$type=ticker$count=12$cols=4$cate=0

गाउँ, खै के भो ?

SHARE:

चन्द्रकिशोर
chandrakishore_jha@yahoo.com
    शहरबाट आफन्तहरू आएर अलि दिन रित्तो गाउँमा चहलपहल छ । गाउ“कै अनुहारहरूलाई गाउ“मा भेटिन यस्तै पर्व तिहार पर्खिनुपर्ने हुन्छ । तर गाउ“ फर्किनुपर्दाका कथा अहिलेसम्म पनि रित्तिएको छैन, नेपालकै कुनै अर्को भूगोलबाट आउ“दा परेको होस् वा पारि भारतबाट कम सास्ती छैन । झन् दूर देशबाट आउनेहरूको व्यथा कम कारुणिक छैन । गाउ“ यस्तै कथाहरू गम्दैछ र सोच्दैछ गाउ“ आउन कतिको दुरुह छ ।
    गाउ“मा मान्छे थपिन थालेपछि त्यसको कारोबार गर्न कैयौं लोभी नजर पल्किएका छन् । म्यानपावर कम्पनीका दलाल, ऋण उठाइदिने कारोबारीस“गै मधेसमा आन्दोलनपछि काठमाडौं उक्लिएका वा चुनाव जितेर काठमाडौंवासी हुन पुगेका नेताहरू राजनीतिको बजार खोज्न फेरि गाउ“बस्ती छिरेका छन् । शुभकामना साटासाटका नाममा राजनीतिक दुकानदारीको फेसन नै भएको छ । नेताका बिचौलियाहरू आम कार्यकर्तालाई तिनका समक्ष परेड खेलाएभैंm प्रस्तुत गर्ने÷गराउने होड नै चलेको छ । कतै सामूहिक पूजा त कतै रमाइलो मेला, त कतै कुस्ती प्रतियोगिता गराउन लागिपरेका छन्, तिनीहरू । जनताका प्रत्यक्ष सरोकार उपेक्षित छन् । प्रायः गाउ“हरू दशैंदेखि छठसम्म यस्तै कथाहरूले भरिएका छन् । फेरि छठ सकिएस“गै शुरू हुन्छ, गाउ“ उजाडिने कथा ।
    गाउ“का गल्लीबाट गुज्रेर नै देश विकासको बाटो निस्कन्छ, गाउ“मा अहिले पनि प्रशस्त सम्भावनाहरू छन् । गाउ“मा संस्कृतिका मूलभूत पक्षहरू अवशेषका रूपमा अहिले पनि ज्यु“दा छन् । शहरी–ग्रामीण असन्तुलन पक्कै एउटा चेतावनी हो तर यसबारे नीति निर्माताहरूको दूरदृष्टि पुग्न सकेको छैन । गाउ“को अस्तित्व मासिनुको अर्थ राष्ट्रको स्वत्व समाप्त हुनु हो । यो मुलुकको अर्थ–राजनीतिक स्थायित्वका लागि पनि उत्साहप्रद सड्ढेत होइन ।
गाउको सर्तमा शहर
    गाउको सामाजिक, आर्थिक र राजनीतिक गणितमा आएको फेरबदलले केवल गाउ“लाई मात्रै असन्तुलनमा पारेको छैन । यसले शहरलाई पनि आप्mनो चपेटामा लिएको छ । पारम्परिकरूपमा देखिएको हिसाबमिलान अहिलेको विकसित नया“ सूत्रहरूले जति गर्दा पनि सन्तुलन हुन सकिरहेको छैन । गाउ“ फोस्रो हु“दै गइरहेको छ । शहर त्यसका लागि भ्याकुम क्लिनर भएको छ । त्यसैले गाउ“ त्रासदीमा छ । शहरी–ग्रामीण क्षेत्रमा बढ्दो असन्तुलन हाम्रो लागि एउटा चेतावनी हो । जब हामी यो भन्छौं कि हाम्रो गाउ“ले प्रगति गरिरहेको छैन । त्यहा“ विकासको सन्तुलन ठीक बाटोमा छैन । त्यसको अर्को पाटो के हो भने शहरमा बढ्दो जनसङ्ख्या, बेरोजगारी, साधनको अभाव, वितरणमा त्रुटि, मह“गी, उत्पादकत्वमा ¥हास, सामुदायिक सन्तुलनमा हेरफेर, रोजगारीमा प्रतिस्पर्धा, अव्यवस्थित घडेरीकरण भइरहेको छ । अर्थात् गाउ“को रुग्णताले शहरलाई गा“जेको छ । यसले गर्दा गाउ“को  हिसाब नमिल्ने अवस्थामा आइपुगेको छ । अहिले देखिएका गुणाभाग र जोडघटाउ जति गरे पनि भाग्यफल शून्य नै आउ“दो रहेछ ।
