छ, लोकमान परिस्थिति अनुसार लगानी र असुली गर्न खप्पीस छन्, मौकामा हीरा फोर्न पनि उनी तनिक देर लगाउ“दैनन् । तर यसपटक अवस्था अलि गम्भीर र प्रतिकूल बुझिन्छ । किनकि उनले केपी, प्रचण्ड, देउवा जस्ता महादेवका त्रिदेवलाई पाखा लगाएर हिंड्ने कोसिस गरेका छन् । पत्रपत्रिकाहरूले लोकमानलाई दुर्दान्त नायक साबित गर्न थुप्रै कथा–किंवदन्ती छापेर हटकेक बनाउ“दैछन् । तर सप्तरी जिल्लामा पत्रकारहरूको एक प्रश्नको जवाफमा फोरम अध्यक्ष उपेन्द्र यादवले महाअभियोग आप्mनो सरोकारको विषय नभएको बताएका छन् । स्मरणीय छ, सबैजसो मधेसवादी दलहरू अहिले तिहार र छठ मनाउन भन्दै तराई (घरपायक) झरिसकेका छन्, जहा“ कार्कीबारे पत्रकारहरूको झरि लाग्दैन ।
यसैबीच, भारतको विदेश मन्त्रालयले करिब दुई हप्ताअघि अनौठो पारामा नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर सबैलाई अचम्म पारेको छ । पत्रमा नेपालमा रहेका भारतीय नागरिकलाई नेपालीसरह राष्ट्रिय व्यवहार गर्नुपर्नेछ । नेपालको परराष्ट्र मन्त्रालयले तत्काल त्यस्तो कुनै निर्णय लिन नसक्ने भनी भारत सरकारलाई जवाफ दिइसकेको छ ।
पञ्चायतकालमा लोकमानलाई उनका समकालीनहरूले लालमोहरिया पण्डा भन्थे । किनकि युवा भुपालमान सिंह कार्कीले दरबारको ठाडो तोकआदेश (लालमोहर) लगाएर बिनाप्रतिस्पर्धा उनलाई शाखा अधिकृतमा भर्ना गराएका थिए । पछि लोकमान आपैंm दरबारको ढोकानजिक पुगे र दरबारिया बने ।
मुलुकले ठूलो राजनीतिक फड्को मारेस“गै लोकमानले पनि फड्को मार्न थाले । के काङ्ग्रेस, के एमाले, के माओवादी सबैस“ग उनले नजदिकी सम्बन्ध बनाए ।
तर मरेको शरीरलाई जुम्राले समेत त्याग्छ भनेभैंm अहिले राजनीतिक वातावरण पूरै लोकमानको विपक्षमा छ । युवाहरू त झन् विचलित मौरीभैंm चाका छाडेर भिनभिनाएर हिंडेका देखिन्छन् । पहिले पहिले हाम्रा पुर्खाहरू जोसुकै लागोस्, दैव नलागून् भन्थे तर अचेल राजनीति लाग्यो भने सबै चौपट हुन्छ र लोकमानको राजपाठ चौपटको कगारमा देखिन्छ । तर पनि केही देशीविदेशी शक्तिहरू अभैm पनि लोकमानलाई च्यापेर हिंड्ने च्याखे दाउ थापिरहेका छन् । ‘कानो गोरुलाई औंसी न पूर्णे’ भनेभैंm लोकमान प्रकरणमा मधेसवादी दलहरू मौन मात्र होइन, मधेसको मुद्दा ओझेलमा पार्ने खेल भनेर तर्किएर हिंडेका देखिन्छन् । जाबो लोकमान प्रकरणमा ओझेलमा पर्ने मुद्दा आपैंmमा कति कमजोर मुद्दा होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
अर्को महŒवपूर्ण कुरा के हो भने महाअभियोग लगाउनुपर्ने स्तरको मान्छेलाई राजीखुशी अख्तियार प्रमुख बनाउनेहरूलाई पनि उन्मुक्ति दिनुहु“दैन । लोकमानको विगत थाहा हु“दाहु“दै जानाजान अख्तियारको नाइके बनाउनुमा दोषी को हो ? लोकमानले अख्तियारको प्रमुखको पदसमेत बक्सीसमा बिनाप्रतिस्पर्धा पाएकै हो । यस्तै कारणहरूले गर्दा बडेराजा ज्ञानेन्द्रहरूको राजपाठ समाप्त भएभैंm लोकमान नियुक्तिमा सक्रिय छोटे राजाहरूको राजपाट इतिश्री हुनुको सट्टा झन्झन् बिगबिगी बढ्दो छ ।
भविष्यमा अख्तियारमा अर्को लोकमान पैदा नहोस् भन्नका खातिर दलहरू कति सचेत छन् ? विभिन्न राजनीतिक दलका लोकमानहरूले अख्तियारको यो महŒवपूर्ण पदका लागि दौडधूप गरेको देख्दा फेरि पनि अख्तियारमा नया“ लोकमानको उदय नहोला भन्न सकिन्न । तर जेसुकै भएपनि अब हाय होइन बाय लोकमान भन्ने बेला आएको छ । लोकमान कार्कीले समेत आपूmलाई ओझेलका पात्र सम्झिनु जरुरी छ ।