    गाउ“को विकासको सर्तमा नै शहरको विकास स्थिर हुन सक्छ । गाउ“ र शहरको बीचमा खाल्डो रहेसम्म शहरमा पनि सुखचैन रह“दैन । अहिले जिल्ला सदरमुकाम वा अन्य शहरहरूतिर जसरी गाउ“लेहरू ओइरिएका छन्, त्यसको व्यवस्थापन हुन सकिरहेको छैन । नेपालका शहर बजारहरू यतिखेर यस्तै व्यवस्थापकीय समस्याका चुनौती बेहोरिरहेका छन् । र, यही कारण हो कि गाउ“, शहर छिरेर पनि उसले खोजेको जस्तो समृद्धि आपूmकहा“ पठाउन सकेको छैन । गाउ“का सवाल र सरोकारलाई त्यहा“ व्यवस्थापन गर्न सकियो र गाउ“ले शहरलाई थेग्ने हैसियत बनाउन सकियो भने गाउ“ र शहर दुवै गुलजार हुन सक्छन् । त्यसका निमित्त शहरका आवश्यकताहरू गाउ“का उत्पादनहरूले भरथेग गर्न सक्नुपर्छ । अहिले नेपालको विकास नीतिमा रिक्तता यहींनेर छ । पर्व तिहारका बेला गाउ“ फर्किंदा गाउ“ उजाड र गुलजार भएका सन्दर्भहरू उठ्ने गरेको भए तापनि जमराभैंm केही समयपछि सुकेर जान्छ ।
शब्द गुमाउ“दै
    गाउ“ शब्द सम्पदाको खजानाको रूपमा चिनिन्थ्यो । शहरभन्दा गाउ“मा बढी शब्दहरूको प्रयोग हुन्छ । कुनै पनि भाषाको आत्मा गाउ“मा बस्दो रहेछ । मातृभाषाहरूको बहुलता रहेको हाम्रो देशमा गाउ“ले नै ती भाषाहरूको सामथ्र्य प्रदान गर्दथ्यो । गाउ“को अर्थतन्त्र ओरालो लागेपछि भाषा र संस्कृतिमा समेत असर परेको छ । गाउ“को सामाजिक–आर्थिक गणितमा हेरफेर हुन थालेपछि गाउ“को त्यो तागत गुम्दै गएको छ । बढ्दो प्रविधिको प्रयोग, परम्परामा बदलाव, रहनसहनमा आएको फेरबदल, मानिसहरूको पलायन जस्ता कारणले गर्दा शब्दहरूको प्रयोगको निरन्तरतामा ¥हास आउ“दै गयो । जसले गर्दा बिस्तारै कतिपय शब्दहरू लुप्त हु“दै गइरहेका छन् । जसरी कृषिमा प्रविधिको प्रयोग भएपछि पारम्परिक प्रविधिस“ग जोडिएका शब्दावलीहरूस“ग नया“ पुस्ता परिचित छैनन् । घरको निर्माणको वास्तुमा परिवर्तनपछि त्यसस“ग जोडिएका रैथाने शब्दहरू प्रयोग हुन छाड्यो । स“गै गाउ“ले केही नया“ शब्दावलीहरू आयात पनि गरेको छ । जसले गर्दा गाउ“को अभिव्यक्तिमा भाषिक घुलन पनि देखिन्छ । खासगरी नेपाली, हिन्दी र अङ्ग्रेजीको बढ्दो दबाबले आम बोलचालमा मातृभाषा प्रयोगको प्राकृतिक रूप रहेन, त्यसमा यी भाषाका शब्दहरू स्थानीय भाषास“ग नया“ आवरणमा प्रयोगमा आइराखेका छन् ।
    गाउ“घरमा छरिएर रहेका अपार शब्द सम्पदाहरू प्रयोगको कसौटीमा खुम्चदै गएको अवस्था छ । केही भाषा विशेषको सन्दर्भमा शब्दकोषमा ती शब्दहरू अभिलेखीकरण भएपनि प्रवद्र्धनको कमीले ग्रामीण क्षेत्रका अनेकौं मातृभाषाहरूले शब्द गुमाउ“दै गएका छन् । कुनै पनि शब्दस“ग त्यसको प्रयोग, परम्परा र संस्कार जोडिएको हुन्छ । एउटा शब्द लोप हु“दा तीस“ग जोडिएका विगतका अनुभव पनि खेर गइरहेको हुन्छ । यसका बारेमा राजनीति गर्नेलाई लाग्ला शब्द हराउ“दैमा के भयो त ? विश्व भाषिक सम्पदामा नेपालले गर्ने योगदानमा शब्द सामथ्र्यको ¥हासले स्वभावतः हाम्रो भूमिका कमजोर हुन्छ । गाउ“विमर्शमा भोलि सुधारका पाइलाहरू पनि चालिएला तर एकपटक लोप भइसकेको शब्द सम्पदालाई फेरि प्राप्त गर्न निकै गा¥हो हुन्छ ।
सामूहिकतामा ¥हास
    गाउ“ले सिकाउ“छ कि सम्बन्ध र नाताहरूमा जीवन कस्तो र कसरी चल्छ । नाताहरूको गहिराइ बुभ्mन गाउ“ छिर्नैपर्छ । शहरी प्रभावका कारण गाउ“मा केही बदलाव अवश्य नै आएको छ । तर पनि सम्बन्धहरूको पारम्परिक व्याकरणलाई अहिलेसम्म गाउ“ले नै धानेको छ । त्यसैले होला जो जति टाढाबाट आएका छन्, त्यसका बारेमा गाउ“मा खोजीनीति त्यति नै बढी हुन्छ । यसले त्यो गाउ“को हुनुको आप्mनोपन देखाउ“छ । गाउ“मा देखिएको सामाजिक बदलावको अर्को पाटो पनि छ । गाउ“ भन्ने बित्तिकै यसस“ग सामूहिकताको भावना विम्बको रूपमा देखा पर्दथ्यो । अपनत्व र सामाजिक घनिष्ठता यहा“को मौलिकता भनेर चिनिन्थ्यो । एक अर्कालाई सहयोग गर्ने प्रवृत्ति र सामाजिक पारस्परिकता गाउ“को विशेषतामा गनिन्थ्यो । विवाह, व्रतबन्ध, श्राद्ध, पूजापाठ, जन्ती, मलामी होस् वा खेतीपाती, घरनिर्माण जस्ता काममा एकले अर्कोलाई सघाउ पु¥याउने चलन थियो । अब बिस्तारै एक अर्कामा हुने सहयोगको काम पैसामा हुन थालेको छ ।
    शहरमा मात्र होइन, गाउ“मा पनि यस्ता प्रयोजनका कामहरूका लागि व्यावसायिक कारोबारीहरू उपलब्ध हुन थालेका छन् । गाउ“ रित्तिंदै जानुले मात्र होइन, समन्वय र सामञ्जस्यको भावनामा पनि ¥हास आएको छ । कसैको जन्ती वा मलामीमा लान पनि हारगुहार गर्नुपर्ने हुन्छ । पहिला गाउ“मा कसैको छोरीको बिहे छ भने सि·ो गाउ“ले त्यसलाई आप्mनै जिम्मेवारी ठान्थ्यो । अब पाहुना बनेर जन्ती हेर्न मात्र पुग्छन् । हेर्दा मसिनो बदलाव जस्तो लाग्ने यस्ता सामाजिक क्रियाकलापहरूले गाउ“को मनोविज्ञानमा शहरी सोच हावी हु“दै गएको देखाउ“छ । घुर ताप्ने वा दलानमा बस्ने जसले सामुदायिक संवादलाई निरन्तरता दिइराखेको थियो । माओवादी द्वन्द्व, बढ्दो असुरक्षा, सामाजिक तनाव, लोग्ने मान्छेहरू बाहिरिनु, पर्दा प्रथामा कमी जस्ता कारणले दलानको चलन घटेको छ । घट्दो दलानको चलनस“गै घुर ताप्नुको सामाजिक प्रयोजन कमजोर हु“दै गएको छ । अर्थात् पारस्परिक संवादका पारम्परिक माध्यमहरू खुम्ंिचदैछन् । जसले गर्दा अनेकौं स्वार्थका बिचौलियाहरूले गाउ“लाई ढपक्कै छोपेका छन्, तिनले नै सहजीकरण गर्छन् ।
प्रविधिको पीर
    एकातिर गाउ“घरमा पारम्परिक प्रविधिलाई विस्थापित गर्दै आधुनिक उपकरणहरू लग्नुपर्ने जोड छ । त्यसको आवश्यकता पनि छ । स“गस“गै त्यसले ल्याएको अर्को पक्ष के हो भने खेतीमा मानवीय श्रमको खा“चोलाई त्यसले कम गर्दै गएको छ । पहिला गोरुले जोताइ हुन्थ्यो र हातले रोपाइ“ हुन्थ्यो । अब बिस्तारै यी कामहरूका लागि मेसीनको प्रयोग हुन थालेको छ । यसले पनि गाउ“मा बचेखुचेका खेतीहर मजदुरहरूलाई पलायन हुन बाध्य पारेको छ । प्रविधिप्रतिको बढ्दो आकर्षणले तत्काल बढी उब्जाउने चक्करमा विषादी र रासायनिक मलको अन्धाधुन्ध प्रयोग भइरहेको छ । आयातीत बीउको चलन बाक्लिएको छ । यस्ता खबरलाई राजनीति वा मिडियाले ‘डाउन मार्केट’ ठानी प्राथमिकता दिइराखेका छैनन् । तर कतिपय क्षेत्र विशेषहरूमा बढ्दो विषादीको प्रयोगले रोगीहरूको सङ्ख्या डरलाग्दो भएको छ ।
    गाउ“मा प्रविधि र मानवीय श्रमबीचको सन्तुलन, पर्यावरणमैत्री खेती प्रणाली, नया“ प्रविधिस“गै सीपको विकास, आधुनिक र पारम्परिक खेती प्रणालीको सम्मिलन जस्ता सवाल र सरोकारहरू गाउ“का नया“ बिचौलियाहरूको चासोमा छैनन् । गाउ“मा केन्द्रबाट पुग्ने रकमहरू वा गाउ“का संसाधनलाई दोहन गर्न उद्दत बिचौलियाहरूले यस्ता सवालको कल्पना पनि गर्न सक्दैनन् ।
खै के भो ?
    गाउ“को समस्या भनेको केवल पलायन मात्र होइन, गाउ“स“ग जोडिएका असल परम्पराहरूलाई जोगाउन नसक्नु पनि हो । पू“जीदेखि लिएर सत्तातन्त्रसम्म सबैले आआप्mनो स्वार्थ अनुसार गाउ“ र समाजलाई आकार दिन खोज्दैछन् । छठजस्तो सादगी एवं प्राकृतिक पर्वलाई आडम्बरयुक्त बनाइएको छ । छठ पर्व गाउ“बस्तीमा उपलब्ध स्रोत र साधन तथा एक अर्काको सहयोगमा मिलिजुली मनाइने गरिन्थ्यो । यसमा न त बजार हावी थियो, न त पुरोहित पण्डित नै । अहिले शहरी हावा गाउ“को छठमा पनि देखिन थालेको छ ।
जहा“ गाउ“लेहरू फगत उपभोक्ता जस्तो देखिएका छन् । खै के भो गाउ“लाई ?
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : गाउँ, खै के भो ?
गाउँ, खै के भो ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhZfCxrulmTH_K8lveNyoXnFB1iitGvcNPoUEUKjccu71Gx2xsr85JooP3eM5XnPdTByXAq9IQ7GpIV0XU-LihX6KiFVTLFDjgwLm1L41VB9UODPu3vtQjoD5cv_kdytHvUNG8Oui8YLaw/s200/chandrakishore.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhZfCxrulmTH_K8lveNyoXnFB1iitGvcNPoUEUKjccu71Gx2xsr85JooP3eM5XnPdTByXAq9IQ7GpIV0XU-LihX6KiFVTLFDjgwLm1L41VB9UODPu3vtQjoD5cv_kdytHvUNG8Oui8YLaw/s72-c/chandrakishore.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/10/blog-post_809.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/10/blog-post_809.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy